वीरगंज । विश्व शान्ति तथा मानव कल्याणको कामना सहित मलिमासको अन्तिम सोमवार पारेर रौतहट जिल्लाको प्रसिद्ध दर्गाभगवति गाउँपालिकाको वडा नंं ३ मत्सरीमा लखराम पूँजा आज भव्य रुपमा गरिईएको छ । वैदिक विधि विधानपूर्वक आयोजना गरिईएको लखराम पूँजामा १५ लाख २५ हजार महादेवको पार्थिव पूँजा गरिईएको छ ।
मैथिल बाहुनहरुको बाक्लो बसोवास रहेको मत्सरीको प्रसिद्ध शक्ति पीठको रुपमा रहेको दुर्गा मंन्दिरको प्राड्डणमा लखराम पूँजाको आयोजना गरिइएको छ । मलिमास उत्तम मास भएकाले यस अवधिमा धार्मिक अनुष्ठान तथा पूँजापाठ गर्नाले विषेश फल प्राप्त हुने जनविश्वास भएकाले पूँजाको आयोजना गरिईएको आयोजक समितिका संयोजक रतिनाथ झाले जानकारी दिनु भएको छ । भव्य एवं आकर्षक पण्डालको निर्माण गरेर लखराम पूँजाको आयोजना गरिईएको छ ।
मत्सरीको प्रसिद्ध दुर्गा मंन्दिरमा वर्षेनि रुपमा असोजको विजया दशमी भव्य रुपमा मनाईदै आएको छ । नवरात्रा पूँजाका अतिरिक्त सो मंन्दिरमा ३ सय ६५ दिन नै पूँजा तथा विषेश सन्ध्या आरती हुने गर्दछन् । दुर्गा पूँजामा नेपाल भारतवाट ठूलो संख्यामा भक्तजनहरु सहभागि हुदै आएको छ । यसका साथै वर्षै भरि नै विभिन्न प्रकारको धार्मिक अनुष्ठानहरु पनि मंन्दिरमा गाउँ बासीले आयोजना गर्दै आएको छ ।