• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पहिलो वर्षमै वीरगंजका मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

  • वीरगंज संजाल
  • Aug 22, 2023, 2:26 pm
  • ४८५

    वीरगंज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ । पहिलो वर्षमै पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयमा कानुन सङ्कायतर्फ वीए एलएलबी र जनप्रशासन सङ्कायमा यही भदौ १ देखि १५ गतेसम्मका लागि भर्ना आवेदन खुला गरेको हो । आवेदन खुला भएको तीन दिनमै तीन सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन् । खासगरी वीए एलएलबी तर्फ विद्यार्थीको आकर्षण बढी छ । “दैनिक आवेदनका लागि आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ”, विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले भने, “हामीले भर्ना आवेदन खुला गरेको तीन दिनकै अवधिमा कानुन सङ्कायतर्फ तीन सय र जनप्रशासन सङ्कायतर्फ २७ विद्यार्थीले आवेदन दिइसकेका छन् ।” अझै दैनिक विद्यार्थीको चाप बढ्दै गएको उनको भनाइ छ । विश्वविद्यालयले कानुन सङ्कायतर्फ एक सय १० र जनप्रशासनतर्फ ५५ विद्यार्थीका लागि कोटा निर्धारण गरेको छ । यसरी हेर्दा निर्धारित कोटाभन्दा बढी आवेदन हुने भएकाले भदौ २३ गते प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गरिने रजिष्ट्रार यादवले बताए ।

    विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङ्कको अन्तरवार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ । उनका अनुसार विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा ‘सी प्लस’ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ । विद्यार्थी छनोटसँगै असोजको पहिलो साताबाट दुबै सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ । पठनपाठनका लागि विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौंँ विश्वविद्यालयको समन्वयमा यी दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरिएको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ । विसं २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ ।

    विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आईटि, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जीनीयरिङ लगायतका प्राविधिक शिक्षाका माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवका रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको उक्त विश्वविद्यालय जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए । विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको छ । यस्तै विश्वविद्यालयले पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठा (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पाएको छ । बहुदरमाईमा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी खम्बा जडान गरिएको छ भने पोखरीयाको १६ बिघा जग्गाको स्वामित्व विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ । मधेस विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय संगठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षक, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाइ पारित गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑