काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्ने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी
साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने बताए ।