• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गौर हत्याकाण्ड देखाएर उपेन्द्रलाई तर्साउँदै प्रभु शाह

  • वीरगंज संजाल
  • Aug 29, 2023, 12:15 pm
  • ४१३

    वीरगंज । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव तत्कालीन मधेशी जनअधिकार फोरमको अध्यक्ष हुँदा आजभन्दा सत्र वर्षअघि घटेको गौर हत्याकाण्ड अहिले फेरि चर्चामा छ। सरकारले गौर हत्याकाण्डमा संलग्नलाई कारबाही गर्ने पीडितसँग गरेको सहमतिले तर्सिएका उपेन्द्र यादव पछिल्लो समय छानबिन नगर्ने सरकारको निष्कर्ष पछि राहत महशुस गरेका थिए । तथापि रौतहटकै सांसद तथा आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले यस विषयलाई बारम्बार उठान गर्दै आएका छन् । मधेश केन्द्रित राजनीतिक सक्रियता बढाएका उपेन्द्रलाई गौर हत्याकाण्डले चर्चामा ल्याएको थियो ।सो हत्याकाण्ड पछि उनको राष्ट्रिय राजनीतिमा उदय भएको थियो।तत्कालीन मधेश जनअधिकार फोरमसँगको झडपमा परी २०६३ चैत ७ गते माओवादीका २७ जना कार्यकर्ताले ज्यान गुमाएका थिए । त्यतिबेला माओवादीमै रहेका सांसद शाह घटना भएको जिल्ला रौतहट निवासी हुन् । उनकै हठका कारण उत्पन्न असामान्य परिस्थितिले उक्त घटना घटेको जसपाका नेताहरु बताउँछन्। माओवादीको ज्यादतीविरुद्ध जनताहरुले प्रतिकार गर्नेक्रममा गौरमा अप्रिय घटना घटेको उनीहरुको दाबी छ ।

    एकै स्थलमा कार्यक्रम गर्न जुटेका दुई पक्षबीच मनमुटाव हुँदा असहज परिस्थिति उत्पन्न भएर झडपको अवस्था निम्तिएको बताइरहँदा सांसद शाहले भने सम्पूर्ण दोषारोपण यादवमाथि गर्दै उनी लक्षित अभिव्यक्ति दिइरहेका छन्। विगतको साम्य भइसकेको उक्त घटना सरकारले साउन २३ गते पीडितसँग छानबिन गर्ने सहमति गरेपछि चर्चामा आएको थियो। यद्यपि एक साता नबित्दै सरकार गौर हत्याकाण्डको छानबिन गर्ने निर्णयबाट पछि हटेको थियो। यस प्रकरणलाई पुनः खोतल्ने दाउमा शाह लागेका छन्। उनले राज्यले न्याय दिन उदाशिन बनेको भन्दै हेग जाने चेतावनी दिएका छन्। उनले सोमबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समित बैठककलाई सम्बोधन गर्दै गौर हत्याकाण्डविरुद्ध हेग जाने चेतावनी दिएका हुन् । सरकारले गौर हत्याकाण्डको छानबिनलाई सत्ता राजनीतिको जोड घटाउमा सौदाबाजी गरेको आरोप लगाउँदै पीडितहरुमाथि अन्याय गरिएको बताए । सरकारबाट न्याय पाउने आशा नरहेकाले अन्तर्राष्ट्रिय अदालत जाने अवस्था आएको उनको भनाइ थियो। सांसद शाहले पछिल्लो समय एकतर्फी रुपमा गौर हत्याकाण्डको विषयलाई निकै पेचिलो रुपमा उठाएका छन् । मधेश केन्द्रित राजनीति गरिरहेका उपेन्द्रमाथि शाहको निरन्तर प्रहार जारी छ । मधेशमा आफ्नो प्रभाव कायम गरेका शाह बलियो जनाधार भएका नेता मानिन्छन् ।

    उनी निरन्तर चुनाव जित्ने नेतामा पर्दछन् । गत मंसिरको निर्वाचनमा एमालेबाट टिकट नपाएर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएर पनि जित हासिल गरेका हुन् । दुबै मधेश प्रदेशका शक्तिको लडाइँले एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएको बताइन्छ। एमालेबाट विद्रोह गरेर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका शाह मधेशमा स्थपित हुन चाहन्छन् । उनले यादवलाई विस्तापन गर्ने ध्याउन्नमा गौर हत्याकाण्डको मुद्दा उठान गरेको सर्वत्र चर्चा छ। प्रतिनिधि सभामा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव गत बैशाख १०मा बारा २ को उपनिर्वाचनमार्फत सदनमा प्रवेश गरेका छन् । मधेशमा भर्खरै उदय भएको जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएका यादव संसद प्रवेश गर्न आफ्नो पार्टीका बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनब लडेका हुन्। मधेशमा राउत, यादव र शाह आफ्नो दल स्थापित गराउने दाउमा छन् । मधेश राजनीतिमा लामो समय देखि रजगज गरेका यादवविरुद्ध पछिल्लो समय शाह र राउत केन्द्रित भएका छन् । यादवविरुद्ध प्रहार गर्ने पछिल्लो कडीका रुपमा शाहले गौर हत्याकाण्डलाई प्रखरताका साथ उठान गरिरहेका छन् । उपेन्द्रको विगतदेखि मधेश आधारित राजनीतिको विरासत भत्काउन गौर हत्याकाण्लाई प्रमुख अस्त्रका रुपमा लिएर शाहले निरन्तर आक्रमण गरिरहेको मधेश राजनीतिका जानकारहरु बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑