• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा नयाँ शैक्षिक सत्रमा ८४ हजार ५ सय १२ विद्यार्थी भर्ना

  • वीरगंज संजाल
  • २५ बैशाख २०८०, सोमबार १७:१८
  • २२१३

    वीरगंज । नयाँ शैक्षिक सत्रमा वीरगंजका निजी तथा आवासीय र सामुदायिक विद्यालयहरूमा नर्सरी देखि १० कक्षा सम्म ८४ हजार ५ सय १२ विद्यार्थी भर्ना भएका छन् । वीरगंज महानगरपालिकाको ३२ वडामा रहेका ९० सामुदायिक विद्यालय तथा १ सय २५ निजी विद्यालयमा गरि ८४ हजार ५ सय १२ विद्यार्थी भर्ना भएको वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो । वीरगंजमा सामुदायिक विद्यालय तर्फ २१ वडा माध्यमिक विद्यालय, १५ वटा निम्न माध्यमिक र ५४ वटा प्राथमिक विद्यालयहरू रहेका छन् । ती विद्यालयमा ७ सय ७८ जना शिक्षक, शिक्षिका र बालविकासका १ सय ६८ जना शिक्षिकाहरूले पठन पाठन गराउँदै आएका छन् । महानगरको मात्रै झण्डै वार्षिक रुपमा १ अर्ब रुपैयाँ शिक्षकको तलब, भत्ता र विद्यालयको सुधार कार्यक्रममा खर्च हुने गरेको छ ।

    महानगरपालिकाले वार्षिक रुपमा सङ्घीय सरकारबाट प्राप्त ९६ करोड र निजी श्रोतबाट ४ करोड गरी १ अर्ब रुपैयाँ महानगरको शैक्षिक क्षेत्रको विकासका लागि खर्च गर्दै आएको कर्णले बताउनुभयो । हाल वीरगंजका सामुदायिक विद्यालयहरूमा ४५ हजार ६ सय ९० जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यसैगरी महानगरपालिकामा आबद्ध १ सय २५ वटा निजी विद्यालयहरूले ४० हजार विद्यार्थीलाई पठन पाठन गराउँदै आएको कर्णले जानकारी दिनुभयो ।
    स्थानीय तहको नियन्त्रणमा आएपछि नगर क्षेत्रका सामुदायिक विद्यालयहरू विगतमा भन्दा सुधार हुँदै गएको र अहिले अधिकांश विद्यालयमा विद्यार्थीलाई राख्ने ठाउँ नभएको, भौतिक पूर्वाधारको कमी, विषयगत शिक्षकको कमी, विद्यार्थीलाई पोशाकको समस्या, विद्यार्थी सङ्ख्या बढेपनि बजेट नबढ्दा समस्या बढ्दै गएको, कर्णले गुनासो गर्नु भयो । त्यसैगरी निजी विद्यालय तर्फ अनुमति नलिई सञ्चालन गर्ने महानगरपालिकामा विद्यालय दर्ता गर्न नआउने, शुल्कको वर्गीकरण र ग्रेडिङमा नआउने, शिक्षकहरूको तलब, भत्ता, सुविधा नदिने लगायतका समस्या देखिएको छ ।

    वीरगंज महानगरपालिकाले शैक्षिक सुधारका लागि देशमै पहिलो पटक निजी विद्यालयहरूको अनुगमन पछि वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । यसले निजी विद्यालयलाई गुणस्तरीय शिक्षा र समयसापेक्ष शुल्क लिन बाध्य बनाएको छ । त्यसैगरी महानगरपालिकाले अग्रेजी माध्यमबाट ४ वटा माध्यमिक विद्यालयमा निःशुल्क पठन पाठन शुरु गरेपछि अहिले ती विद्यालयमा विद्यार्थी भर्नाको चाप थेगिनसक्नु भएको छ । वीरगंज महानगरपालिकाले निःशुल्क रुपमा गुणस्तरीय शिक्षा विपन्न वर्गको पहुँचमा पुर्‍याउन अंग्रेजी माध्यमबाट निःशुल्क पठन पाठन शुरु गरेको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑