नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन

 Krishna Shrivastav

वीरगंज । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रुपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको प्राधिकरणको भनाइ छ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

करेन्ट लागेर एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, दशरथचन्द नगरपालिका–५ आइतका ४३ वर्षीय केशवदत्त लेखक(लछु) मृत भेट्टिएका छन् । केशव वडा नं.५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

 Krishna Shrivastav

वीरगंज । जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफूहरु निकै मारमा परेको किसान रामवली महतोले बताए । उनका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो । उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो । महानगरका निरीक्षण अधिकृत डा. अवधेश झा भन्छन्, ‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो । लिकेज भएकोले ढुसी परेको हो ।’उत्पादन

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारले थालेको सुशासन अभियानलाई असफल पार्ने षडयन्त्र भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

 Krishna Shrivastav

वीरगंज । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको वर्तमान सरकारले थालेको सुशासन र समृद्ध नेपाल बनाउने अभियानलाई असफल बनाउन षडयन्त्र भइरहेको बताएका छन् । आइतबार वीरगन्जमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘ सम्माननीय प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले नयाँ नेपाल र समृद्ध नेपाल बनाउन थालेको सुशासनको अभियान असफल बनाउन भ्रष्टचारी , तस्कर , माफीया र ठगहरुले अनेक षडयन्त्र गरिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड त्यो षडयन्त्रबाट डराउनु भएको छैन , सुशासनको अभियान सफल पारेरै छाड्नु

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको जिराभवानी पिपरामा ९ घर डुबानमा

 Krishna Shrivastav

वीरगंज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तर पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ । केहिदिन देखिको लगातार बर्षाका कारण देशभरका कयौ मानिसको दैनिक जीवन कष्टकर बनेको छ बाढी पहिरोले घर खेत बगाउनुका साथै पशु चौपाया समेत बगायको छ यसैबीच अविरल बर्षा पछि आयको बाढिले पर्साको जिराभवानी गा.पा वडा नं.१ पिपरा टोलका ९ जनाको घर डुवानमा परेको छ । स्थानीय शिव सन्कर गिरि , राजेश प्रसाद , मनिलाल साह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सागढीको जनता सडकस्थित खोलाको ह्युपाइप बाढीले बगाउँदा सर्वसाधारणलाई सास्ती

 Krishna Shrivastav

वीरगंज । गएरातिको भारी वर्षाको कारण पर्साको पर्सागढि नगरपालिका वडा नं. २ जनता सडकमा पर्ने मेघा खोलाको ह्युपाईप बाढीले बगाउँदा जनता सडक भएर आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ । जनता सडक भएर चल्ने बस अटो तथा भाडाका सवारी साधनहरु अहिले ठप्प भएका छन् । भने साईकल, मोटरसाईकल जोखिम मोलेर चलाउनु परेको चालकको गुनासो छ । ह्युपाईप बगाउँदा सडकमा ठुलो खाडल परेको र सो सडक भएर आवतजावत गर्ने ठुला सवारीसाधन समेत चल्न नसकेको र साना सवारी साधनहरु जोखिम मोलेर चलाउनु परेको स्थानीय धर्मेन्द्र चौधरी बताउनुभयो । प्रत्येक वर्ष बर्षाको समयमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गौ हत्याको विरोध गर्दा वीरगन्जबाट पक्राउ परेका हिन्दुवादी युवाहरु रिहा

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी पाँच जना युवाहरु रिहा भएका छन् । धरानमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै वीरगन्जका युवाहरुले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार बिहान आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि प्रदर्शन गर्ने क्रममा पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका वीरगन्ज १० का मुन्ना कुमार साह , वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उसिना चामलकाे निर्यातमा भारतले लगायो २० प्रतिशत कर

 Krishna Shrivastav

वीरगंज । भारतले उसिना चामलकाे निर्यातमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो । बास्मती, लङग्रेन र जिरामसिनो सबै प्रकारका उसिना चामल पाइन्छ । भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ । यस अघि भारतले गत महिना बास्मती बाहेकका अन्य चामल निर्यातमा रोक लगाएको थियो । स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाई काटेको आरोपमा तीनजना पक्राउ

 Krishna Shrivastav

वीरगंज । गाई काटेको आरोपमा तनहुँमा तीन जना पक्राउ परेका छन्। शनिबार साँझ शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


कांग्रेसको स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जना मनोनीत

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसले मधेस प्रदेशको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जनालाई मनोनीत गरेको छ । कांग्रेसका मधेस प्रदेश सदस्य जीवननाथ चौधरी प्रमुख रहेको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट विजय कुमार सर्राफ, विवेक चौरसिया र नेहा मिश्र मनोनीत भएका हुन् । काङ्ग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ११ को (ख) बमोजिम चौधरी प्रमुख रहने गरी विभागको गठन गरेकमा पर्साबाट उक्त विभागमा सर्राफ, चौरसिया र मिश्र मनोनीत भएका हुन् । उक्त विभागमा बाराबाट उपेन्द्र यादव , दिनेश सुबेदी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्वाधिक कमाइ गर्ने तेश्राे हिन्दी फिल्म बन्याे ‘गदर २’

 Krishna Shrivastav

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको १६ दिनमा ४३९ करोड ९५ लाख भारू कमाएको छ। योसँगै ‘गदर २’ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ। शनिबार १३ करोड ७५ लाख भारू कमाउँदै ‘गदर २’ ले दक्षिण भारतीय अभिनेता यशको फिल्म ‘केजिएफ २’ को रेकर्ड तोडेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले ४३४ करोड ७० लाख कमाएको थियो। ‘गदर २’ भन्दाअघि दुई फिल्म ‘पठान’ र ‘बाहुबली २’ रहेका छन्। ‘पठान’ ले ५४३

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुशासन र समृद्धिकाे संकल्प लिएर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ

 Krishna Shrivastav

वीरगंज । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लामो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै जनतालाई त्यसको अनुभूति गराउन तर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । आइतबार वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्दै आम नेपाली जनतालाई त्यसको अनुभूति गराउन वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर काम गरिरहेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले कार्यभार सम्हालेको दिन घोषणा गरे अनुसार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल सूत्र बनाएर वर्तमान सरकारले काम

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गृहमन्त्री को कार्यक्रम स्थल बाहिर युवाहरुले राजीनामा माग गर्दै प्रदर्शन ५ जना पक्राऊ

 Krishna Shrivastav

वीरगंज । धरान मा भएको घटनालाई लिएर आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि हिन्दुहरूले बिरोध प्रर्दशन गरेका छन्। जिल्ला प्रशासन कार्यलय पर्साको भवन उद्घाटन कार्यक्रममा गृहमन्त्रि बोली रहेको बेला हिन्दुबादी युवाहरुले राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कार्यक्रम स्थल बाहिर केही युवाहरुले गृहमन्त्रि राजीनामा दे,गाई काटन पाईदैन, दोषीलाई फासी दे, गृहमन्त्रि मुर्दाबाद जस्ता लेखेको प्लेकार्ड बोकी बिरोध गरेका थिए । बिरोध गर्ने युवाहरु मध्ये ५ जनालाई प्रहरी ले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यलय पर्सामा राखिएको छ ।


गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने – गृहमन्त्री नारायणकारी श्रेष्ठ

 Krishna Shrivastav

वीरगंज । उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,’ पिडित पक्षसंग सरकारले गरेको ५ बँुदे सहमतिमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जोहरीसमेतको आधार बनाएर समग्र छानबिन गरि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुरयाउँछ । रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बहुदरमाईका मेयर सिंगासन साह तेलीको चरण लापरवाही : सडकमा खसाइएको फोहरका कारण १० जनाभन्दा बढी स्थानीयहरू घाइते

 Krishna Shrivastav

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीको चरण लापरवाहीका कारण बहुदरमाई नगरपालिका – २ पिपरा गाउँमा बहुदरमाई मन्दिर जाने सडकमा खसाइएको नालाको फोहरका कारण १० जनाभन्दा बढी स्थानीयहरू घाइते भएका छन् । वर्षाको कारण बिग्रिएको सडकलाई मर्मत गर्ने नाममा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीको निर्देशनमा नालाबाट निस्किएको फोहर ल्याएर थुपारेपछि उक्त बाटो प्रयोग गर्ने १० जनाभन्दा बढी स्थानीयहरूको खुट्टा कटेको हो । बीच बाटोमै नालाबाट निस्किएको फोहर खसालेर नगरपालिकाले ठूलो लापरबाही गरेको स्थानीयहरुले आरोप लगाएका छन । नालाबाट निस्किने फोहरको उचित व्यवस्थापन गर्नुपर्नेको सट्टा सडकमा थुपारिँदा सो

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

माओबादी नेतृत्वको सरकारले अविस्मरणीय काम गर्दै:मौलाना मशहूद

 Krishna Shrivastav

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, , सरिता अर्याल रहनुभयो

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज तराईमा हावा-हुरीसहित वर्षा

 Krishna Shrivastav

वीरगंज । आज तराईका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना हुनुका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको जनाएको हो। आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ भने गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता