• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशमा नक्कली नेपाली तथा भारतिय नोटको तस्करीमा वृद्धि

  • वीरगंज संजाल
  • २७ बैशाख २०८०, बुधबार १७:२९
  • २२०१

    वीरगञ्ज । मधेश प्रदेशमा विगत केहि समयदेखि प्रतिबन्धित भारतिय नोट र नक्कली नेपाली नोटको तस्करीमा व्यापक वृद्धि भएको छ । मधेशका आठवटै जिल्ला भारतिय सिमासँग जोडिएको र खुला सिमाकै कारण अवैध रुपले भारतबाट नेपालतर्फ विभिन्न सामानको तस्करी हुदैँ आएको छ । तर विगत एक महिनादेखि भने प्रदेशका जिल्लामा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतिय नोटको तस्करीमा समेत ह्वात्तै वृद्धि भएको हो ।

    प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो एक महिनाको अवधिमा भारतबाट अवैध तरिकाले तस्करी गरी ल्याईएका नक्कली नेपाली नोट र भारतीय प्रतिबन्धित नोटको परिमाणले समेत नोटको तस्करी बढेको देखाएको छ । नेपालमा भारतीय पाँच सय र दुई हजारको नोट प्रतिबन्धित छ । तर, यसको तस्करी भने खुलेयाम भएको देखिएको छ ।पर्साको वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले गत वैशाख १९ गते प्रतिबन्धित ६ लाख रुपैयाँ बराबरको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको थियो ।

    प्रहरीले भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंहलाई नेपालमा प्रतिबन्धित पाँच सय र दुई हजारको भारतीय नोटसहित पक्राउ गरेको थियो । वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा सिंह र गुप्तालाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको हो ।

    भारतबाट वीरगञ्जतर्फ आइरहेको गुप्ताको साथबाट दुई लाख बरामद गरिएको र सिंहको साथबाट भारतीय प्रतिबन्धित नोट तीन लाख ७५ हजार भारु बरामद गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै गत बैशाख २० गते नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका–१६ बाट सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३४ वर्षीय आनन्द बर्दन सिहं र बारा परवानीपुर गाउँपालिका–३ बस्ने ३६ वर्षीय ओमप्रकाश साह पक्राउ परेका थिए । उनीहरुको साथबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

    त्यस्तै, वैशाख ४ गते महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित दसगजा नजिकै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको धनुषा मुखियापट्टी मुसर्निया गाउँपालिका–१ बस्ने कृष्णकुमार यादवको साथबाट नेपाली १ हजारको नक्कली नोट थान १ एक फेला परेको थियो । यस्तै, वैशाख १२ गते धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट प्रहरीले धनुषा विदेह नगरपालिका–६ बस्ने २५ वर्षीय अनुकुमारी साहले बोकेको कालो ब्यागबाट सात लाख ७१ हजार पाँच सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको थियो ।

    पर्सामा नक्कली नोट र प्रतिबन्धित भारुको तस्करी रोक्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको डिएसपी बुढाथोकीले बताउनुभएको छ । उहाँका अनुसार यो फोटोकपी हो । यसमा सलंग्न भएकाहरु आफैँ बजारमा नगई अरुलाई नोट दिएर साट्ने गर्दछन् । यता मधेश प्रदेशका प्रहरी प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठले मधेशका विभिन्न जिल्लाहरुमा प्रहरी तैनाथ राखिएको र नाकामा विशेष सुरक्षा सर्तकता अपनाईएको जानकारी दिनुभयो । उहाँले हाल ईन्फरमेसन कलेक्ट गरिरहेको र पक्राउ परेकाहरुसँग नै सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँका अनुसार प्रहरी यस विषयमा अहिले गम्भिर छ र यस विरुद्धमा काम गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑