Krishna Shrivastav
मधेशमा नक्कली नेपाली तथा भारतिय नोटको तस्करीमा वृद्धि
Krishna Shrivastav

वीरगञ्ज । मधेश प्रदेशमा विगत केहि समयदेखि प्रतिबन्धित भारतिय नोट र नक्कली नेपाली नोटको तस्करीमा व्यापक वृद्धि भएको छ । मधेशका आठवटै जिल्ला भारतिय सिमासँग जोडिएको र खुला सिमाकै कारण अवैध रुपले भारतबाट नेपालतर्फ विभिन्न सामानको तस्करी हुदैँ आएको छ । तर विगत एक महिनादेखि भने प्रदेशका जिल्लामा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतिय नोटको तस्करीमा समेत ह्वात्तै वृद्धि भएको हो । प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो एक महिनाको अवधिमा भारतबाट अवैध तरिकाले तस्करी गरी ल्याईएका नक्कली नेपाली नोट र भारतीय प्रतिबन्धित नोटको परिमाणले समेत नोटको तस्करी बढेको देखाएको छ