• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेसका जिल्लामा धेरैलाई मोतियाबिन्दु, तर सहज छ उपचार

  • वीरगंज संजाल
  • Aug 22, 2023, 3:05 pm
  • ४३३

    वीरगंज । काठमाडौंको टोखा पुर्ख्यौली घर भएका ८१ वर्षीय केदारनाथ चौलागाई ७ वर्षयता पर्सागढी नगरपालिका–१ मा डेरा गरी बस्दै आएका छन् । जीविका चलाउन अर्काको जग्गा कमाइरहेका उनका दुवै आँखाको ज्योति केही वर्षयता कम हुँदै आएको थियो । ठोरीस्थित भरतपुर आँखा अस्पतालमा एक वृद्धाको आँखा परीक्षण गरिदै । पर्सागढी नगरपालिकाको सहयोगमा वीरगञ्ज सामुदायिक आँखा केन्द्रले साताव्यापी शिविर आयोजना गर्‍यो। परीक्षण गराउँदा उनको दुवै आँखामा मोतियाबिन्दुको जालोले छोपेको पाइयो । वीरगञ्जस्थित केन्द्रको अस्पतालमा शल्यक्रिया भएपछि उनले पुनः प्रष्ट देख्न थाले । साउन २१ देखि भदौ ३ सम्म पर्सागढी नगरका ९ वटै वडामा आँखा जाँच शिविर भयो । सबै वडामा गरी ९ सय ५ जनाको आँखाको जाँच गरिएकोमा २ सय ६४ जना अर्थात करिब ३५ प्रतिशतमा मोतियाबिन्दुको समस्या पाइएको छ । मेडिकल संयोजक महेश सिंह धामी बढ्दो उमेरसँगै आँखा जाँच जरुरी रहेको बताउँछन् । गत आर्थिक वर्ष केन्द्रमा ३ हजार बिरामीको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनले बताए । तराईका बासिन्दामा बर्सेनि मोतिबिन्दुको समस्या बढ्दो देखिएको उनको अनुभव छ । ‘चर्को घाम र खानपानको पनि यसमा बढी भूमिका छ,’ उनले भने, ‘केही खास औषधि सेवनले पनि आँखामा मोतियाबिन्दुको सम्भावना बढाउँछन् ।’उनका अनुसार चर्को घाममा हुने अल्ट्रा भ्वाइलेट किरणले आँखामा प्रत्यक्ष असर गर्छ ।

    साथमा मसालादार खाना खाएर पेट खराब हुँदा जथाभावि औषधि सेवन गर्ने चलनले पनि आँखामा असर पर्ने उनी बताउँछन् ।प्रायः ५० वर्ष उमेर समूहभन्दा माथिका महिला–पुरुषमा मोतियाबिन्दुको समस्या बढी देखिने गरेको छ । वीरगञ्ज स्थित नारायणी आँखा अस्पतालका वरिष्ठ नेत्र चिकित्सक पदमराज विष्टले पहाड र हिमालका तुलनामा तराईमा मोतिबिन्दुको समस्या दोब्बर रहेको बताए । ‘पहाड र हिमालमा १ सय जनाको आँखाको परीक्षण गर्दा मुस्किलले ८/१० जनाको आँखामा मोतियाबिन्दु फेला पर्छ,’ उनले भने, ‘तराईमा एक सय जनाको परीक्षण गर्दा २० जनाभन्दा बढीको आँखामा यो समस्या देखिन्छ । ’ मधुमेहका बिरामीलाई मोतियाबिन्दुको समस्या बढी देखिने गरेको उनले बताए । प्रायः ५० माथि ८० वर्षसम्म उमेर पुगेकालाई मोतियाबिन्दुको समस्या बढी देखिने गरेको छ ।तराईकै जेठो आँखा अस्पतालको रुपमा ४८ वर्षदेखि सञ्चालनमा रहेको वीरगन्जस्थित केडिया आँखा अस्पतालका चिकित्सक पनि तराईका बासिन्दामा मोतियाबिन्दुको समस्या बढी पाइएको बताउँछन् । आव २०७५/७६ देखि आव २०७९/८० को ५ वर्षको अवधिमा उक्त अस्पतालमा ५९ हजार ४ सय ४० जना बिरामीको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तथ्यांक छ । अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्मा सबैभन्दा बढी मोतियाबिन्दुकै समस्या लिएर आउनेहरु हुने गरेको बताउँछन् । मोतियाबिन्दुको समस्या घट्नुको साटो वर्सेनि बढ्दो क्रममा रहेको उनको अनुभव छ । ‘हाम्रो तराई मात्र नभइ भारतको बिहार र उत्तर प्रदेशसम्मका बिरामी हामीकहाँ आँखाको उपचार गराउन आउँछन्,’ उनले भने, ‘बिरामीमध्ये झण्डै आधामा मोतियाबिन्दुको समस्या हुन्छ ।’दृष्टि आँखा अस्पतालवीरगञ्जका नेत्र चिकित्सक डा हरि शर्मा प्रायः उमेर बढ्दै गएपछि मानिसको आँखाको लेन्समा दाग बढ्दै गएर मोतियाबिन्दुको जालोले छोप्दै जाने समस्या देखिने गरेको बताउँछन् ।

    ‘कतिपय अवस्थामा मानिसमा जन्मजात पनि यो समस्या देखिने गर्छ, कतिपयलाई आँखामा चोटपटक लाग्दा पनि मोतियाबिन्दु हुन सक्छ,’ उनले भने, ‘समस्या देखिएको सुरुवातमै चस्मा लगाउँदा मोतियाबिन्दुको असर कम देखिए पनि पछि शल्यक्रिया बाहेक यसको कुनै उपचार विकल्प छैन । ’मोतियाबिन्दुको शल्यक्रियाका केसमा ९९ प्रतिशतसम्म सफलता मिल्ने गरेको उनको अनुभव छ । उनले भने ‘ठ्याम्मै नदेख्ने भइसकेकाले पनि अपरेसनपछि युवा जस्तो छ्याङ्ङ देख्न सक्छन् ।’ अस्पतालमा आँखाको उपचार गराउन आउने कुल बिरामीमध्ये २० देखि ३० प्रतिशतमा मोतियाबिन्दुको समस्या पाइने गरेको उनले बताए । विश्वव्यापी रुपमा मोतियाबिन्दुको समस्या मानिसमा देखिने गरेपनि दक्षिण एसिया तथा विकासशील मुलुकहरुमा भने झनै बढी देखिने गरेको उनले बताए । ‘हाम्रा पहाडी जिल्लाका बासिन्दामा पनि मोतियाबिन्दु पाइने भए पनि दक्षिणका जिल्ला र भारतमा भने यो ठूलो समस्याको रुपमा छ,’ उनले भने, ‘भारतको बिहार, उत्तरप्रदेश, असम, पश्चिम बंगाल र दक्षिण भारतीय राज्यहरुमा पनि ठूलो संख्यामा सर्वसाधारणमा यो समस्या छ ।’तुलनात्मक रुपमा भारतमा भन्दा नेपालमा मोतियाबिन्दुको शल्यक्रिया सस्तो र भरपर्दो रहेको जनविश्वास छ । भारतका अस्पतालमा ५ देखि ६ हजार रुपैयाँमा हुने शल्यक्रिया नेपाली अस्पतालमा त्यसको आधा अर्थात करिब ३ हजार रुपैयाँमै गरिन्छ । त्यसैले धेरै भारतीय बिरामी आँखा उपचारका लागि नेपाल आइपुग्छन् । त्यसैले सीमावर्ती सहर वीरगञ्ज र विराटनगरमा साना र ठूला गरी आँखा अस्पताल करिब एक दर्जन छन् । पर्साको ठोरीस्थित भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये झण्डै ८० प्रतिशत भारतीय हुने गरेका छन् । अधिकांश मोतियाबिन्दुकै शल्यक्रिया गराउनका लागि आउने गरेको अस्पतालका चिकित्सक डा चन्द्रबहादुर श्रेष्ठ बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑