• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले लियाे अग्रता

  • वीरगंज संजाल
  • May 19, 2023, 10:35 am
  • २१७७

    बारा | बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जित्दै लुम्बिनीले अग्रता लिएको छ । विहीबार भएको पहिलो दिनको खेलमा तीन स्वर्ण र एक रजत पदक जित्दै लुम्बिनीले अग्रता लिएको हो । लुम्बिनीका लागि ४६ केजी तौल समूहमा रुपा बुढाथोकी, ४८ केजीमा जस्मिन चौधरी र ५८ केजीमा नवराज बस्नेतले स्वर्ण पदक जितेका हुन् । बुढाथोकीले कोशीकी रिशिका भुजेल र चौधरीले मधेस प्रदेशका निश्चल धामी र बस्नेतले बागमतीका सुरेश होङ लिम्बुलाई फाइनल खेलमा पराजित गरेका थिए । यता पहिलो दिनको खेल सम्पन्न हुँदा मधेस प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्दै लुम्बिनीलाई पछ्याइरहेको छ । मधेस प्रदेशका लागि ४० केजी तौलम समूूहमा नदिम हुसेन र ४३ केजीमा सिद्धार्थ प्रजापतीले स्वर्ण पदक जितेका हुन् । हुसेनले लुम्बिनीका निशेष केजी र प्रजापतीले सुदूरपश्चिमका विकाश चौधरीलाई फाइनल भिडन्तमा पराजित गरेका हुन् । पदक तालिकाको तेस्रो स्थानमा रहेको बागमती प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य जितेको छ । बागमतीका लागि ४३ केजी तौल समूहमा सदीक्षा कार्कीले स्वर्ण दिलाएकी हुन् । उनले कोशीकी सारा नेम्वाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

    एक स्वर्ण र दुई कास्य पदक जितेको कर्णाली पदक तालिकामा चौथो, कोशी पाँचौ र सूदुरपश्चिम छैठौं स्थानमा छ । कर्णालीका लागि ४० केजी तौलम समूहमा ललिता बुढाले कर्णालीलाई स्वर्ण दिलाएकी हुन् । उनले मधेस प्रदेशकी खुशी ठाकुरलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।प्रतियोगिताको पहिलो दिन सात वटा तौल समूहको खेल सम्पन्न भएको छ । प्रतियोगितामा नेपालको ६ वटा प्रदेश, भारत, बंगलादेशका खेलाडी सहभागी छन् ।

    यस्तो छ पदक तालिकाः
    महिलाः ४० केजी
    ललिता बुढा– कर्णाली– स्वर्ण
    खुशी ठाकुर– मधेस– रजत
    आरती बिष्ट– सुदूरपश्चिम– कास्य

    महिलाः ४३ केजी
    सदीक्षा कार्की – बागमती – स्वर्ण
    सारा नेम्वाङ – कोशी – रजत
    सुलोचना चौधरी – कर्णाली – कास्य
    सलिना यादव – मधेश – कास्य

    महिलाः ४६ केजी
    रुपा बुढाथोकी – लुम्बिनी – स्वर्ण
    रिशिका भुजेल – कोशी – रजत
    दिया रजक – बागमती – कास्य
    एलिसा अर्जेल – मधेस – कास्य

    पुरुषः ४० केजी
    नदिम हुसेन– मधेस – स्वर्ण
    निशेष केसी – लुम्बिनी– रजत

    पुरुषः ४३ केजी
    सिद्धार्थ प्रजापति – मधेस – स्वर्ण
    विकाश चौधरी– सुदूरपश्चिम – रजत
    राहुन होङ लिम्बु –बागमती – कास्य

    पुरुषः ४८ केजी
    जस्मीन चौधरी – लुम्बिनी – स्वर्ण
    निश्चल धामी – मधेस – रजत
    निशान्त प्याकुरेल – कर्णाली – कास्य
    सुशन थापा – कोशी – कास्य

    पुरुषः ५८ केजी
    नवराज बस्नेत – लुम्बिनी– स्वर्ण
    सुरेश होङ लिम्बु – बागमती – रजत
    करण साह बानिया – मधेस – कास्य
    सुरज मगर – कोशी – कास्य

    मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख यादवले तेक्वान्दो प्रतियोगिताका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल तेक्वान्दो महासंघका केन्द्रीय महासचिव दीपराज गुरुङ, नेपाल सितेरियो कराँते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेशकुमार खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिका, गढीमाई नगरपालिकाका नगर प्रमुख यादव, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख खनाल, पूर्व उपप्रमुख खनाललाई सम्मान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न दुई स्थानीय तहका वर्तमान र पूर्व जनप्रतिनिधिको भूमिका अहम रहेको भन्दै संघले सम्मान गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑