Krishna Shrivastav
सांसद यादव र मेयर सिंहको पहल : नेपाली गाडीलाई रक्सौल जान लिनु पर्दैन पास
Krishna Shrivastav

वीरगंज । वीरगन्जबाट सीमावर्ती भारतीय शहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई भारतीय महावाणिज्य दूतावासबाट अब विशेष पास नलिनुपर्ने भएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधबार भारत सरकारको निकायसंग पहल गरे पश्चात रक्सौल बजारमा नेपाली सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको हो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले बुधबार सीमावर्र्ती भारतीय शहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूलाई भेटेर पास लिने नियम