• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बिचौलिया मार्फत वीरगन्ज यातायातका कर्मचारीले पैसा बुझेपछि सजिलै ट्रायल पास गराइदिने चलन !

  • वीरगंज संजाल
  • Aug 24, 2019, 7:00 am
  • ४१३३

    वीरगन्ज। विशेष सूचनाका आधारमा प्रहरीले विन्दवासिनी गाउँपालिका ३ इटियाही निवासी राजकुमार साह, सोही गाउँपालिका ४ मधुवन बस्ने अमलेशप्रसाद साह, प्रसौनी गाउँपालिका ३ नौतन बस्ने सतरोहन साह र हेटौंडा उपमहानगरपालिका ५ पिप्ले बस्ने समर्थन न्यौपानेलाई सादा पोसाकमा खटिएका प्रहरीले मंलगबार बिहान करिब ८ बजे नियन्त्रणमा लिएको थियो । उनीहरूबाट ९२ हजार रुपैयाँ र केही कागजात बरामद भएको प्रहरीले जनाएको छ ।

    त्यसदिन ट्रायल सेन्टरमा मोटरसाइकल र स्कुटीको प्रयोगात्मक परीक्षा चलिरहेको थियो । प्रहरी नायव उपरीक्षक अनन्त राम शर्माका अनुसार फेल भए पनि पास गराइदिने भन्दै परीक्षार्थीसँग निश्चित रकम असुली भइरहेको सूचनाको आधारमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । नियन्त्रणमा लिएको झन्डै ११ घन्टापछि मात्र प्रहरीले चारजनालाई सार्वजनिक गरेको थियो ।

    यसअघि गत वैशाख १३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात सवारी चालक अनुमति कार्यालय नजिकै दुई जना विचौलियालाई घूस सहित नियन्त्रणमा लिएको थियो । लाइसेन्स बनाइदिए वापत सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घूस लिँदा–लिँदा हेटौंडाबाट शिवराम महर्जन नेतृत्वमा आएको अख्तियारको टोलीले स्थानीय रोशन रौनियार र बाराका सुनिल यादवलाई नियन्त्रणमा लिएको थियो ।

    रौनियार र यादव लेखापढीमा संलग्न थिए । अख्तियारका अनुसार स्काभेटरको लाइसेन्स बनाइदिएवापत पहिलो खेपमा ३५ हजार रुपैयाँ लिइसकेका रहेछन् । थप ३५ हजार माग गरेपछि सेवाग्राही अख्तियारको कार्यालयमा आएका थिए । मकवानपुरका नेत्रबहादुर सारुको निवेदनमा अख्तियारले काराही गरेको थियो ।

    यातायात कार्यालय नजिकै रहेको शेखर इन्स्युरेन्सको तेस्रो पक्ष बिमाको काउन्टरमा रौनियार र यादवलाई सारुले ३१ हजार रुपैयाँ दिएका थिए । ३ हजार रुपैयाँको दस्तुर समेत सारुले बुझाएका थिए ।

    सारुले गत फागुन १८ गते स्काभेटरको अनुमति पत्रका लागि ट्रायल परीक्षा दिएका थिए । रौनियार र यादवको डायरी, मोबाइल र फेसबुक म्यासेन्जरबाट पठाएको सन्देश अख्तियारले अध्ययन गरी लाइसेन्स फाँटका कर्मचारीको समेत बयान लिएको थियो ।

    कुन दर्ता नम्बर कुन कर्मचारीलाई दिएको र पास गराइदिएपछि कति रकम दिएको त्यसको हिसाब टिपोट गरिएको डायरी अख्तियारले फेला पारेको थियो । लाइसेन्स फाँटका बद्री दाहालमाथि अख्तियारले मुद्दा अगाडि बढाएको छ । हाल उनी निलम्बनमा छन् ।

    सम्बद्ध स्रोतका अनुसार अख्तियारको कारबाहीपछि केही महिना कडाइका साथ भएको ट्रायल पछिल्लो समय फेरि बिचौलियाले दिएको पैसाको भरमा पास/फेल हुन थालेको छ । लिखित परीक्षाको नतिजा त्यही दिन सार्वजनिक गरिए पनि ट्रायल परीक्षाको नतिजा भने कम्तीमा ५/६ दिनपछि मात्र कम्प्युटरमा हाल्ने गरिएको छ ।

    ‘ट्रायलमा खटिएका कर्मचारीलाई बिचौलियाले रकम र फेल भएका परीक्षार्थीको दर्ता नम्बर दिन्छन्,’ एक जानकारले भने, ‘केही दिनमा सबै संकलन भइसकेपछि नतिजा प्रकाशन गर्छन् ।’ ट्रायल पास भएका परीक्षार्थीले मात्र प्रवेश पत्र फिर्ता पाउँछन् । ‘नतिजा प्रकाशन भएपछि त्यही प्रवेश पत्रको आधारमा सवारी चालक अनुमति पत्रका लागि कार्यालयमा पुगेर रसिद काट्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक विचौलिया भन्छन्, ‘रसिद काट्ने ठाउँमा आधा घन्टा मात्र उभिनुस् तपाई आफैंले कतिजना बिना प्रवेश पत्रकै रसिद काट्न आएको देख्नुहुन्छ ।’

    साउन दोस्रो साता आफ्नो मान्छे किन फेल गराएको भन्दै ट्रायल सेन्टरमा कर्मचारीबीच कुटाकुट नै भएको थियो । अख्तियारको पछिल्लो कारबाहीपछि कर्मचारीले कागजमा लेखिएका दर्ता नम्बर मात्र लिने गरेका छन् । यसअघि मोबाइलमा दर्ता नम्बर म्यासेज गर्दा पनि फेल भएका परीक्षार्थी पास हुन्थे ।

    कार्यालय स्रोतका अनुसार मंगलबार क्राइम टोलीले नियन्त्रणमा लिएका चारजनामध्ये दुईजनाको लाइसेन्स फाँटका कर्मचारीसँग राम्रो सम्बन्ध छ । ‘प्रहरीले उनीहरूको फोन विवरण अध्ययन गरे धेरै प्रस्ट हुन्छ,’ ती स्रोतले भन्यो, ‘कार्यालय नजिकैको एक नास्ता पसलमा पैसा लेनदेन हुन्छ ।’

    नियन्त्रणमा रहेका विचौलियासँग १७ जना परीक्षार्थीको प्रवेश पत्र पनि थियो । विचौलिया पक्राउ परेपछि उनीहरूले ट्रायलसमेत दिन पाएका छैनन् । ‘ट्रायल दिने ती १७ जनामध्ये अधिकांश लिखित परीक्षामा समेत फेल भएका थिए,’ ती कर्मचारीले भने, ‘प्रहरीले उनीहरूको लिखित परीक्षाको कापी जाँच गरे प्रस्ट हुन्छ ।’ ट्रायल सेन्टरका इन्चार्ज भोला साहले यातायातमा विचौलियाको बिगबिगी बढेको स्वीकारे पनि आफ्नो उनीहरूसँग कुनै सम्पर्क नरहेको दाबी गरे ।

    ‘यातायात र ट्रायल सेन्टर अगाडि बाटोमा हिँडदा आफूलाई पनि बिचौलियाले लाइसेन्स चाहियो भन्छन्,’ उनले भने, ‘विचौलियाको बिगबिगी बढेको छ । तर, उनीहरूसँग कुनै किसिमको चिनजान छैन ।’ मंगलबार पनि केही व्यक्ति पैसासहित पक्राउ परेको आफूले २० मिनेटपछि मात्र थाहा पाएको उनले सुनाए ।

    दुई साता अगाडि मात्र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको प्रमुख भई आएका सुशीलकुमार साह तेलीले यसबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘अध्ययन गर्दैछु,’ उनले भने, ‘विकृति छ भने सुधार गरिनेछ ।’

    विभिन्न विचौलियासँग भेटी तयार पारेको विवरण अनुसार फेल भएका परीक्षार्थीले मोटरसाइकल/स्कुटीको १० हजार, जिप/कार को १७ हजार, बस/ट्रकको २५ हजार र स्काभेटर/डोजरको ३० हजार रुपैयाँ बिचौलिया मार्फत कर्मचारीले बुझेपछि सजिलै पास गराइदिने गरेका छन् । ekantipur.com बाट सभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑