• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा नयाँ शैक्षिक सत्रमा ८४ हजार ५ सय १२ विद्यार्थी भर्ना

  • वीरगंज संजाल
  • May 8, 2023, 5:18 pm
  • १०२५

    वीरगंज । नयाँ शैक्षिक सत्रमा वीरगंजका निजी तथा आवासीय र सामुदायिक विद्यालयहरूमा नर्सरी देखि १० कक्षा सम्म ८४ हजार ५ सय १२ विद्यार्थी भर्ना भएका छन् । वीरगंज महानगरपालिकाको ३२ वडामा रहेका ९० सामुदायिक विद्यालय तथा १ सय २५ निजी विद्यालयमा गरि ८४ हजार ५ सय १२ विद्यार्थी भर्ना भएको वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो । वीरगंजमा सामुदायिक विद्यालय तर्फ २१ वडा माध्यमिक विद्यालय, १५ वटा निम्न माध्यमिक र ५४ वटा प्राथमिक विद्यालयहरू रहेका छन् । ती विद्यालयमा ७ सय ७८ जना शिक्षक, शिक्षिका र बालविकासका १ सय ६८ जना शिक्षिकाहरूले पठन पाठन गराउँदै आएका छन् । महानगरको मात्रै झण्डै वार्षिक रुपमा १ अर्ब रुपैयाँ शिक्षकको तलब, भत्ता र विद्यालयको सुधार कार्यक्रममा खर्च हुने गरेको छ ।

    महानगरपालिकाले वार्षिक रुपमा सङ्घीय सरकारबाट प्राप्त ९६ करोड र निजी श्रोतबाट ४ करोड गरी १ अर्ब रुपैयाँ महानगरको शैक्षिक क्षेत्रको विकासका लागि खर्च गर्दै आएको कर्णले बताउनुभयो । हाल वीरगंजका सामुदायिक विद्यालयहरूमा ४५ हजार ६ सय ९० जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यसैगरी महानगरपालिकामा आबद्ध १ सय २५ वटा निजी विद्यालयहरूले ४० हजार विद्यार्थीलाई पठन पाठन गराउँदै आएको कर्णले जानकारी दिनुभयो ।
    स्थानीय तहको नियन्त्रणमा आएपछि नगर क्षेत्रका सामुदायिक विद्यालयहरू विगतमा भन्दा सुधार हुँदै गएको र अहिले अधिकांश विद्यालयमा विद्यार्थीलाई राख्ने ठाउँ नभएको, भौतिक पूर्वाधारको कमी, विषयगत शिक्षकको कमी, विद्यार्थीलाई पोशाकको समस्या, विद्यार्थी सङ्ख्या बढेपनि बजेट नबढ्दा समस्या बढ्दै गएको, कर्णले गुनासो गर्नु भयो । त्यसैगरी निजी विद्यालय तर्फ अनुमति नलिई सञ्चालन गर्ने महानगरपालिकामा विद्यालय दर्ता गर्न नआउने, शुल्कको वर्गीकरण र ग्रेडिङमा नआउने, शिक्षकहरूको तलब, भत्ता, सुविधा नदिने लगायतका समस्या देखिएको छ ।

    वीरगंज महानगरपालिकाले शैक्षिक सुधारका लागि देशमै पहिलो पटक निजी विद्यालयहरूको अनुगमन पछि वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । यसले निजी विद्यालयलाई गुणस्तरीय शिक्षा र समयसापेक्ष शुल्क लिन बाध्य बनाएको छ । त्यसैगरी महानगरपालिकाले अग्रेजी माध्यमबाट ४ वटा माध्यमिक विद्यालयमा निःशुल्क पठन पाठन शुरु गरेपछि अहिले ती विद्यालयमा विद्यार्थी भर्नाको चाप थेगिनसक्नु भएको छ । वीरगंज महानगरपालिकाले निःशुल्क रुपमा गुणस्तरीय शिक्षा विपन्न वर्गको पहुँचमा पुर्‍याउन अंग्रेजी माध्यमबाट निःशुल्क पठन पाठन शुरु गरेको बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑