चीनले नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेट्यो

 Krishna Shrivastav

नयाँ दिल्ली । चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई ‘स्टान्डर्ड म्याप’ भनेको छ । नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ । अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चालु पुँजी कर्जाको सीमा बढ्यो

 Krishna Shrivastav

वीरगंज । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो । राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । यसअघि उक्त उद्योगका लागि रु एक करोडसम्म थियो । उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान व्यवस्था संशोधन गर्दै चालु पुँजी कर्जा परिमार्जन गरेको हो । “कुनै फर्म÷संस्था÷कम्पनीलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । हरिवन नगरपालिका २ अत्रौलीमा करेन्ट लागेर बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। हरिवन २ अत्रौली लालभित्तिमा निर्माण भइरहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई साथीहरुले तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।


बम विस्फोट गराउने तीनजनालाई फाँसी

 Krishna Shrivastav

इराकमा ३०० भन्दा बढी व्यक्तिको ज्यान जानेगरी भएको बम आक्रमणमा तीनजनालाई फाँसी दिइएको छ । इराकले सन् २०१६ मा बगदादमा ३०० भन्दा बढीको ज्यान लिने र सयौं घाइते भएको घटनामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका तीनजनालाई फाँसी दिएको हो । सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा यो सबैभन्दा घातक एकल बम विस्फोट थियो । इस्लामिक स्टेट समूह ९आइएस०ले आक्रमण गरेको बताएको छ । प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले मृत्युदण्ड दिइएका व्यक्तिहरूको नाम र उनीहरूलाई कहिले सजाय सुनाइएको हो भन्ने बताएको छैन । उनीहरूलाई आइतबार र सोमबार मृत्युदण्ड

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतले सूर्यको अध्ययन गर्न ‘आदित्य एल-१’ अन्तरीक्षयान शनिबार प्रक्षेपण गर्ने

 Krishna Shrivastav

वीरगंज । भारतले आगामी शनिबार सूर्यको अध्ययन गर्नका लागि ‘आदित्य-१’ नामक अन्तरीक्षयान पठाउने भएको छ । इन्डिया स्पेस अर्गनाइजेसन (इसरो)ले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरीक्ष केन्द्रबाट स्थानीय समयअनुसार शनिबार बिहान ११ बजेर ५० मिनेटमा ‘आदित्य एल-१’ प्रक्षेपण गर्ने जनाएको हो । गत बुधबार मात्रै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ अवतरण गराएको थियो । चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो देश बनेको छ । भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने पहिलो देशसमेत बनेको छ । आदित्य एल-१ अन्तरिक्ष यानले सूर्यको कोरोना, सौर्य आँधी र म्याग्नेटिक

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा साहिब दरबारले आयाेजना गरेकाे शिविरबाट ३४१ विद्यार्थी लाभान्वित

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा साहिब दरबार नामक संस्थाकाे आयाेजनामा सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट ३४१ जना विद्यार्थीले लाभ लिएका छन् । माइस्थान विद्याथपीठ उच्च माद्यमिक विद्यालयमा सोमबार आयाेजित निशुल्क आँखा जाँच शिविरमा ३४१ जना विद्यार्थीकाे आँखा जाँच गरिएकाे हाे। विगत केही समय यतादेखि आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न साहिब दरबारले निशुल्क शिविर संचालन गर्दै आएकाे छ । साेमबारसाहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चौरसिया हत्या आरोपबाट तिवारीले पाए सफाई, मंगलवार रिहा हुने

 Krishna Shrivastav

बीरगंज । तत्कालीन नेकपाको बिन्दवासीनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पूर्पक्षकालागि वीरगंज कारागारमा थुनुवाका रुपमा रहेका उत्तम भनिने निरन्जन तिवारीले अभियोगबाट सफाई पाएका छन । पर्सा जिल्ला अदालतका न्यायधीश बिनोद कुमार पोख्रेलको इजलाशले तिवारीलाई सफाई दिएको हो । मुद्धाका अर्का प्रतिवादी अकलेश भन्ने अशेसर प्रसाद चौरसियालाई भने कसुर ठहर हुने फैसला भएको छ । ०७७ सालको कात्तिक ६ गते नेकपाको बिन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा पार्टीकै दुई पक्षबीच भएको झड्पमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो । चौरसिया बाहेकका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव पदबाट निलम्बित

 Krishna Shrivastav

वीरगंज । घुस प्रकरणमा मुछिएका सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरेसङै उनी निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको छ । घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई ७ साउनमा नियन्त्रणमा लिएको थियो । अध्यक्ष यादवलाई नियन्त्रणमा लिई ईटहरी लगिएपनि बिरामी परेपछि काठमाडौं लगिएको छ । गत ३१ साउनमा गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको कालिकामाई गाँउपालिकाको ९ औँ गाउँ सभा तथा २०८०/८१ को बजेट प्रसतुतीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ सभा बजेट प्रसतुतीकरण कार्यक्रम बाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३२ करोड ७४ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष राजमती देबी बरैनको निर्देशनमा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले बजेट प्रसतुतीकरण गर्नु भएको थियो। गाउँ सभा कार्यक्रम गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य,सिचाई, पर्यटन र भौतिक पूर्वाधारको लगायत ,उज्यालो कालिकामाई गाउँपालिका बनाउन मुख्य प्राथमिकतामा राखेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाडीमा जिपिएस जडान योजना अलपत्र

 Krishna Shrivastav

वीरगंज । यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मा लैजाने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो तर हालसम्म जम्मा ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान गरिएको छ । यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित एक सय वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका अझै ६५ वटा कोटा बाँकी छन्

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपालीको निधन

 Krishna Shrivastav

वीरगंज । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, निर्भिकताके प्रतिमूर्ति बरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भिष्मपितामह पनि भनिने नेपालीको सोमवार बेलुका ८ः१० बजे जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।विगत १४ महिनादेखि बिरामी परेका नेपाली गत असोज १२ गतेदेखि ओछ्यानमा परेका थिए । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आफ्नो जन्मदिन भन्दा सात दिनअघि को तिथिमा नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको प्रसिद्ध शक्तिपीठ दुर्गामंन्दिरमा लखराम पूँजा

 Krishna Shrivastav

वीरगंज । विश्व शान्ति तथा मानव कल्याणको कामना सहित मलिमासको अन्तिम सोमवार पारेर रौतहट जिल्लाको प्रसिद्ध दर्गाभगवति गाउँपालिकाको वडा नंं ३ मत्सरीमा लखराम पूँजा आज भव्य रुपमा गरिईएको छ । वैदिक विधि विधानपूर्वक आयोजना गरिईएको लखराम पूँजामा १५ लाख २५ हजार महादेवको पार्थिव पूँजा गरिईएको छ । मैथिल बाहुनहरुको बाक्लो बसोवास रहेको मत्सरीको प्रसिद्ध शक्ति पीठको रुपमा रहेको दुर्गा मंन्दिरको प्राड्डणमा लखराम पूँजाको आयोजना गरिइएको छ । मलिमास उत्तम मास भएकाले यस अवधिमा धार्मिक अनुष्ठान तथा पूँजापाठ गर्नाले विषेश फल प्राप्त हुने जनविश्वास भएकाले पूँजाको आयोजना गरिईएको आयोजक समितिका संयोजक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा राप्रपाको मशाल जुलुस, प्रहरीले गरे हस्तक्षेप

 Krishna Shrivastav

वीरगंज । राप्रपा पर्साले वीरगञ्जमा निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । वीरगञ्जको रानीघाट स्थीत पार्टी कार्यालयबाट निकालिएको मशालमा प्रहरीले हस्तक्षेप गरेको राप्रपा पर्साको प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो । केन्द्रीय कार्यक्रम अनुरुप सो मशाल जुलुस निकालिएको प्रवक्ता मिश्रको भनाई छ । घरानमा गोरु काटेर खाएको बिरोध स्वरुप मशाल जुलस निकालिएको भने भोली मंगलबार ७७ बटै जिल्लाको जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । जिल्ला सचिव शत्रुधन सिंहको नेतृत्वमा निकालिएको मशाल जुलुसमा सचिव पन्नालाल पटेल, राजकिशोर यादव,नगर अध्यक्ष रामेश्वर यादव, युवा नेता अनिल कुश्वाहालगायत

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शिशु बेचेको आरोप लागेका डाक्टरको सम्पत्ति करोडौं

 Krishna Shrivastav

वीरगंज । शिशु बेचेको आरोपमा पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले अकुत सम्पत्ति कमाएको पाइएको छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान क्रममा डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएको हो। डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागमार्फत अनुसन्धानको प्रक्रिया थाल्न लागेको प्रहरीले जनाएको छ। बच्चा बेपत्ता बनाएको कसुरमा डाक्टरसहित ६ जना पक्राउ परेका छन्। डाक्टर कर्ण भदौ १ गते पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा डाक्टरको समूहले नवजात शिशु सन्तान नभएका दम्पतीलाई ५ लाख रुपैयाँमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि यो रकम अझ बढी हुनसक्ने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनगढीमा बिरामी मृत्यु प्रकरणः अस्पतालमा तनाव

 Krishna Shrivastav

वीरगंज । धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका छन्। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका छन्। यसै विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ऋण दिँदा एसबिआई बैंकका शाखा प्रमुखले लिए ९० लाख घुस !

 Krishna Shrivastav

वीरगंज । बचतकर्ता ठगीको आरोपमा पक्राउ गरेका शिवशिखर बहुद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट कर्जा लिँदा ९० लाख घुस बुझाएको बयान दिएका छन् । सहकारीका बचतकर्ताको अर्बौं ठगेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा शर्माले नेपाल एसबिआई बैंकबाट ९० करोड कर्जा लिँदा घुस बापत ९० लाख रुपैयाँ शाखा प्रबन्धकलाई बुझाउनु परेको बयान दिएका छन्।‘पुष्कर मल्ल (शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तथा शिखर अर्गनाइजेशनका मेनेजर)को व्यक्तिगत खातामा जम्मा भएको ८९ लाख १३ हजार रकम समेत गरी ९०

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डोल्पा नन्दबक्स ब्यारेकका मेजर पण्डित सम्पर्कविहीन

 Krishna Shrivastav

वीरगंज । डोल्पामा कार्यरत नेपाली सेनाका मेजर सम्पर्कविहीन भएका छन्। सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका मेजर विमल पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्। मेजर पण्डित एक्लै दुनैबाट पश्चिमतिर पर्ने त्रिपुराकोट हिनेको र त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। हिजो साँझ देखिनै नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीले व्यापक खोजी गरे पनि पत्ता लाग्न नसकेको उनले बताए। उनी आइतबार साझ एउटा सार्वजनिक जिप रिजर्भ गरेर त्रिपुराकोट पुगेको र त्रिपुराकोटस्थित नरलाल रोकायको पसलमा फोन पेमार्फत २६ हजार रकम हाल्दिएर क्यास फिर्ता

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या