• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सिरहाका ६ दूध डेरीमा सिलबन्द

  • वीरगंज संजाल
  • Aug 26, 2019, 4:37 pm
  • ३८३०

    लहान : सिरहाका छ दूध डेरीमा सिलबन्द गरिएको छ । अखाद्य बस्तु प्रयोग गरी अवैध रूपमा सञ्चालन गर्दै आएको छ दूध डेरी उद्योगमा अनुगमन टोलीले आज सिलबन्दी गरेको हो ।
    संयुक्त बजार अनुगमनको टोलीले दुर्गन्धित तथा कागजपत्र बिना नै सञ्चालन गरिरहेको डेरी उद्योगमा सिलबन्दी गरिएको हो ।

    सो टोलीले सिरहामा रहेको च्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, लक्ष्मी डेरी उद्योग, सुधा दूध डेरी उद्योग नरहामा सिलबन्दी गरिएको छ ।

    सिलबन्दी भएका अधिकांश डेरी उद्योगमा गाईभैंसीको सट्टा प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको पाइएको छ । योसँगै विभिन्न अखाद्य बस्तु प्रयोग गरी उपभोक्तालाई ज्यान जोखिममा पार्ने गरेको छ ।

    कतिपयको डेरी उद्योगमा नेपाल सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको र दुर्गन्धित रूपमा डेरी उद्योग फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार डेरी उद्योगीहरूलाई बारम्बार मापदण्ड अपनाउन निर्देशन दिएपनि अटेरी गरेकाले सिलबन्दी गर्न बाध्य भएको बताए ।

    सिरहामा ४५ दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको छ । तीमध्ये कतिपयको कागजपत्र छैन भने कतिपयको मापदण्ड विपरीत सञ्चालन गर्दै आइरहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार हालै गरेको अनुगमनमा युरिया मल, चिनी, मानव जीवनको स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने पाउडर दूधको प्रयोग, मापदण्डविपरीत, अत्यधिक फोहर मैलाजस्ता थुप्रै त्रुटि देखिएको बताए ।

    जिल्ला प्रशासन कार्यालय सिरहा का प्रशाशकीय अधिकृत कमल आचार्यका अनुसार अनधिकृत रूपमा दर्जनौंको संख्यामा अवैध ढंगले डेरी उद्योगहरू सञ्चालन भइरहेका छन् । दर्तावाल सबै डेरी उद्योगलाई अनुगमन नगरिसकेकाले सम्भवतः ५० प्रतिशत डेरी उद्योग मापदण्डविपरीत रहेको बताए ।

    अनियमित ढंगले सञ्चालन गरिरहेका डेरी उद्योगलाई कानुनी दायरामा ल्याउन तथा मानवीय रूपमा अखाद्य उपभोग्य वस्तु तयार गरी बिक्रीवितरण गर्नबाट रोक्न अनुगमनको थालनी गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

    दुई दिनसम्म चलेको संयुक्त सिरहा बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशाशकीय अधिकृत कमल आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंह, घरेलु कार्यालय लहानका काजीमान लिम्बु र राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका रामानन्दप्रसाद गुप्ता लगायतका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑