• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आजकै दिन गएको भूकम्पले भत्केको थियो, नेपालकै ठुलो मन्दिर

  • वीरगंज संजाल
  • Aug 29, 2023, 12:24 pm
  • ४६१

    वीरगंज । आजकै दिन अर्थात् १२ भदौ १८९० को राति काठमाडौँदेखि उत्तर वा उत्तरपूर्वतिर ५० किलोमिटर टाढा इपिसेन्टर पारेर विनाशकारी भूकम्प गएको थियो । ७.७ मोमेन्ट म्याग्निच्युडको त्यस भूकम्पमा परी काठमाडौँमा पाँच सय जनाको ज्यान गयो । त्यतिबेला मुख्य कम्प आउनुभन्दा ५ घण्टा र २५ मिनेटअघि गरी दुईवटा ठुल्ठुलै पूर्वकम्प गएका थिए, पूर्व कम्पका कारण मानिस घरबाहिर निस्केकाले मानवीय क्षति कम भएको भनिन्छ । ‘बहत्तर सालको भूकम्प’ पुस्तक (लेखक : तारानिधि भट्टराई, निमानन्द रिजाल र किशोर थापा)का अनुसार, त्यस भूकम्पका कारण काठमाडौं टुँडिखेलको किनारमा बनेको १०० फिट अग्लो जगन्नाथ मन्दिर ध्वस्त भएको थियो भने पहिरोका कारण कमला नदी चार दिनसम्म थुनिएको थियो । रणबहादुर शाहले बनाएको भनिएको जगन्नाथ मन्दिरमा कुनै घण्टा शिलालेख छैन । २०३३ सालमा प्रकाशित डा. जगदीशचन्द्र रेग्मीको पुस्तक ‘शाहकालीन कला र वास्तुकला’का अनुसार, रणबहादुरले २१ वर्षको उमेर (संवत् १८५३) मा जनताद्वारा झारा (ज्याला नदिई काम लगाउने) गराई नेपालकै सबभन्दा ठुलो मन्दिर बनाउन लगाएका थिए । रेग्मीले चित्तरञ्जन नेपालीको पुस्तक उद्धृत गर्दै आफ्नो पुस्तकको पाद टिप्पणीमा लेखेका छन्, ‘कुन आधारमा हो, चित्तरञ्जन नेपालीले आफ्नो पुस्तक (रणबहादुर शाह)मा संवत् १८५३ मा यो मन्दिर बनेको हो भनी लेख्नुभएको छ । यसै सन्दर्भलाई आधार मानी यो मन्दिरको उक्त निर्माणकाल सकारिएको छ ।’

    रेग्मीका अनुसार, यो मन्दिर आफ्नो मौलिक रूपमा १२५ हात अग्लो थियो । ‘यति अग्लो मन्दिर नेपालभरिमा कतै पनि रहेको हामीलाई थाहा छैन,’ रेग्मीले वंशावलीलाई उद्धृत गर्दै लेखेका छन्, ‘हाल यो मन्दिर जुन रूपमा छ, त्यो त्यति अग्लो नदेखिनाको कारण सं १८९० को भूकम्पमा यो भत्किनु हो ।’त्यतिबेला भत्किएका भवन तथा सम्पदा सात वर्षभित्र निर्माण भएका थिए । सात वर्षपछि अर्थात् १८६० सालमा पुनर्निमाण गरिएको जगन्नाथ मन्दिरलाई २०७२ को भूकम्पले क्षति गरेन, २२० वर्ष पुरानो यो सम्पदा अहिले हाम्रो सामु छ । रेग्मीको पुस्तक भन्छ, ‘वंशावलीहरूमा १८९० को ठुलो भैँचालोमा जगन्नाथको मन्दिर भत्केको उल्लेख पाइन्छ । निकै अग्लो हुनाको कारणले पनि यो भत्किन गएको देखिन्छ र यसपछि यसको जीर्णोद्धार गर्दा होँच्याइएको हुनुपर्छ । यो मन्दिर बनेको ३८ वर्षपछि प्राकृतिक कारणले भत्किएको हुँदा मौलिक रूपमा यो मन्दिर कुन शैलीको थियो भन्ने यौटा ठूलै प्रश्न आइलाग्छ । हाल यो मन्दिर राजपुत शैलीमा देखिन्छ ।’२०७२ साउन २ गते हिमालखबर अनलाइनमा प्रकाशित कमल दीक्षितको ब्लगमा जगन्नाथ मन्दिरको यो तस्बिर वि.सं. १९७०–८० को दशकमा अंग्रेज फोटोग्राफरले खिचेको उल्लेख गरेका छन् । रणबहादुरले २१ वर्षको उमेर (संवत् १८५३) मा जनताद्वारा झारा (ज्याला नदिई काम लगाउने) गराई नेपालकै सबभन्दा ठुलो मन्दिर बनाउन लगाएका थिए । यो मन्दिर आफ्नो मौलिक रूपमा १२५ हात अग्लो थियो । हाल यो मन्दिर जुन रूपमा छ, त्यो त्यति अग्लो नदेखिनाको कारण हो, १८९० सालको भूकम्पमा भत्किनु ।

    १८९० को भूकम्पले धराहरा पनि भत्केको थियो । रेग्मीको पुस्तक अनुसार, त्यतिबेला दुईवटा धरहरा भत्केका थिए । हाल राष्ट्रिय संग्रहालयमा रहेको शिलालेखमा ‘स्वस्ति श्रीशाके १७४६ सम्वत् १८८१ साल श्रावण कृष्ण सप्तम्यां तिथौ… श्री जनरल भीमसेन थापाले बनायाको धरहरा शुभम्’ लेखिएको छ । ‘यो मितिमा बनेको धरहरा भीमसेन थापाले आफ्नो बागदरबारनेर बनाएको चाहिँ होजस्तो लाग्छ,’ रेग्मीको पुस्तक भन्छ, ‘जुन इ. १८३३ (१८९०) को महाभूकम्पमा धराशायी भएको थियो, जसको जीर्णोद्धार फेरि भएको देखिँदैन । हाल रहेको धरहरा चाहिँ इ. १८२५ मा महारानी ललितत्रिपु सुन्दरीको नाममा बनाएको देखिन्छ । २५० फिटजति अग्लो यो धरहरा इ. १८५६ मा वज्रपरी भत्किँदा ई. १८६९ मा यसको जीणोद्धार गरिएको थियो ।’२०७२ सालको भूकम्पमा भीमसेन थापाले बनाएको धरहरा पूर्ण रूपमा क्षति भयो, त्यसको अवशेष मात्रै हाम्रो माझमा बाँकी छ, त्यसको नजिकै भने अर्को कंक्रिट ‘धरहरा’ ठड्याइएको छ । भूकम्पको स्मरण, इतिहास र योजना : २०७२ सालको भूकम्पपछि बनेको पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका तीनजना विज्ञसदस्य (तारानिधि भट्टराई, निमानन्द रिजाल, किशोर थापा), कार्य समितिका विज्ञ सदस्य र प्रमुख कार्यकारी अधिकृत लगायत पदमा रहेर काम गरेका व्यक्तिहरू आज (१२ भदौ) दिउँसो १ बजे जगन्नाथ मन्दिरमा भेटिएर भूकम्पको स्मरण गर्दै छन् । हिजो (११ भदौ)को भेटमा भूगर्भशास्त्री तथा त्रि–चन्द्र क्याम्पसका प्राध्यापक तारानिधि भट्टराईले भने, ‘हामीसँग भूकम्पका पुराना इतिहास छैनन्, विदेशीसँग भने निकै पुराना भूकम्पका इतिहास छन् । नीहरूले इतिहास हेरेर भूकम्पको प्रकृति वा समयको विश्लेषण गर्छन्, सोही अनुसार खोज–अनुसन्धान गर्छन् । हामीसँग पछिल्लो करिब आठ सय वर्षको भूकम्पको इतिहास छ ।’उनका अनुसार, भूकम्पको लामो इतिहास वा तथ्यांंक नहुँदा पहिले कहिले, कहाँ, कस्तो प्रकृतिको भूकम्प गयो र त्यसको प्रभाव वर्तमान वा भविष्यमा कस्तो रहन्छ भनी विश्लेषण गर्न असजिलो परेको छ । ‘हामीसँग जे जति इतिहास छ, त्यसका आधारमा यो भन्न सकिन्छ कि हाम्रो देशको जुनसुकै भूभागमा जुनसुकै बेला विनाशकारी भूकम्प जान सक्छ ।

    यसको अर्थ अतालिनुपर्छ भन्ने होइन, अहिलेको प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधक घर लगायत संरचना बनाउन सकिन्छ,’ उनले भने, ‘भूकम्प आएका बेला के गर्ने वा के नगर्ने भन्ने जनचेतना फैलाउन सकिन्छ । हामीले राम्रो ढंगले पूर्वतयारी ग¥यौँ भने भूकम्पसँग डराउनुपर्दैन ।’हाम्रो भूगोल, भूकम्प र पहिरो : भूगर्भशास्त्री भट्टराईका अनुसार, नेपाल इन्डियन प्लेट (अस्ट्रेलियन–इन्डियन प्लेटबाट छुट्टिएर बनेको एउटा अर्को प्लेट) र युरेसियन प्लेटको कन्भर्जेन्ट बाउन्ड्रीको दक्षिणपट्टि अवस्थित छ । यी दुई प्लेट एकापसमा भेट भएको ठाउँ ‘इन्दुस–साङ्पो सुतर जोन’ तिब्बतमा पर्छ । लगभग पाँच करोड वर्षअगाडि यी दुई प्लेट एकआपसमा ठोक्किएपछि यो क्षेत्रमा बारम्बार शक्तिशाली भूकम्प गए र पृथ्वीको सतह उचालिन अर्थात् पहाड बन्ने प्रक्रिया सुरु भयो । शक्तिशाली भूकम्प जाँदा सयौँ किलोमिटर लामो नयाँ फल्ट वा थ्रस्ट (दरार) बन्छ वा पुरानो फल्टमाथि नै असर पर्छ । भूसतहमा सानातिना कम्पहरू दिनहुँ आइरहन्छन् । प्लेट बाउन्ड्रीमा हुने भौगर्भिक प्रक्रिया र फल्टमा हुने हलचलका कारण नै भूकम्प जाने हुन् । २०७२ को भूकम्पमा एक सय ५० किलोमिटर पूर्व–पश्चिम र लगभग ५० किलोमिटर उत्तर–दक्षिणको भूभागमा असर परेको अर्थात् हल्लेको–चर्केको थियो । यी चर्केका ठाउँ प्राकृतिक रूपमै जोडिने वा व्यवस्थित हुने क्रममा स–साना पराकम्प गइरहन्छन् । ‘भूकम्पका कारण जमिनको भित्रीदेखि बाहिरी भागसम्मै चिरा परेका हुन सक्छन् । शक्तिशाली भूकम्पका चिराहरू जमिन बाहिरसम्म आइपुग्छन् । बाहिर देखिने गरी परेका चिरा समय क्रमसँगै पुरिँदै जान सक्छन्, यता–उताको ढुंगामाटोले,’ भूगर्भशास्त्री भट्टराई भन्छन्, ‘हाम्रो जमिनको सतह बाहिरबाट हेर्दा मिलेको देखे पनि भित्र थुप्रै चिरा छन् । जमिनको माथिल्लो सहत नै प्लेट वा चट्टानको अंंश हो । खनेर हेरेर पुराना चिराहरू पनि पत्ता लगाउन सकिन्छ ।’

    उनका अनुसार, बारम्बार भूइँचालो गइरहने र बढी पानी पर्ने ठाउँ पनि भएकाले हाम्रा पहाडका कतिपय भूभाग पहिरोको जोखिममा छन् । अनुभवी भूगर्भशास्त्रीले पहिरोको जोखिम पत्ता लगाउन सक्छन् । ‘त्यसैले अनुसन्धान बढीभन्दा बढी क्षेत्र वा आयामबाट हुनुपर्छ,’ भूगर्भशास्त्री भट्टराई भन्छन्, ‘कहिलेकाहीँ भूमिगत जलका कारण पनि पहिरोको जोखिम रहन्छ । जमिनभित्र पानीले ठेलेका कारण अर्कोतिरको जमिन भासिने हुन्छ । त्यो पानीलाई निकालियो भने पहिरोको जाखिम कम गर्न सकिन्छ ।’यहाँनेर तर्क उब्जन्छ — पहाडमा पनि जमिनमुनि पानी हुन्छ र ? त्यहाँ त चट्टानबाट रसाएर निस्किहाल्छ नि ! ‘निकै कम मात्रामा मात्रै चट्टानबाट रसाएर पानी निस्कने गर्छ । कहीँ बढी मात्रामा पानी छ भने पछि गएर पहिरोको सम्भावना हुने हो,’ भूगर्भशास्त्री भट्टराई भन्छन्, ‘अर्कोतिर जमिनभित्र धेरै किसिमले पानी प्र्रवेश गर्न सक्छ । वर्षाका कारण जमिन भिज्दै भित्र प्रवेश गर्ने एउटा प्रक्रिया भयो, अर्कोतिर चिरा परेको ठाउँबाट भेल पानी बढी मात्रामा प्रवेश गर्न सक्छ । त्यसैले भेलपानीको व्यवस्थापन पनि पहिरो न्यूनीकरणमा महत्त्वपूर्ण हुन्छ ।’खासगरी पहाडतिर सडक लगायत संरचना बनाउँदा भेल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने उनको सुझाव छ । उनका अनुसार, पहिरो झर्ने सम्भावना रहेको ठाउँको फेदीमा बलियो पर्खाल बनाइयो भने भविष्यमा पहिरो झर्दा त्यसलाई थेग्न सक्छ, वा ठुलो क्षति हुन दिँदैन । कतिपय ठाउँमा साधारण खालको पहिरो गइरहेको छ, अर्थात् माथिल्लो सतहको माटो मात्रै बगिरहेको छ, धेरै गहिरोसँग जमिन भासिएको छैन भने त्यस्ता ठाउँमा रुख–बिरुवा रोपेर पनि पहिरो नियन्त्रण गर्न सकिन्छ । यसको विज्ञान यही हो कि रुख–बिरुवाको जराले माटो समात्छ र पहिरो रोकिन्छ । कतिपय अवस्थामा माथिबाट तलतिर खस्न सक्ने अवस्थाका ठूला चट्टानलाई त्यहीँ अड्याउन ‘रक बल्ट’को प्रयोग गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑