जुलाईमा सार्वजनिक हुँदै नथिङ फोन टु

 Krishna Shrivastav

काठमाडौं । नथिङ फोनको दोस्रो संस्करणको स्मार्टफोन यही जुलाईमा सार्वजनिक हुने भएको छ । फोर्ब्ससँगको एक अन्तर्वार्तामा बोल्दै कम्पनीका संस्थापक कार्ल पेइले ‘नथिङ फोन टु’ को विषयमा दुई नयाँ कुरा सार्वजनिक गरेका हुन् । पहिलो, यो फोन जुलाईमा सार्वजनिक हुनेछ भने यो फोन अमेरिकासँगै अन्य देशमा पनि एकैपटक सार्वजनिक हुनेछ । यसका साथै उनले फोनको ब्याट्रीको विषयमा पनि केही जानकारी दिएका छन् । उनका अनुसार यो फोनमा ४,७०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । जबकी नथिङको पहिलो स्मार्टफोनमा ४,५०० एमएएचको ब्याट्री उपलब्ध थियो । फोनमा स्न्यापड्रागन एट प्लस जेन १

Mobile Phones, Tech News, समाचार  संग सबंधीत छ |

विद्युतीय सवारी उत्पादन गर्न आवश्यक कच्चापदार्थ आयात गर्दा ७५ प्रतिशत भन्सार छुट

 Krishna Shrivastav

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गर्न आवश्यक कच्चापदार्थ आयातमा ७५ प्रतिशत छुट घाेषणा भएको छ । आर्थिक विधेयक २०८० ले विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पार्टपुर्जा तथा सहायक सामग्री आयात गर्दा लाग्ने भन्सार महसुलमा ७५ प्रतिशत छुटकाे व्यवस्था गरेकाे हाे । त्यसैगरी विद्युतीय रिक्सा उत्पादन गर्ने उद्योगले पनि आफ्नो उत्पादन प्रयोजनका लागि आयात गर्ने पार्टपुर्जा तथा सहायक सामग्री आयात गर्दा ७५ प्रतिशत छुट पाउनेछन् । विधेयकअनुसार एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल्ड सवारी साधनका सामग्री आयात गर्दा २५ प्रतिशत छुट

Mobile Phones, समाचार  संग सबंधीत छ |

मे महिनामै चीनमा उखरमाउलो गर्मी, सांघाई सय वर्षयताकै तातो

 Krishna Shrivastav

वीरगंज | चीनको सांघाईमा मे महिनामा अहिलेसम्मकै उग्र तापमान रेकर्ड भएको छ । सहरको हिजोको तापक्रम सय वर्षयताकै उच्च रहेको बताइएको छ । सांघाइको मौसम विज्ञान ब्यूरोका अनुसार हिजो हालसम्मकै सबैभन्दा बढी गर्मी महशुस गरिएको हो । ग्लोबल वार्मिङका कारण उक्त अवस्था देखिएको ब्युरोको भनाइ छ । सांघाईको हिजोको तापक्रम ३६.७ डिग्री सेल्सियस थियो । चीनका विभिन्न भूभागमा झैँ दक्षिणपूर्वी र दक्षिण एसियाका धेरैजसो मुलुकमा पनि मे महिनामै उच्च तापक्रम रेकर्ड भएको छ । ब्यूरोले आगामी जुन, जुलाई र अगष्टमा खप्नै नसक्ने गर्मी हुने अनुमान गरेको छ । सांघाईमा हालसम्मकै

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

अब युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि २ प्रतिशत कर तिर्नुपर्ने

 Krishna Shrivastav

काठमाडौं । अब गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक विधेयक २०८० का अनुसार विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्नेछ । यो कर वार्षिक २० लाख रुपैयाँभन्दा माथि कारोबार गर्ने कम्पनीलाई मात्र लागू हुनेछ । विद्युतीय सेवाको वार्षिक २० लाख रुपैयाँसम्मको कारोबारमा भने कर नलाग्ने विधेयकमा उल्लेख छ । यो नीति लागू गर्नको लागि सरकारले विद्युतीय सेवा कर (डिजिटल

Breaking News, Mobile Phones, Tech News, समाचार  संग सबंधीत छ |

‘कर्मचारीलाई भत्ता नदिने, प्रधानमन्त्री, मन्त्री र सांसदले मात्र लिने ?’

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी गरेका छन् । ‘यसपालिको बजेटमा पनि दीप स्थाने दीपम् पिण्ड स्थाने पिण्डम् भन्याजस्तो परम्परालाई निरन्तरता दिइएको छ । अर्थतन्त्रमा अलिकति संकट आएको भन्ने अनुभूति दिन साधारण खर्च घटाउने प्रयास गरेको छ । तर यसो गर्दा साधारण खर्चमा कति असर गर्छ भन्ने आएको छैन । प्रधानमन्त्री, मन्त्री र सांसदले १० प्रतिशत तलब कम लिन्छु भनेको भए सिम्बोलिक म्यासेज जान्थ्यो । त्यस्तो केही पनि छैन । कर्मचारीलाई भत्ता नदिने, आफू मात्र लिने ?’

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जिमेलमा गोप्य इमेल कसरी पठाउने ? कसरी खोल्ने ?

 Krishna Shrivastav

काठमाडौं । संवेदनशील जानकारी तथा गोप्य कुराहरुलाई कुनै अनधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्नका लागि जिमेलमा गोप्य मोडमा मेसेज तथा अट्याचमेन्टहरु पठाउने सुविधा उपलब्ध छ । यसका लागि जिमेलमा confidential mode रहेको छ । यसमा जिमेलमार्फत् कुनै इमेल पठाउँदा त्यसको सो मेसेज एक्सपायर हुने मिति समेत तोक्न सकिन्छ । जसका कारण उक्त मितिपछि उल्लेखित मेसेज आफैं डिलिट हुन्छ । साथै पठाइएको मेसेज प्रापकले हेर्न नसक्ने गरेर जुनसुकै बेला सेटिंग्स परिवर्तन गर्न सकिन्छ । गोप्य मेसेज प्राप्त गर्नेले उक्त मेसेज फरवार्ड गर्ने, कपी गर्ने, प्रिन्ट गर्ने तथा डाउनलोड गर्ने विकल्प प्राप्त गर्दछन्

Breaking News, Mobile Phones, समाचार  संग सबंधीत छ |

बजेट ‘हाइलाइट्स’ : अतिरिक्त भत्ता खारेजी, गाँजा खेतीको अध्ययनदेखि १०० रुपैयाँमा कम्पनीसम्म

 Krishna Shrivastav

वीरगंज | सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आवभन्दा ४२ अर्ब रुपैयाँ घटाएर नयाँ बजेट सार्वजनिक गरेका हुन् । चालू आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट आएको थियो । अर्थमन्त्री महतले नै चालू आवको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ कायम गरेका थिए । कुल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रेशमको सक्रिय राजनीति र मिसन प्रधानमन्त्री कति सहज ?

 Krishna Shrivastav

काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको बिषय चौतर्फि चासोको बिषय बनिरहेको छ । करिब ५ बर्ष ३ महिना जेल जीवन बिताएका चौधरी रिहाइ भएपछि उनको आगामी राजनीतिक यात्रालाई लिएर विभिन्न चासोहरु पनि व्यक्त भइरहेका छन् । यस्तोमा चौधरी सक्रिय राजनीतिमा फर्किने सम्भावना कति छ त ? तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरी सोमबार जेलमुक्त भएका छन् । हत्या जस्तो गम्भिर अपराधमा सजाय भुक्तान गरिरहेका चौधरीको रिहाइले राजनीतिक बृतमा भने विभिन्न प्रश्नहरु उब्जाएको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सांसदको १० प्रतिशत तलब घटाउन तयार छु : उदयशमशेर

 Krishna Shrivastav

वीरगंज। नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सांसद विकास कोषमा छुट्याइएको पाँच करोड पूर्वाधार केन्द्रित भएको दाबी गरेका छन् । ‘पहिले सांसद विकास कोष कन्ट्रोभर्सियल भएको म मान्छु । तर अहिले त्यसको मोडालिटी परिवर्तन भएको छ । कोषमा पाँच करोड छुट्याइएको छ । त्यसमध्ये हामीले बढीमा पाँचवटा योजनामा खर्च गर्न सक्छौं । पहिले कोष वितरणमुखी भयो भनेर विरोध आएको थियो । यसपटक सरकारले पूर्वाधार केन्द्रित गर्न खोजेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । कर्मचारीको भत्ता घटाउने भनेपछि

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज मंगलवार १६ जेठ २०८० को राशिफल

 Krishna Shrivastav

आज – १६ जेठ २०८० मंगलवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यस्तो छ सरकारको बजेट (पूर्णपाठ)

 Krishna Shrivastav

वीरगंज | सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन्। उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २ प्रतिशत छुट्टयाइएको छ । पूजिँगत तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ। वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत बजेट छुट्ट्याइएको छ। यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयकभन्दा २

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा गएकालाई सबै आकारको टिभीमा भन्सार छुट

 Krishna Shrivastav

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जुनसुकै आकारको एक थान टेलिभिजनमा भन्सार छुट दिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकका लागि यस्तो सुविधा घोषणा भएको हो । तर, यस्तो सुविधा पाउन कम्तिमा एक वर्ष वैदेशिक रोजगारी गरेर फर्किएको हुनुपर्ने छ । अहिलेसम्म वैदेशिक रोजगारीमा गएर फर्किनेहरूले ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सारमा छुट पाउँदै आएका छन् ।


सुर्ती, गुट्खा प्लाष्टिकमा प्याकिङ गर्न नपाइने

 Krishna Shrivastav

काठमाडौं। सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाउने भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन्।


कम्पनी खोल्दै हुनुहुन्छ ? : यस्तो छ दर्ता प्रक्रिया

 Krishna Shrivastav

वीरगंज | नेपालमा मात्र होइन, विश्वका सबैजसो मुलुकमा कुनै पनि उद्यम गर्न कम्पनी दर्ता गर्नुपर्छ । तर नेपालमा धेरैजसोले कम्पनी दर्ता नगरी यत्तिकै चलाइरहेको पाइन्छ । कम्पनी दर्ता गरेर सञ्चालन गरेमा राज्य दिने सुविधा र बंैक तथा वित्तीय संस्थाबाट कर्जा पाउन सकिन्छ । कुनै पनि नेपाली नागरिकले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन् । कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरेर तीन किसिमका हुन्छन् । यीमध्ये कुनै पनि कम्पनी खोल्न अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ । कम्पनीको किसिमअनुसार दर्ता गर्ने प्रक्रिया फरक हुन्छन् । शेयरधनीको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ऊर्जामा २१ अर्ब कम बजेट, किन घट्यो ?

 Krishna Shrivastav

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो । अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै जलस्रोत तथा सिचाइ तर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएको थियो।


सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

 Krishna Shrivastav

काठमाडौं । सरकारले सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ । बुधबार संसदमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म स्टुडियो निर्माण गर्ने उनले बताए । साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ ।


दोलखा र बनेपामा फिल्म सिटी

 Krishna Shrivastav

काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने बताए ।


सञ्चार प्रविधितर्फ कस्तो आयो बजेट ?

 Krishna Shrivastav

काठमाडौं। आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने सरकारले जनाएको छ। आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताएका छन्। उच्च क्षमताको अप्टिकल फाइबर मार्फत ईन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्यानइने जनाएको छ। मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच पुर्यााउन फोरजी सेवा विस्तार गरिने सरकरले जनाएको छ । डिजिटल नेपाल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता