• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्पको टोकाइबाट बर्सेनि ३ हजारको मृत्यु, उपचार केन्द्र सहर केन्द्रित

  • वीरगंज संजाल
  • २३ बैशाख २०८०, शनिबार ००:२२
  • १४७३

    बारा । नेपालमा सर्पको टोकाइबाट बर्सेनि ३ हजार जनाले अकालमै ज्यान गुमाउने गरेको एक अनुसन्धानले देखाएको छ । एक सरकारी निकायले गरेको अनुसन्धानले वर्षेनी सर्पको टोकाईबाट करिव ४० हजार मानिस प्रभावित हुने र ३ हजारको मृत्यु नै हुने गरेको देखाएको छ । यो नेपाल बर्सेनि हुने कुल मृत्युको ० दशमलव ६ प्रतिशत रहेको पनि अनुसन्धानले देखाएको छ । मिथिला वाइल्डलाइफ ट्रष्टका प्रमुख देवनारायाण मण्डलले सन् २०२२ मा ३७ हजार ६ सय ६१ जना सर्पको टोकाइबाट प्रभावित भएको बताए । डिभिजन वन कार्यलय बाराले आयोजना गरेको वन तथा वन्यजन्तुको व्यवस्थापनसम्बन्धि कार्यक्रममा मण्डलले सन् २०२२ मा सर्पको टोकाइबाट २ हजार ९ सय ४९ जनाको मृत्यु भएको जानकारी पनि दिए । उनी सर्प विज्ञ हुन् ।

    नेपालमा खासगरी करेट र गोमन प्रजातिको विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी मण्डलले दिए । ‘सर्पको टोकाइबाट भएका घटनाको तथ्याङ्कक विश्लेषण गर्ने हो भने तराईका २२ र त्यससँगै जोडिएका ४ गरेर २६ वटा जिल्ला सर्पदंशबाट अति प्रभावित छन् । तर, यि जिल्लामा भएका सर्पदंश उपचार केन्द्रहरु पनि राजमार्ग र शहर केन्द्रित हुँदा समयमै उपचार नपाएर धेरैको ज्यान जाने गरेको छ,’ मण्डलले भने । मण्डलका अनुसार, सर्पले आफै मानिसलाई आक्रमण गर्दैन । उनका अनुसार, सामान्यतः सर्प मानिसको छेउछाउ भएमा सकेसम्म भाग्ने वा लुक्ने प्रयास गर्छ । पहिलो अवस्थामा मानिसलाई देखेपछि सर्प आफै भाग्छ । दोस्रो अवस्थामा मानिसलाई तर्साउने प्रयास गर्छ । अन्तिम अवस्थामा मात्रै सर्पले मानिसलाई टोक्ने गर्छ । सर्प डराएको, चोटपटक वा घाउ लागेको र मानिसको खुट्टाले कुल्चने अवस्था भएमा मात्रै मानिसलाई टोक्ने गर्छ ।

    विषालु सर्पको टोकाइबाट खासगरी बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषालगायतका जिल्लामा धेरै घटना हुने गरेको बताइएको छ । प्रायः जंगलमा घाँसदाउरा गर्न जाने क्रममा, खेतबारीमा काम गर्दा र जंगलसँग जोडिएका बस्तीहरुमा सर्पदंशका घटना बढी हुने गरेको पाइन्छ । ‘यि जिल्लाहरुमा जति पनि सर्पदंश उपचार केन्द्र छन्, ति सबै नेपाली सेनाले प्रवद्र्धन गरेका हुन् वा अन्य क्षेत्रीय अस्पताल हुन् । सबै पूर्व–पश्चिम राजमार्ग केन्द्रीत छन्, तर, सर्पदंशका घटनाहरु राजमार्गभन्दा तलका गाँउमा बढी हुन्छन्,’ उनले भने । मण्डलका अनुसार, सर्पले आफै मानिसलाई आक्रमण गर्दैन । उनका अनुसार, सामान्यतः सर्प मानिसको छेउछाउ भएमा सकेसम्म भाग्ने वा लुक्ने प्रयास गर्छ । पहिलो अवस्थामा मानिसलाई देखेपछि सर्प आफै भाग्छ । दोस्रो अवस्थामा मानिसलाई तर्साउने प्रयास गर्छ । अन्तिम अवस्थामा मात्रै सर्पले मानिसलाई टोक्ने गर्छ । सर्प डराएको, चोटपटक वा घाउ लागेको र मानिसको खुट्टाले कुल्चने अवस्था भएमा मात्रै मानिसलाई टोक्ने गर्छ ।

    ‘विषालु सर्पले टोकेपछि पहिलो घन्टा उपचारको लागि सुनौलो घन्टा मानिन्छ तर, गाउँघरमा १ घन्टाको समय अस्पताल पुर्याउनभन्दा पनि बाहिर नै खेर फाल्ने गरिएको छ, ’ उनी भन्छन्, ‘५० प्रतिशत घटनामा अहिले पनि सिधै अस्पताल पुर्याउन नसक्दा मानिसको मृत्यु हुने गरेको छ ।’ सरकारले क्षेत्रीय अस्पतालहरुमा मात्र सर्पको टोकाइको उपचारको व्यवस्था मिलाएको छ । तर, यो सेवालाई वडा तहका स्वास्थ्य संस्थासम्म पुर्याउन सके सर्पको टोकाइबाट हुने मृत्युलाई धेरै कम गर्न सकिने मण्डलको बुझाई छ । ‘सर्पले टोकेको १० देखि १५ मिनेटभित्रै अस्पताल पुर्याउने अवस्था छ भने सिधै अस्पताल लैजानु पर्छ । तर, दुरीको हिसाबले अस्पताल टाढा छ भने तत्कालै प्राथमिक उपचार गर्नुेपर्छ,’ उनी भन्छन्, ‘प्राथमिक उपचार गर्दा जुन अंगमा सर्पले टोकेको छ त्यो अंगलाई स्थिर राख्नुपर्छ । ब्लड सर्कुलेशन नै रोक्नेगरी बाध्नु खतरनाक हुन्छ ।’ सर्पको टोकाइको विषयमा समुदायस्तरमा जनचेतना फैलाउने कार्य र प्रचारप्रसार हुन नसकेको मण्डल बताउँछन् । उनले सर्पदैशको विषयलाई विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्नसके त्यसबाट सर्पको टोकाइबाट हुने जोखिम घटाउन सकिने बताए । क्रंकिटको पूर्वाधार भएका स्थानमा सर्पको संख्या र सर्पदैशका घटना कम हुने भएकाले यसको उपचार केन्द्रहरु शहर र सदरमुकामभन्दा पनि ग्रामिण भेग लक्षित हुनुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑