Krishna Shrivastav
मुलुकभर ९२ प्रतिशत धान रोपाइँ
Krishna Shrivastav

वीरगंज । यस वर्ष भदौ लाग्दासम्म धान रोपाइँ लगभग अन्तिम चरणमा पुग्न लागेको छ। भदौको सुरुवातमा देशभर ९२ प्रतिशत धान रोपाइँ भएको छ। मुलुकभर धान रोपाइँ पूरा नभइसके पनि स्थिति उत्साहजनक देखिन्छ। गत वर्षको सोही अवधि ९५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। यसपटक मनसुन ढिलाइ हुँदा पनि धान रोपाइँ केही कम हुन गएको हो। अधिकांश जिल्लामा गोरुमा लम्पी स्किन रोगका कारण जोत्न समस्या भएकाले पनि रोपाइँ प्रभावित बनेको देखिन्छ। मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी अर्थात् अन्तिम चरणमा कर्णाली र सुदूरपश्चिममा रोपाइँ भएको छ। यी दुवै प्रदेशमा करिब ९९-९९ प्रतिशत