• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेजन रेनफरेस्टमा लागेको डढेलो नियन्त्रणका लागि आर्मी परिचालन

  • वीरगंज संजाल
  • ७ भाद्र २०७६, शनिबार ०३:४५
  • ४७१३

    अमेजन रेनफरेस्टमा अत्याधीक मात्रामा भइरहेको आगलागी नियन्त्रणमा लिनका लागि ब्राजिलका राष्ट्रपतिले सैनिक परिचालन गरेका छन् ।ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोले अमेजनमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि भइरहेको प्रयासलाई थप सघन र प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

    बोल्सोनारोले जारी गरेको आदेश अनुसार जंगल, आदिवासी जनजातिको बसोबास रहेको क्षेत्र तथा सीमावर्ती क्षेत्रमा सैनिक परिचालन भएका छन् । युरोपियन नेताहरुले अमेजन जंगलमा भएको डढेलोप्रति गम्भीर चासो व्यक्त गर्दै दिएको दबाबपछि राष्ट्रपति बोल्सोनारोले सैनिक परिचालन गर्ने आदेश दिएका हुन् ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर एङ्गेला मर्केल तथा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अमेजन रेनफरेस्टमा लागेको आगो अन्तर्राष्ट्रिय संकट रहेको बताएका छन् । उनीहरुले डढेलो नियन्त्रणमा लिनका लागि चाहिने जति प्रयास नभएको भन्दै ब्राजिलका राष्ट्रपति बोल्सोनारोको आलोचना गरेका छन् ।]

    संयुक्त राष्ट्रसंघका महासविच एन्टोनियो गुट्रेसले विश्वव्यापी जलवायु परिवर्तनको संकट पूर्ण अवस्थामा अक्सिजनको भण्डारका रुपमा रहेको अमेजन जंगलमा भइरहेको विनाश स्वीकार्य नरहेको बताएका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी नियन्त्रणमा लिनका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय स्तरमा चौतर्फी दबाबपछि बोल्सोनारोले डढेलो नियन्त्रणमा लिनका लागि सेना परिचालन गर्ने घोषणा गरेका हुन् । विशेष गरी फ्रान्स र आयरल्याण्डले अमेजन जंगलमा लागेको आगो नियन्त्रणमा लिनका लागि ब्राजिलले थप प्रयास नगरेसम्म तयारीमा रहेको ठूलो व्यापार सम्झौता अनुमोदन नगर्ने बताएपछि यस्तो घोषणा आएको हो ।

    यस्तै फिनल्याण्डका वित्त मन्त्रीले इयुसँग ब्राजिलबाट हुँदै आएको बिफ गाइको मासु आयात बन्द गर्ने सम्बन्धमा सोच्नु पर्ने बताएपछि ब्राजिल थप दबाबमा आएको हो । वातावरणवादीहरुको समूहले ब्राजिलका विभिन्न शहरहरुमा प्रदर्शन पनि गरिरहेका छन् ।

    तीव्र गतिमा फडानी अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च ९इनपे० ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको देखिएको हो ।गएको वर्षको सोही अवधिको तुलनामा यो वर्ष अमेजन रेनफरेस्टमा डढेलोको मात्रा ८५ प्रतिशतले बढेको स्याटेलाइट तथ्यांकले देखाएको इनपेले उल्लेख गरेको छ ।

    बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ ।
    यो वर्षको जनवरीदेखि अगस्टसम्ममा अमेजन जंगलमा आगलागीका ७८ हजार घटना भएको इनपेले उल्लेख गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशत बढी हो । सन् २०१३ यता इनपेले अमेजनमा हुने आगलागीका घटनाको तथ्यांक राख्न थालेयता यो सबैभन्दा बढी हो ।

    गर्मी मौसममा ब्राजिलका जंगलमा आगलागी हुने गरेका छन्, तर कृषि तथा पशु चरनका लागि गैरकानूनी रुपमा वनमा आगो लगाइने गरेको पनि छ ।इनपेको भनाईप्रति राष्ट्रपति बोल्सोनारोले आक्रोश व्यक्त गर्दै किसानले जमिन सफा गर्नका लागि आगो लगाउने भएकाले यो समय आगो लाग्ने गरेको बताउँदै आएका थिए ।

    इनपेले भने सामान्यतया अघिल्ला वर्षको सुक्खा समय लाग्ने गरेको भन्दा यो वर्ष अत्याधिक मात्रामा आगलागी भएको जनाएको छ । बोल्सोनारोले संरक्षण भन्दा विकासलाई जोड दिएपछि जंगल फडानीको दर बढेको वातावरणविदले बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो रेनफरेस्ट हो । यसलाई विश्वको प्रमुख कार्बन भण्डारण केन्द्र मानिन्छ, जसका कारण विश्वव्यापी तापक्रम वृद्धिको दर कम गर्न सहयोग पुग्छ ।

    बुल्डोजर लगाएर वन फडानी भएको छ । अधिकांश रुख जरैदेखि ढालिएका छन् भने केही फेदबाट काटिएका छन् । फडानी गरिएको क्षेत्रमा खेती गर्ने क्रम पनि सुरु भएको बताइन्छ । यस्तै काठहरु अवैध रुपमा बिक्री गरिने गरेको छ । अमेजन रेनफरेस्टको अधिकांश भाग ब्राजिलमा पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑