सर्पको टोकाइबाट बर्सेनि ३ हजारको मृत्यु, उपचार केन्द्र सहर केन्द्रित

 Krishna Shrivastav

बारा । नेपालमा सर्पको टोकाइबाट बर्सेनि ३ हजार जनाले अकालमै ज्यान गुमाउने गरेको एक अनुसन्धानले देखाएको छ । एक सरकारी निकायले गरेको अनुसन्धानले वर्षेनी सर्पको टोकाईबाट करिव ४० हजार मानिस प्रभावित हुने र ३ हजारको मृत्यु नै हुने गरेको देखाएको छ । यो नेपाल बर्सेनि हुने कुल मृत्युको ० दशमलव ६ प्रतिशत रहेको पनि अनुसन्धानले देखाएको छ । मिथिला वाइल्डलाइफ ट्रष्टका प्रमुख देवनारायाण मण्डलले सन् २०२२ मा ३७ हजार ६ सय ६१ जना सर्पको टोकाइबाट प्रभावित भएको बताए । डिभिजन वन कार्यलय बाराले आयोजना गरेको वन तथा वन्यजन्तुको व्यवस्थापनसम्बन्धि कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा प्रधानमन्त्रीको पुत्ला दहन

 Krishna Shrivastav

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को पुतला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री ’प्रचण्ड’को पुतला दहन गरेका हुन् । सयौंको संख्यामा रहेका स्थानीयले प्रचण्डको पुतला दहन गरेका थिए । स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्री प्रचण्डको पुतला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालबाट भारत लैजादैँ गरेको मदिरासहित दुई जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । नेपालबाट भारत लैजादैँ गरेको मदिरासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार सितामढीका मोहम्मद नजाम र धिरेन्द्र पाण्डे पक्राउ परेका हुन् । हिजो बिहान करिब ४ बजे मनरासिस्वा नगरपालिका–१० मरवारी गाँउबाट भारततर्फ मोटरसाइकलमा १ लाख २ हजार ८ सय रुपैयाँ बराबरको दुई बोरा सौफी रक्सी लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । यस्तै, बिहान करिब ७ बजे मनरासिस्वा नगरपालिका १० बाट भारततर्फ अवैध रुपमा लग्दै गरेको अवस्थामा १ लाख २२ हजार रुपैयाँ बराबरको सौफी रक्सी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पुर्वराजा ज्ञानेन्द्रले दिएकाे अभिव्यक्तिकाे स्वागतमा वीरगन्जमा दिप प्रज्वलन

 Krishna Shrivastav

वीरगन्ज | नेपाल राष्ट्रवाद संघले पुर्व राजा ज्ञानेन्द्र शाहले दिएकाे पछिल्लो अभिव्यक्तिकाे स्वागतमा वीरगन्जमा दिप प्रज्वलन गरेकाे छ । पछिल्लो हप्ता नेपालगन्जमा भएकाे एक कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरुका कारण मुलुक संकटमा पुगेकाले देशलाई जाेगाउन अब नेपाली जनता सडकमा आउनुपर्ने अभिव्यक्ति दिएका थिए । पुर्व राजा ज्ञानेन्द्रकाे त्यहि अभिव्यक्तिकाे स्वागतमा नेपाल राष्ट्रवाद संघ पर्साले शुक्रबार साँझ घणटघर चाेकमा दिप प्रज्वलन गरेकाे हाे । पुर्व राजा ज्ञानेन्द्रकाे अभिव्यक्ति देश र जनताकाे हितमा रहेकाले उक्त अभिव्यक्तिकाे स्वागतमा दिप प्रज्वलन गरि दिपावली मनाइएको नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो बुद्ध जयन्ती

 Krishna Shrivastav

वीरगन्ज | वीरगञ्ज बौद्ध समितिको आयोजनामा वीरगञ्जमा २५६७ औँ बौद्ध जयन्ति मनाइएको छ ।शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज शुक्रबार भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाईएको हो । आजका दिन भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँने यो पर्व गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा मनाउने चलन रहेको छ । वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कार्यालयमै तास खेल्दै महानगरका नगर प्रहरी

 Krishna Shrivastav

काठमाडौं | काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायब निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् । तास खेलिरहेको उनीहरुको तस्वीर बुधबार दिउँसोको भएको काठमाडौं महानगरपालिका स्रोतले जनाएको छ । कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भरपेट भोजनालय पुन: जेष्ठ पहिलो साता देखि सन्चालन गर्न तैयारी

 Krishna Shrivastav

वीरगन्ज । सानो पाइला संस्था द्वारा संचालन गर्दै आएको भरपेट भोजनालय पुन जेष्ठ पहिलो साता देखि सन्चालन हुने भएको छ । सानो पाइलाका अध्यक्ष दिपक बहादुर श्रेष्ठको अध्यक्षतामा आर्थिक कारणले विगत ४ महिना देखि बन्द रहेको भरपेट भोजनालय सुरु गर्न लागेको आज पत्रकार भेटघाट गरि जानकारी गराएका छन । भोजनालय सन्चालनका लागि दीर्घकालीन उपाय खोजिमा लागिरहेको भन्दै सम्पुर्णलाई हातेमालो गर्न आग्रह गर्नु भयो । सानो पाइला द्वारा वीरगन्जको मुर्लीमा २०७८ श्रावण ३१ गते देखि मात्र ५० रुपैयामा एक छाक भरपेट खाना खुवाउने गरि भरपेट भोजनालय सन्चालनमा ल्याईएको थियो । व्यपारभन्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नक्कली नोट, स्कार्पियो सहित दुई जना मानिस पक्राउ

 Krishna Shrivastav

वीरगंज। यही बैसाख २० गते करिब ४ बजे को समयमा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलिले BR 01 PG 6577 नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई कानूनी रीतपुर्‍याई जाँच गर्दा सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू.१००० दरको नोट- ४५० थान र रु.५०० दरको नोट- ७२ थान गरी जम्मा नेपाली नक्कली नोट रु. ४,८६,०००।- (चार लाख छयासी हजार ) र सक्कली रु.१००० दरका नोट- २०० थान गरी जम्मा नेपाली नोट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यस वर्षको पहिलो चन्द्र ग्रहण आज, यसकारण छ विशेष

 Krishna Shrivastav

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकामा एकपछि अर्को बैंक डुब्दै, सबै रकम फिर्ता पाउन निक्षेपकर्ताले के गर्ने ?

 Krishna Shrivastav

अमेरिका | दुई महिनाको अवधिमा अमेरिकामा तीन बैंक टाट पल्टिएका छन् । प्रविधि उद्योगमा लगानी गर्ने सिलिकन भ्याली बैंक र सिग्नचेर बैंक टाट पल्टिएको दुई महिनामै रिपब्लिक बैंक पनि टाट पल्टिएको हो । रिपब्लिक बैंकसँग अन्य वित्तीय संस्थाको तुलनामा धनाढ्य कारोबारीनै बढी थिए । बैंकको ऋण चुक्तामा विरलै समस्या आउनेगर्थ्यो । तर बैंकको निक्षेप भने संघीय निक्षेप निगमले तोकेको सीमाभन्दा बढी थियो । निगमले २ लाख ५० हजार डलरको सीमा तोके पनि निक्षेपकर्तासँग त्यस सीमाभन्दा बढी रकम संकलन गरेको थियो । सीमाभन्दा माथिका रकम बिमीत रकम थिएनन् । बैंक टाट

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

रौतहटको माधवनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ यादव हाजिर

 Krishna Shrivastav

रौतहट | रौतहटको माधवनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ यादव हाजिर भएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत मनिष झा केहीदिन पहिले सरुवा भइ अन्यत्र गएपछि माधवनारायण नगरपालिकाको कार्यालय प्रमुखमा जिल्ला हुलाक कार्यालय गौरमा कार्यरत शाखा अधिकृत यादव हाजिर भएका छन् । नगर प्रमुख बैजनाथ प्रसाद यादव तथा उपप्रमुख निर्मला देवी रमनसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा बिहीबार यादव हाजिर भएका छन् । विगत ६ वर्षदेखि विभिन्न जिल्लामा शाखा अधिकृतको रुपमा काम गर्दै आएका देवनाथ यादव बिहीबारदेखि माधवनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । प्रशासकीय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पुनः खेलाडीलाई दुई/दुई लाख

 Krishna Shrivastav

वीरगंज | नेपाललाई एसीसी प्रिमियर कपको उपाधि जित्न महत्तवपूर्ण भूमिका निर्वाह गरेका तीन खेलाडीलाई मधेश प्रदेश सरकारले जनही दुई/दुई लाखको दरले दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश गृह घर भएका राष्ट्रिय टोलीका खेलाडीहरुलाई दुई/दुई लाखको दरले दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्रीसमेत रहेका संजय यादवले जानकारी दिए । उनका अनुसार गुल्सन झा, आरिफ शेख र आशिफ शेखलाई सो रकम दिइने निर्णय भएको छ । यसअघि गत चैत २ गते पनि सरकारले आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय प्रतियोगिता जित्दा यी तीनै खेलाडीलाई दुई÷दुई लाख दिने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खर्च तिर्न नसकेपछि तीन दिनदेखि अस्पताल मै शव

 Krishna Shrivastav

वीरगंज | औषधि र उपचार वापत लागेको सम्पूर्ण खर्च तिर्न नसकेपछि विराटनगर स्थित न्यूरो अस्पतालबाट परिवारले ३६ वर्षीय वीरेन्द्र सदाको शव ल्याउन सकेका छैनन् । सिरहाको मिर्चैया नगरपालिका–५ का सदाको उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको श्रीमती मालती देवी सदाले बताइन् । अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भइ गत चैत २७ गते सो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनको उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । तर उपचार खर्च नतिरेको भन्दै अस्पतालले सदाको शव परिवारलाई नबुझाएको श्रीमती सदाले बताइन् । मृतकका भतिजा अभिषेकले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कार्यालय सुधारका लागि कार्यदल गठन, प्रवक्तामा अर्थमन्त्री यादव

 Krishna Shrivastav

वीरगंज | मधेश प्रदेश सरकारले सरकारी कार्यालय सुधारका लागि कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् को बैठकले प्रमुख सचिव किशोर कुमार चौधरीको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेशभित्रको सरकारी कार्यालय, आयोग, निर्देशनालय, अस्पताल, विद्यालयहरुको अनुगमन गरी सरकारलाई २१ दिनभित्र प्रतिवेदन बुझाउने अर्थमन्त्री संजय यादवले जानकारी दिए । उनका अनुसार कार्यदल सदस्यहरु स्थलगत निरीक्षण गरी कर्मचारीको अवस्था र कार्यालयको कार्य प्रगति बारे रिपोर्ट बुझाउने छन् । सो रिपोर्टपछि प्रदेशमा माग भए अनुसार संघीय सरकारसँग कर्मचारी माग गर्ने सरकारको तयारी छ । ‘कार्यालयहरुको अवस्था बुझ्न यो कार्यदल गठन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेश सरकार : विकास बजेट खर्चमा पछाडि, बेरुजुमा अगाडि

 Krishna Shrivastav

वीरगंज | मधेश प्रदेश सरकारको पछ्ल्लिो पाँच वर्षको कार्य सम्पादन अवस्था दयनीय छ । गत वर्ष र त्यसपछिका वर्षहरुको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने मधेश प्रदेश सरकार विकास निर्माणको वजेट खर्ज न्यून रुपमा गरेको छ भने बेरुजुमा सातवटै प्रदेशमा पहिलो नम्बरमा रहेको देखिन्छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२ दशमलव ३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३ दशमलव ८१ प्रतिशत मात्रै रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरी माहालेखा परीक्षकको कार्यालयको ६० औं प्रतिवेदनमा बेरुजुमा पहिलो नम्बरमा मधेश प्रदेश रहेको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा ठूलो परिमाणमा नक्कली नेपाली नोट : १ हजार र ५ सय दरको नोट राम्ररी जाँच गरी लिन सुझाव

 Krishna Shrivastav

सर्लाही | नेपाली १ हजार र ५ सय दरको नक्कली नोटको धन्धा गर्ने गिरोहले मधेश प्रदेशलाई टार्गेट गरेको छ । सर्लाही, रौतहट र धनुषा जिल्लापछि पर्सा जिल्लामा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । नक्कली नेपाली नोटसहित वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना बारा जिल्लाका र १ जना सर्लाही जिल्लाका रहेका छन् । उनीहरुको साथबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी कुल ४ लाख ८६ हजार नक्कली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेश सरकार विस्तारको निर्णय आज

 Krishna Shrivastav

वीरगंज | मधेश प्रदेश सरकारको विस्तार बारे शुक्रबार निर्णय हुने भएको छ । सत्तासीन शीर्ष नेताहरुको बस्ने बैठकले सरकार विस्तार बारे निर्णय गर्ने बताइएको छ । मधेश प्रदेश सरकारबाट एमालेको वहिर्गमन भएपछि सरकारमा नेपाली कांग्रेस, नेकपा एस र लोकतान्त्रिक समाजवादी (लोसपा)को सहभागिता हुनेछ । सरकार विस्तार सम्बन्धमा सत्तासीन प्रमुख ४ दलका शीर्ष नेताहरुको बैठकले निर्णय गर्नेछन् । उच्चस्रोतका अनुसार शीर्ष नेताहरुको बैठकले मधेश सरकारमा कांग्रेस, नेकपा एस र लोसपाबीच मन्त्रालय बाँडफाँट टुंग्याउने छ । स्रोतहरुका अनुसार नेकपा एस र लोसपा पनि कांग्रेससँगै सरकारमा जाने भए कांग्रेसको भागमा ३ मन्त्रालय र

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जथाभावी फोहर फाल्ने ३८९ जनाबाट वीरगञ्ज महानगरले उठायो ९ लाख जरिवाना

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने ३८९ जना व्यक्तिलाई कारबाही गरेको छ। गत चार महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने उनीहरुलाई जरिवानासहित महानगरले कारबाही गरेको हो । कारबाही स्वरुप उनीहरुबाट हालसम्म ९ लाख ११ हजार ५०५ रुपैयाँ रकम जरिवाना तिराइएको महानगरको फोहोरमैला व्यवस्थापन शाखाले जनाएको छ । वीरगञ्जलाई सफा र स्वच्छ राख्ने अभियान अन्तर्गतले महानगरले २०७९ जेठ १७ गतेदेखि जथाभावी फोहोर फाल्ने व्यक्तिलाई जरिवाना सहित कारबाही गर्न थालेको हो ।


समाचार
News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल

News

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन