• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जिमेलमा गोप्य इमेल कसरी पठाउने ? कसरी खोल्ने ?

  • वीरगंज संजाल
  • May 30, 2023, 9:06 am
  • १०४९

    काठमाडौं । संवेदनशील जानकारी तथा गोप्य कुराहरुलाई कुनै अनधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्नका लागि जिमेलमा गोप्य मोडमा मेसेज तथा अट्याचमेन्टहरु पठाउने सुविधा उपलब्ध छ ।

    यसका लागि जिमेलमा confidential mode रहेको छ । यसमा जिमेलमार्फत् कुनै इमेल पठाउँदा त्यसको सो मेसेज एक्सपायर हुने मिति समेत तोक्न सकिन्छ । जसका कारण उक्त मितिपछि उल्लेखित मेसेज आफैं डिलिट हुन्छ । साथै पठाइएको मेसेज प्रापकले हेर्न नसक्ने गरेर जुनसुकै बेला सेटिंग्स परिवर्तन गर्न सकिन्छ ।

    गोप्य मेसेज प्राप्त गर्नेले उक्त मेसेज फरवार्ड गर्ने, कपी गर्ने, प्रिन्ट गर्ने तथा डाउनलोड गर्ने विकल्प प्राप्त गर्दछन् ।

    यद्यपि यो फिचरले इमेल प्रापकलाई भुलबस कुनैपनि इमेल कसैलाई शेयर गर्नबाट रोक्दछ, तथापि यसले प्रापकलाई उल्लेखित इमेलको स्क्रिनशट वा फोटो लिनबाट भने रोक्न सक्दैन ।

    जिमेलमा गोप्य इमेल पठाउनका लागि यसो गर्नुहोस्–

    डेस्कटप वा पर्सनल कम्प्युटरमा जिमेल खोलेर आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
    त्यसपछि Compose मा क्लिक गर्नुहोस्
    पेजको पिँधमा दायाँपट्टि रहेको Turn on confidential mode मा क्लिक गर्नुहोस्
    यदि तपाईंको जिमेलमा कुनै इमेलका लागि confidential mode पहिले नै सक्रिय बनाउनुभएको छ भने सो इमेलको सबैभन्दा तल जानुहोस् र edit मा क्लिक गर्नुहोस्
    त्यसपछि expiration मिति तथा पासकोड राख्नुहोस् । यो टेक्स्ट मेसेज र अट्याचमेन्ट दुवैमा लागू हुन्छ ।
    त्यसपछि save मा क्लिक गर्नुहोस् ।
    तपाईंले आफूले इमेल पठाएको व्यक्तिले सो इमेलको Expiration date अगाडि नै सो इमेल पढ्न नसक्ने गरेर समेत सेटिंग्स परिवर्तन गर्न सक्नुहुन्छ ।
    यदि तपाईंले No SMS passcode को विकल्प छान्नुभयो भने जिमेल एप प्रयोगकर्ताले तपाईंको सो इमेल सिधै खोल्न सक्नेछन् । जिमेल एप प्रयोग नगर्नेका लागि भने इमेलमा पासकोड प्राप्त हुनेछ ।

    यदि SMS passcode को विकल्प छानेमा चाहिँ प्रापकले टेक्स्ट मेसेजको रुपमा पासकोड प्राप्त गर्नेछ । यसका लागि तपाईंले प्रापकको फोन नम्बर हाल्नुपर्नेछ ।

    जिमेलमा गोप्य इमेल कसरी खोल्ने ?

    आफ्नो डेस्कटप तथा पर्सनल कम्प्युटरमा जिमेल खोलेर आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
    बायाँ भागमा रहेको sent ट्याबमा जानुहोस्
    त्यसपछि गोप्य इमेल खोल्नुहोस्
    त्यसपछि Remove access मा क्लिक गर्नुहोस्
    त्यसपछि confidential mode सहित पठाइएको इमेल खोल्नुहोस्
    प्रेषकले तय गरेको expiration date सम्म वा प्रेषकले इमेलमाथिको पहुँच कायम राख्दासम्म तपाईंले जिमेलमा आफूलाई प्राप्त भएको इमेल खोलेर पढ्न सक्नुहुन्छ । त्यसपछि भने उक्त टेक्स्ट मेसेज वा अट्याचमेन्ट आफै निस्क्रिय हुन्छ ।

    Copy, paste, download, print तथा forward जस्ता अप्सनहरु आफैं निस्क्रिय हुन्छन् भने इमेल खोल्नका लागि पासकोड हाल्नुपर्ने हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑