• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    बारा पर्साका हुरीपीडितको घर निर्माण अन्तिम चरणमा

  • वीरगंज संजाल
  • ७ भाद्र २०७६, शनिबार ०२:४०
  • २२१५

    काठमाडौँ : गत चैत १७ मा गएको विनाशकारी हुरी र असिनापानीका कारण घरबारविहीन भएका बारा र पर्सावासी अझै त्रिपालमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य छन् । साउन १५ गतेभित्र पीडितलाई घर हस्तान्तरण गर्ने योजनासहित नेपाली सेनाले सुरु गरेको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

    घर निर्माणमा ढिलाइ हुँदा त्रिपालमुनि बसेका हुरीपीडित गर्मी र वर्षाको सास्ती भोग्न बाध्य छन् । त्यसैगरी, बास त्रिपालमुनि र बाहिर वर्षाका कारण खान पकाउन नमिलेका कारण पीडितहरू भोकभोकै बस्न बाध्य छन् ।

    वर्षा सुरु हुनुअघि नै पीडितलाई घर हस्तान्तरण गर्न वैशाख २१ गते उपप्रधानमन्त्रीद्वय, प्रदेश २ का मुख्यमन्त्री र आठ जनामन्त्रीले बारा र पर्साको १२ ठाउँबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गर्नुभएको थियो । चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हुरीपीडितलाई वर्षा सुुरु हुनुअघि नै घर बनाइदिने र सो निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जनता आवास कार्यक्रमको मोडेलमा घरहरू निर्माण गर्ने निर्णय सरकारले गरेको थियो ।

    हुरीपीडितका घर निर्माणमा ढिलाइ भएकोेबारे नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अविरल वर्षा र बाढीका कारण घर निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेको बताउनुभयो । त्यसैगरी, निर्माण सामग्री खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट जनशक्ति लिनुपर्ने भएकाले निर्माण कार्य निर्धारित समयभन्दा केही ढिलो हुन पुगेको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता पाण्डेले भन्नुभयो, “पुनर्निर्माण, पुनस्र्थापना सहजीकरण र समन्वय समितिको बैठकले पूर्व योजनाअनुसार साउन २६ गतेभित्र घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा बाढी तथा डुबानका कारण नौ दिन काम स्थगित भएकाले समय अभाव हुने देखिएको हुँदा भदौको दोस्रो सातासम्म लाग्ने सम्बन्धमा सम्बन्धित सम्पूर्ण निकायमा जानकारी गराइसकिएको छ ।”

    घर निर्माणको ९४ दशमलव ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उहाँले भदौको दोस्रो सातासम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो । घर निर्माणका लागि नेपाली सेनाको १२ वटा टोली परिचालन भएको र सेनाका २६ सय जवान खटिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

    बारा र पर्सामा गरी जम्मा ८६९ घर निर्माण भइरहेकोमा ५१८ वटा घरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र बाँकीको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो । निर्धारित ८६९ मध्ये पारिवारिक जग्गा विवादका कारण १२ वटा घर निर्माण सुरु हुन नसकेको समेत उहाँले बताउनुभयो । प्रवक्ता पाण्डेका अनुसार, निर्माणाधीन घरहरूको जग खन्ने, जग लगाउने, छानासम्म पर्खाल लगाउने र झ्यालढोकाको ‘फ्रेम’ लगाउने काम सकिएको छ । त्यसैगरी छानाको ट्रस लगाउने काम शत प्रतिशत, छाना छाउन्ने काम ९९.५ प्रतिशत र प्लम्बिङ, वायरिङ तथा रङ लगाउने काम ८७ प्रतिशत सम्पन्न भइसकेको छ । मूल्यअभिवृद्धि करसहित प्रतिघर पाँच लाख ४५ हजार रुपियाँ लागत रहेको छ । घरमा दुई कोठा, एउटा बरन्डा र एउटा शौचालय छन् । गोरखापत्र दैनिकमा खबर छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चिनियाँ नाकाको सकस
  • १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
  • आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑