• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    पर्सा राष्ट्रिय निकुञ्जका हात्तीले उपद्रो मच्याएपछी ५० राउण्ड हवाईफायर

  • वीरगंज संजाल
  • ५ भाद्र २०७६, बिहीबार १५:२४
  • ९८५

    Shares

    पर्सा : पथलैया–अमलेखगन्ज सडक खण्डमा हात्तीको बथान धपाउन मंगलबार राति नेपाली सेनाले करिब ५० राउन्ड हवाइफायर गरेको छ । हात्तीको बथानले हेटौंडाबाट पथलैया आउँदै गरेको मालवाहक ट्रकलाई पल्टाउन खोजेपछि सेनाले हवाई फायर गरेर धपाएको हो ।

    पर्सा निकुञ्जबाट निस्केको हात्तीको बथान निकुञ्जको आधाभारस्थित कार्यालयबाट करिब १ किमि उत्तरको सडक पुग्दा ट्रक पनि त्यहीँ पुगेको थियो । चालकले ट्रक रोकेपछि हात्तीको बथानले आक्रमण गरेको थियो ।

    ट्रकमा रहेको चामल खान खोजेपछि सिद्धिबक्स गणबाट खटिएका सेनाका जवानले हवाई फायर खोलेका थिए । ट्रकमा चालक र सहचालक समेत सवार रहेको र उनीहरूको ज्यानमा क्षति पुग्न सक्ने भएकाले हात्तीलाई धपाउन हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकृत अशोक रामले बताए ।

    राति ८ देखि १० बजेसम्म करिब २७ वटाको संख्यामा रहेका हात्तीको झुण्ड राजमार्ग पार गरेर निकुन्जको पूर्वीभेगतर्फ जाने प्रयासमा थियो । त्यस क्रममा राजमार्ग करिब २ घन्टा अवरुद्ध भएको थियो । राजमार्गमा दक्षिण र उत्तरतर्फ झन्डै २ सय मालबाहक तथा यात्रुबाहक सवारीसाधन रोकिएका थिए ।

    हात्ती धपाउने क्रममा सेनाका एक जवान घाइते भए । हवाई फायरपछि हात्तीको बथान पुन: राजमार्गको पश्चिमतर्फ फर्किएको रामले बताए । उक्त समूह हाल निकुञ्जको आधारभारस्थित कार्यालयभन्दा करिब ४ किमि उत्तर हात्तीडण्डी भन्ने स्थानबाट करिब २ किमि पश्चिममा रहेको रामले बताए ।

    हात्तीको एउटा समूह आइतबार राति नै राजमार्ग पार गरेर पूर्वतर्फ लागेको उनले बताए । यो समूह हाल राजमार्गबाट करिब १८ किमि पूर्व हल्खोरिया दह क्षेत्रमा छ । मंगलबार रातिको हात्तीको बथानबाट एउटा हात्ती छुट्टिएर निकुन्जको अमलेखगन्जस्थित हात्तीसार क्षेत्रमा बसेको रामले बताए ।

    उता, सर्लाहीमा करिब ६ महिनादेखि आंतक मच्चाइरहेको २ वटा हात्ती त्यहाँबाट पश्चिमतर्फ बारास्थित निकुन्जको हल्खोरिया दह क्षेत्रमा पुगेको छ । वाग्मती, सन्तपुर, जंगलसैया सामुदायिक वन, टांगियाबस्ती हुँदै ती हात्ती हल्खोरिया दह क्षेत्रमा पुगेको रामले बताए ।

    यस वर्ष निकुन्जका हात्तीले ढिलो गरी राजमार्ग पूर्व जाने प्रयास गरेको हो । सामान्यतया निकुन्जका रैथाने हात्तीको समूहले असारको पहिलो साता त्रिभुवन राजपथ छिचोलेरपूर्व रौतहट हुँदै सर्लाहीसम्मकोयात्रा गर्थे । यस वर्ष मोतिहारी–रक्सौल–अमलेखगन्ज तेल पाइप लाइनको निर्माण कार्यका लागि हात्तीकै परम्परागत पदमार्गमा रुख काटिनुका साथै पाइप लाइन पनि ओछ्याइएको छ ।

    यसका साथै राजपथभन्दा करिब २० किमि पूर्व निजगढ काठमाडौं द्रुत मार्गको निर्माण पनि जारी रहेको छ । यसरी हात्तीको परम्परागत मार्गमा एकै साथ २ वटा अवरोध भएकाले उनीहरूले यस वर्ष यात्रा नगरेको हुन सक्ने अनुमान गरिएको थियो ।

    हात्तीको समूहले बर्सेनि निकुन्जको आधाभार कार्यालय नजिक करिब डेढ किमि उत्तर तथा हात्तीडण्डी भन्ने स्थानबाट राजपथ छिचोल्ने गरेको छ । हात्तीडण्डी निकुन्ज कार्यालयबाट करिब ४ किमि उत्तरमा रहेको छ । हात्तीले आवागमनका लागि बर्सेनि एउटै रुट प्रयोग गर्छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो
  • बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ
  • पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्
  • कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    आज मंगलवार – २५ फाल्गुण २०७७को राशिफल

    प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न-राघव साहलाई अध्यक्ष पदको उमेदवारि दिने घोषणा

    पर्सा प्रहरीले विभिन्न मिति र समयमा हराएका ११ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

    ग्रिनसिटि र नारायणी वयोध्या हस्पिटलको सन्तुक्त आयोजनामा निसुल्क स्वास्थ्य शिबिर सम्पन्न

    सानो पाइलाद्वारा नारी दिवसका अवसरमा सडक नाटक प्रस्तुत

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    समाचार
    News

    गत सिजनमा बंगलादेशबाट ल्याउने भनिएको युरिया मल बल्ल भित्रियो

    News

    बाराको निजगढमा एक युवकको हत्या-एकजना शंकास्पद व्यक्ति पक्राउ

    News

    पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

    News

    कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    News

    एक उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑