वीरगंज । राप्रपा पर्साले वीरगञ्जमा निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । वीरगञ्जको रानीघाट स्थीत पार्टी कार्यालयबाट निकालिएको मशालमा प्रहरीले हस्तक्षेप गरेको राप्रपा पर्साको प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो ।
केन्द्रीय कार्यक्रम अनुरुप सो मशाल जुलुस निकालिएको प्रवक्ता मिश्रको भनाई छ । घरानमा गोरु काटेर खाएको बिरोध स्वरुप मशाल जुलस निकालिएको भने भोली मंगलबार ७७ बटै जिल्लाको जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
जिल्ला सचिव शत्रुधन सिंहको नेतृत्वमा निकालिएको मशाल जुलुसमा सचिव पन्नालाल पटेल, राजकिशोर यादव,नगर अध्यक्ष रामेश्वर यादव, युवा नेता अनिल कुश्वाहालगायत सयौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको बताईएको छ ।