• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भरपेट भोजनालय पुन: जेष्ठ पहिलो साता देखि सन्चालन गर्न तैयारी

  • वीरगंज संजाल
  • २२ बैशाख २०८०, शुक्रबार २२:२४
  • १२६१

    वीरगन्ज । सानो पाइला संस्था द्वारा संचालन गर्दै आएको भरपेट भोजनालय पुन जेष्ठ पहिलो साता देखि सन्चालन हुने भएको छ । सानो पाइलाका अध्यक्ष दिपक बहादुर श्रेष्ठको अध्यक्षतामा आर्थिक कारणले विगत ४ महिना देखि बन्द रहेको भरपेट भोजनालय सुरु गर्न लागेको आज पत्रकार भेटघाट गरि जानकारी गराएका छन । भोजनालय सन्चालनका लागि दीर्घकालीन उपाय खोजिमा लागिरहेको भन्दै सम्पुर्णलाई हातेमालो गर्न आग्रह गर्नु भयो । सानो पाइला द्वारा वीरगन्जको मुर्लीमा २०७८ श्रावण ३१ गते देखि मात्र ५० रुपैयामा एक छाक भरपेट खाना खुवाउने गरि भरपेट भोजनालय सन्चालनमा ल्याईएको थियो ।
    व्यपारभन्दा पनि सेवामुखी उदेश्यले सन्चालित भोजनालय बढ्दो महङगीका कारण खर्च थेग्न नसकि घाटामा गएको उक्त भोजनालय २०७९ पुष ११ गते देखि बन्द भएको थियो । मासिक १ लाख ६२ हजार ९ सय रुपैया घाटामा जानथालेपछि गत पुष ११ गतेदेखि भोजनालय बन्द गर्नु परेको श्रेष्ठले बताए । भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैया हुदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै हुने गरेको उनले बताए ।

    सो पत्रकार भेटघाट कार्यक्रममा सानो पाइलाका संस्थापक कन्चन झा ले संस्था ले आर्थिक रुपमा कमजोर रहेका मजदुर , बिद्यार्थी ,कर्मचारी को साथै दिन दुखी असहायहरु लाई आफ्नै घरको जस्तो ताजा एवं पौष्टिक खाना उपलब्ध गराउने मानविय उद्देश्यले सुरु गरिएको भरपेट भोजनालयमा प्रती ब्यक्तिलाइ खुवाउने भरपेट खानाको लागत ८५ रुपैयाँ पर्दथ्यो जसलाइ मात्र ५० रुपैयाँमा खुवादथ्यो जस्ले ३५ रुपैयाँ घाटा खेपेर भएपनि सेवा भावले हामीले भोजनालय सन्चालन गरिहेकै थियौं , दाताहरु वा स्थानीय सरकारबाट सहयोग पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो , तर कतैबाट सहयोग नपाएपछि निरन्तर भइरहेको घाटालाइ संस्थाले थेग्न नसकेर बन्द गर्नु परेको हो । भोजनालय सन्चालनमा रहेको १७ महिनाको अवधीमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यवहोर्नु परेको र त्यो रकम संस्थाको कोषबाट पुर्ति गर्नु परेकोले बाध्यतावस भोजनालय बन्द गर्नु परेको झाले जानकारी दिए । वीरगन्ज आर्थिक नगरी मात्र नभएर दानवीर दाताहरुको शहर पनि भएकोले विशुद्ध सेवाभावले गरिब विपन्नका लागि सन्चालित भोजनालय बन्द भएको ४ महिना बितिसक्दा समेत यसको सन्चालनका लागि कसैले चासो नलिदाँ अत्यन्तै दुख समेत लागेको झाले बताए ।

    यो सन्चालन गर्दाखेरि नै हामीले यसको स्वामित्व एवं अपनत्व स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारले लिउन भन्ने हाम्रो अपेक्षा र चाहना थियो , तर अत्यन्तै दुख्द ती मध्ये कोहिले पनि अगाडि सरेर सहयोग गरेनन ,जसका कारण आर्थिक अवस्था न्यून भएका एवं दिन दुखी असहाय हरुको सेवामा लागेको भोजनालय बिगत चार महिना देखि बन्द छ यो संस्थाको लागि मात्र नभएर वीरगन्ज महानगर, मधेश प्रदेश र नेपाल सरकार कै लागि निकै दुख्दायी को साथै चिन्ताजनक हुनु पर्दथ्यो झा ले भने ।

    वीरगन्ज महानगरले आफ्नो बजेटको २५ प्रतिशत पनि खर्च गर्न नसकेको अवस्थामा एवं प्रदेश सरकार तथा संघीय सरकारले आफ्नो बजेटको ५० प्रतिशत पनि खर्च गर्न नसकेको अवस्थामा के आर्थिक अवस्था कमजोर ब्जएका मजदुर,बिद्यार्थी ,कर्मचारी लगायत गरिब जनताको सेवा सहयोग गरिरहेको यस्ता जनसामुदायिक कल्याण को कार्यलाइ सघाउन अगाडि आउनु पर्ने होइन र ? भनी प्रतिप्रश्न पनि गरेका छन ।

    स्थानीय सरकार र प्रदेश सरकारले चासो नदिएपनि गरिब, विपन्न र मजदुरको आशाको केन्द्र बनेको भोजनालय पुन सन्चालनका लागि अब संस्था आफैले दाताहरु खोजिरहेको मा केहि दाताहरु अगाडि सरिसक्नु भएको छ त्यसकारण जेठ पहिलोसाता देखि फेरि सन्चालनमा ल्याउने तयारीमा लागिसकेका छौं ।

    स्थानीय सरकारले यसको स्वामित्व लिओस् भन्ने अपेक्षा अझैैपनि रहेको बताउदै सानो पाइला स्वामित्व हस्तान्तरण गर्न तैयार रहेको बताउनु भयो त्यसको लागि हामी सबै लाई बारम्बार आग्रह गर्दै आएका छौ र आजको तपाईं पत्रकारहरु संगको भेटघाट यस्को सुरुवात हो बताउनु भयो । वीरगन्ज मुर्लीमा भरपेट भोजनालय सन्चालन हुने भवनमा आयोजित सो पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सानो पाइलाका संचार संयोजक विबेक कर्णले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑