• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा

  • वीरगंज संजाल
  • ५ भाद्र २०७६, बिहीबार १५:२८
  • ९८९

    Shares

    काठमाडाैं : सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेका हुन् ।

    अनुसन्धानका क्रममा राजस्व छलीमा चार जना सरकारी कर्मचारी सङ्लग्न रहेको आरोपसहित १५ जनाविरुद्ध मुद्दा चलाइएको राजस्व अनुसन्धान विभागका निर्देशक राजीव पोखरेलले जानकारी दिए । उनीहरुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा रु ४७ करोड ८९ लाख बिगो मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    विभागले हिमालयन कार्गो तथा वनबोरी माता ट्रेडर्सका मुख्य कारोवारी विनोदकुमार गुप्तासहित, अन्य कारोवारी मधुकुमारी गुप्ता, रवीन्द्रकुमार गुप्ता, वीरेन्द्रकुमार गुप्ता, राहुलकुमार गुप्ता र चार सरकारी कर्मचारीसहित १५ जनाविरुद्ध बिगो असुलउपर गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐनअनुसार सजायको माग दाबी गरी मुद्दा चलाएको हो ।

    त्यस्तै ,नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी बटुकृष्ण अधिकारी, सुवास श्रेष्ठ, वसन्त सुवेदी र देवीबहादुर थापा राजस्व छलीको घटनामा सङ्लग्न रहेको आरोप छ । उनीहरु उक्त मुद्दामा निलम्वनमा परेका थिए । ती सम्पूर्ण फर्मले भन्सार महसुलतर्फको बिगो रु १४ करोड ९९ लाख मूल्य अभिवृद्धितर्फ २१ करोड ५७ लाख र आयकरतर्फको बिगो रु नौ करोड गरी ४५ करोड, ६४ लाख तीन हजार कायम गरी उक्त रकम असुलउपर गर्न कानूनअनुसार सजायको माग गरिएको छ ।

    उनीहरुमाथि रु दुई करोड २४ लाख विदेशी विनिमय अपचलन गरेको आरोप छ । उनीहरुले वनबोरीमाता ट्रेडर्स प्रालि तथा भिआर इन्टरनेशनलले हिमालयन कार्गोमार्फत नेपालगञ्जबाट भन्सार चोरी पैठारी गरी भन्सार महशुल, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको देखिएको विभागका निर्देशक पोखरेलले जानकारी दिए ।

    उनीहरुले आपसी मिलेमतोमा सञ्चालक रोहित अग्रवाल रहेको अमरपाली इन्टरनेशनल, रेयाजुल अन्सारी प्रोपाइटर रहेको एनआइसिआई ट्रेडर्स, बृजलाल रावत प्रोपाइटर रहेको पिजी इम्पोर्ट हाउस, शिवराज भट्टराई प्रोपाइटर रहेको मार्को इन्टरनेशनल, रोहित अग्रवाल सञ्चालक रहेको श्याम ट्रेडिङ प्रालि, ईश्वर दयाल प्रोपाइटर रहेको महादेव ट्रेड इन्टरप्राइजेज नामक फर्म दर्ता गरी हिमालयन कार्गोमार्फत कारोवार गरेको खुल्न आएको दावी गरिएको छ । उक्त फर्मको नामबाट मालवस्तु आयात तथा बिक्री गरी कर विवरण नदेखाइ तथा आय विवरण नबुझाई राजस्व चुहावट गरेको विभागको ठहर छ ।

    विदेशी विनिमय अपचलन मुद्दा राजस्व छलीका आरोपी विनोदकुमार गुप्ता, रवीन्द्र गुप्ता, वीरेन्द्र गुप्ता, राहुलकुमार गुप्ता, मधुकुमारी चौधरीले आपसी मिलेमतोमा विदेशी विनिमय अपचन गरेको खुल्न आएको विभागले जनाएको छ । हिमालयन कार्गोबाट कारोवारको व्यवस्थापन गर्नेगरी एभरेष्ट बैंकमा रवीन्द्र गुप्ता र राहुलकुमार गुप्ताको नामबाट खाता सञ्चालन भई मालवस्तु आयात गर्ने प्रयोजनार्थ रकम विदेश पठाई सामान आयात नगरी रु दुई करोड २४ लाख बिगो बराबर विदेशी मुद्रा अपचलन गरेको विभागले जनाएको छ ।

    बिगो असुलउपर गरी उनीहरुलाई बिगोबमोजिम जरिवाना र बिगोको तीन गुणासम्म थप जरिवाना गरी कानूनअनुसार कैद सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको विभागका निर्देशक टङ्कप्रसाद पाण्डेले जानकारी दिए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न
  • युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान
  • ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु
  • एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    तपाईंको मोबाइलको IMEI दर्ता भए-नभएको कसरी थाहा पाउने ? यसरी गर्नुस्,

    देश ‘शान्तिपूर्ण युगमा’

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

    आज शनिवार- २२ फाल्गुण २०७७ को राशिफल

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    समाचार
    News

    ज्ञानदा एकेडेमीद्वारा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

    News

    युवा समाज पिपराद्वारा चौथो पटक खुल्ला रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान

    News

    ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम बिरगंजमा शुरु

    News

    एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

    News

    वीरगञ्ज पाठशाला र प्रभु हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑