• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    नाम र राजधानी टुंग्याउँदै प्रदेश २

  • वीरगंज संजाल
  • ५ भाद्र २०७६, बिहीबार ०३:३६
  • ३८३१

    जनकपुर : प्रदेशसभाले तोकेको बिहीबारभित्रको समयसीमामा प्रदेश २ को नाम र राजधानी प्रस्ताव गर्न दलहरू आन्तरिक कसरतमा जुटेका छन् । राजधानी जनकपुर राख्नेमा सबै दल एकमत भएपनि नाममा विवाद छ ।

    यसमा मुख्य गरी मधेसकेन्द्रित र अन्य दल दुई ध्रुवमा देखिएका छन् । प्रमुख प्रतिपक्ष नेकपाको संसदीय दल बैठकमा अधिकांशले नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने सुझाएका छन् । सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पनि बुधबार छलफलमा जुटे ।

    विपक्षी कांग्रेसले प्रदेशको नाम मिथिला वा जानकी र राजधानी जनकपुर हुनुपर्ने आफ्नो बटमलाइन रहेको जनाएको छ । संसदीय दलमा छलफल टुंगिएकाले निष्कर्षसहित बिहीबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउने मुख्य सचेतक उपेन्द्र कुशवाहले बताए । ‘नामबारे मिश्रित धारणा छ । राजधानी जनकपुर हुनेमा सबै क्लियर छन्,’ उनले भने, ‘प्रदेशको नाममा मिथिला, भोजपुरा, जानकी, मध्य मधेससम्मको सुझाव आएको छ ।’

    संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ । तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ छैन । त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन । सत्तारूढ समाजवादी पार्टी नाम मधेस र राजधानी जनकपुरमा राख्नुपर्ने अडानमा छ । पार्टीको संसदीय दलका उप–नेता रामआशिष यादवले प्रदेश २ को नाम र राजधानीबारे बिहीबार संसदिय दलको बैठकमा विचार–विमर्श हुने बताए । ‘हाम्रो पहिल्यैदेखिको अडान प्रदेशको नाम मधेस र राजधानी जनकपुर हुनुपर्ने हो,’ उपनेता यादवले भने,‘ संसदीय दलको बैठकले यस मामिलामा थप प्रष्ट गर्नेछ ।’ समाजवादी पार्टीले राजधानी जनकपुरमा आफ्नो अडान रहेको दाबी गरेपनि पार्टीभित्र अन्य ठाउँबारे पनि बहस सुरु भएको छ ।

    सत्तासीन दल समाजवादी र राजपाले प्रदेशको नाम मधेसमा विपक्षी दल सहमत भए राजधानी विपक्षी दलले रोजेको ठाउँलाई नै तोक्ने मूडमा देखिन्छन् । ‘प्रदेशको नामलाई पेचिलो बनाउँदा राजधानी कहाँ राख्ने मुद्दा पनि जोडिएर आएको छ,’ समाजवादी पार्टीका एक सांसदले भने, ‘हामी नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा छौं ।’

    सत्तासीन अर्का दल राजपा भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा विपक्षी दलको पनि सहयोग लिन प्रयासरत्त छन् । बुधबार अबेर साँझसम्म बसेको राजपाको संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी के–कहाँ राख्ने मुद्दा भन्दा यो मामिलामा आफ्नो एजेन्डामा विपक्षी दललाई कसरी सहमत गराउने रणनीतिमै छलफल केन्द्रीत रह्यो । राजपाका सह–महामन्त्री एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा आफ्नो दल अडिग रहेको बताए ।

    नेकपामा पनि मधेस मत
    नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेशको नाम र राजधानीबारे दलले पहिलो पटक औपचारिक छलफल गरे । प्रदेश २ मा नेकपाको ३२ सांसद छन् । संसदीय दलको बैठकमा २७ जना सांसदले प्रदेशको नाम र राजधानीबारे आफ्नो राय दिएका छन् । नेकपाका दुई सांसद जगत यादब र भरत साहले प्रदेश २ को नाम मधेस राख्नुपर्ने सुझाव दिए ।

    प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाइ गरेपछि प्रदेशसभाको साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरे । नेकपाले प्रदेशको नाम र राजधानीबारे आफ्नो सांसदको धारणा बुझ्न संसदीय दलको बैठक बोलाएको थियो । नेकपाकी सचेतक बेची लुंगेलीका अनुसार दलको बैठकमा धारणा राख्ने २७ सांसदमध्ये २५ जनाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने तर्क गरे । ‘प्रदेशको नाम मधेस, जानकी, जनकनन्दनी राख्न समेत सुझाव आयो,’ नेकपाकी सचेतक लुंगेलीले भनिन, ‘धेरैले मिथिला–भोजपुरा, २ जना सांसदले मधेस र २र३ जनाले जानकी र जनकनन्दनीको नाम पनि सुझाए ।’ प्रदेशको नाम र राजधानीबारे संसदीय दलको बैठकमा सांसदहरुले दिएको सुझाव नेकपाको मुख्यालयमा पठाइने छ ।

    संसदीय दलको बैठकमा साहभागी सांसदहरुले प्रदेशको राजधानी धनुषा तोक्ने नयाँ सुझाव प्रस्तुत गरे । प्रदेश २ को राजधानी जनकपुरमा राख्नेमा दलहरुबीच एकमत देखिएपनि धनुषा भनेर नेकपाले राजधानीबारे नयाँ बहस अघि सारेको छ । नेकपाका सांसदहरुले प्रदेशको राजधानी जनकपुरको विकल्पमा नयाँ जनकपुर हुनुपर्ने प्रस्ताव ल्याएको बैठकमा सहभागि सांसद शारदा थापाले बताइन् ।

    ‘राजधानी जनकपुरबाहिर नयाँ जनकपुरमा राख्ने पनि सुझाव आएको छ,’ सांसद थापाले भनिन्, ‘नयाँ जनकपुर भनेको रातु खोलाको पश्चिम र कमला नदीको पूर्वको भागलाई भनिएको हो ।’ उनले नयाँ जनकपुरका लागि ढल्केबर, महेन्द्रनगर, वीरेन्द्रबजारलगायत क्षेत्रमा राजधानी राख्ने भनेर पनि छलफल भएको बताइन् । कान्तिपुर दैनिकबाट साभार

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चिनियाँ नाकाको सकस
  • १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
  • आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑