• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामूहिक बलात्कार मुद्दाप्रति अदालत कमजोर, आठौँपटक पेसी स्थगित

  • वीरगंज संजाल
  • Aug 23, 2019, 1:43 am
  • ६२०७

    काठमाडौं : गौरीगंगा नगरपालिका–११ की युवती माया विकको सामूहिक बलात्कार गरी हत्या गरेकोसम्बन्धी मुद्दाको पेसी आठौँपटक स्थगित भएको छ । बिहीबार तोकिएको पेसी प्रतिवादीका कानुन व्यवसायीको आग्रहमा स्थगित भएको हो । बिरामी भएर औषधी सेवन गरिरहेकाले उपस्थित हुन नसक्ने भनेर प्रतिवादीमध्येका एक गणेश बडुवालका तर्फबाट वकालत गरिरहेका विद्यासुन्दर शाहीले निवेदन दिएकाले पेसी स्थगित भएको कैलाली जिल्ला अदालतले जनाएको छ ।

    हालसम्म चारपटक सरकारी वकिल र चारपटक प्रतिवादीका कानुन व्यवसायीका आग्रहमा पेसी स्थगित भएको जिल्ला अदालतका स्रेस्तेदार भुवन गिरीले जानकारी दिए । पछिल्लोपटक गत १२ असारमा प्रतिवादीतर्फका वकिलको आग्रहमा पेसी स्थगित भएको थियो ।

    उच्च अदालत दिपायलले गत १७ माघमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतकै निर्णयलाई सदर गरेको थियो । अभियुक्तहरू गौरीगंगा–११ का गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी पुर्पक्षका लागि थुनामा छन् ।

    मुद्दाको पेसी सरेको खबर पाएपछि निराश भएर अदालतबाट फर्केका मायाका बुबा हर्कबहादुरले एक वर्षसम्म सुनुवाइ नहुँदा न्यायको अनुभूति गर्न नपाएको बताए । ‘पटक–पटक पेसी स्थगित हुँदा दोषीलाई उम्काउन खोजिएको हो कि भन्ने शंका उब्जिएको छ,’ उनले भने, ‘मेरी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कारबाही भएको हेर्न चाहना छ ।’

    १३ महिनासम्म फैसला हुन सकेन
    जिल्ला अदालतमा दर्ता भएको बलात्कारसम्बन्धी मुद्दा अंग पुगेको (सबै साक्षी प्रमाण पुगेको) भए एक वर्षभित्रै फैसला गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, सामूहिक बलात्कार गरी हत्या गरिएकी माया विकको मुद्दा भने १३ महिनासम्म फैसला हुन सकेको छैन ।

    मायाको मुद्दामा पाँचजनाविरुद्ध जबर्जस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत गत वर्ष १३ साउनमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । सोही १५ साउनमा अदालतले पाँचैजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट दुई–दुईपटक गरी चारपटक पेसी स्थगित गर्ने व्यवस्था भए पनि यो मुद्दामा आठपटक पेसी स्थगित भएको छ । स्रेस्तेदार गिरीले व्यावहारिकता हेरेर प्रतिवादीको आग्रहमा चारपटक पेसी स्थगित गरिएको बताए ।

    प्रतिवादीको आग्रहमा स्थगित चारवटा पेसीमध्ये मिसिल अध्ययन गर्न नपाएको भनेर एकपटक, बिरामी भएको कारण देखाएर एकपटक र उच्च अदालतमा बहस परेकाले उपस्थित हुन नसक्ने भनेर दुईपटक पेसी स्थगित भएको अदालतले जनाएको छ । ‘कानुनतः सरकारी वकिलका तर्फबाट दुईपटक र प्रतिवादीका तर्फबाट दुईपटक पेसी स्थगित गर्न पाउने हो ।

    एउटै प्रतिवादी भए समस्या पनि हुने थिएन,’ गिरीले भने, ‘तर यो मुद्दामा पाँचजना प्रतिवादी छन् र पाँचैजनाले छुट्टाछुट्टै कानुन व्यवसायीले कहिले मिसिल अध्ययन गर्न नपाएको, कहिले स्वास्थ्य स्थिति ठीक नभएको र कहिले बहस गर्न अन्य अदालतमा जानुपर्ने कारणले लम्बिएको हो ।’

    फैसलाअघि प्रतिवादी सबैका कुरा पनि सुन्नुपर्छ भन्ने मान्यताले व्यावहारिकता हेरिएको उनले बताए । यस्तै, पुर्पक्षको निर्णयविरुद्ध उच्च अदालतमा रिट परेकाले सरकारी वकिलको आग्रहमा तीनपटक पेसी स्थगित भएको गिरीले जानकारी दिए । मुद्दाको सक्कली मिसिल उच्च अदालतमा पठाइएकाले वादीका तर्फबाट तीनपटक पेसी स्थगित भएको छ । नयाँपत्रिका दैनिकबाट साभार

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑