• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सा राष्ट्रिय निकुञ्जका हात्तीले उपद्रो मच्याएपछी ५० राउण्ड हवाईफायर

  • वीरगंज संजाल
  • Aug 22, 2019, 3:24 pm
  • ३६४९

    पर्सा : पथलैया–अमलेखगन्ज सडक खण्डमा हात्तीको बथान धपाउन मंगलबार राति नेपाली सेनाले करिब ५० राउन्ड हवाइफायर गरेको छ । हात्तीको बथानले हेटौंडाबाट पथलैया आउँदै गरेको मालवाहक ट्रकलाई पल्टाउन खोजेपछि सेनाले हवाई फायर गरेर धपाएको हो ।

    पर्सा निकुञ्जबाट निस्केको हात्तीको बथान निकुञ्जको आधाभारस्थित कार्यालयबाट करिब १ किमि उत्तरको सडक पुग्दा ट्रक पनि त्यहीँ पुगेको थियो । चालकले ट्रक रोकेपछि हात्तीको बथानले आक्रमण गरेको थियो ।

    ट्रकमा रहेको चामल खान खोजेपछि सिद्धिबक्स गणबाट खटिएका सेनाका जवानले हवाई फायर खोलेका थिए । ट्रकमा चालक र सहचालक समेत सवार रहेको र उनीहरूको ज्यानमा क्षति पुग्न सक्ने भएकाले हात्तीलाई धपाउन हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकृत अशोक रामले बताए ।

    राति ८ देखि १० बजेसम्म करिब २७ वटाको संख्यामा रहेका हात्तीको झुण्ड राजमार्ग पार गरेर निकुन्जको पूर्वीभेगतर्फ जाने प्रयासमा थियो । त्यस क्रममा राजमार्ग करिब २ घन्टा अवरुद्ध भएको थियो । राजमार्गमा दक्षिण र उत्तरतर्फ झन्डै २ सय मालबाहक तथा यात्रुबाहक सवारीसाधन रोकिएका थिए ।

    हात्ती धपाउने क्रममा सेनाका एक जवान घाइते भए । हवाई फायरपछि हात्तीको बथान पुन: राजमार्गको पश्चिमतर्फ फर्किएको रामले बताए । उक्त समूह हाल निकुञ्जको आधारभारस्थित कार्यालयभन्दा करिब ४ किमि उत्तर हात्तीडण्डी भन्ने स्थानबाट करिब २ किमि पश्चिममा रहेको रामले बताए ।

    हात्तीको एउटा समूह आइतबार राति नै राजमार्ग पार गरेर पूर्वतर्फ लागेको उनले बताए । यो समूह हाल राजमार्गबाट करिब १८ किमि पूर्व हल्खोरिया दह क्षेत्रमा छ । मंगलबार रातिको हात्तीको बथानबाट एउटा हात्ती छुट्टिएर निकुन्जको अमलेखगन्जस्थित हात्तीसार क्षेत्रमा बसेको रामले बताए ।

    उता, सर्लाहीमा करिब ६ महिनादेखि आंतक मच्चाइरहेको २ वटा हात्ती त्यहाँबाट पश्चिमतर्फ बारास्थित निकुन्जको हल्खोरिया दह क्षेत्रमा पुगेको छ । वाग्मती, सन्तपुर, जंगलसैया सामुदायिक वन, टांगियाबस्ती हुँदै ती हात्ती हल्खोरिया दह क्षेत्रमा पुगेको रामले बताए ।

    यस वर्ष निकुन्जका हात्तीले ढिलो गरी राजमार्ग पूर्व जाने प्रयास गरेको हो । सामान्यतया निकुन्जका रैथाने हात्तीको समूहले असारको पहिलो साता त्रिभुवन राजपथ छिचोलेरपूर्व रौतहट हुँदै सर्लाहीसम्मकोयात्रा गर्थे । यस वर्ष मोतिहारी–रक्सौल–अमलेखगन्ज तेल पाइप लाइनको निर्माण कार्यका लागि हात्तीकै परम्परागत पदमार्गमा रुख काटिनुका साथै पाइप लाइन पनि ओछ्याइएको छ ।

    यसका साथै राजपथभन्दा करिब २० किमि पूर्व निजगढ काठमाडौं द्रुत मार्गको निर्माण पनि जारी रहेको छ । यसरी हात्तीको परम्परागत मार्गमा एकै साथ २ वटा अवरोध भएकाले उनीहरूले यस वर्ष यात्रा नगरेको हुन सक्ने अनुमान गरिएको थियो ।

    हात्तीको समूहले बर्सेनि निकुन्जको आधाभार कार्यालय नजिक करिब डेढ किमि उत्तर तथा हात्तीडण्डी भन्ने स्थानबाट राजपथ छिचोल्ने गरेको छ । हात्तीडण्डी निकुन्ज कार्यालयबाट करिब ४ किमि उत्तरमा रहेको छ । हात्तीले आवागमनका लागि बर्सेनि एउटै रुट प्रयोग गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑