Krishna Shrivastav
मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने निर्णय
Krishna Shrivastav

वीरगन्ज । नेपाल सरकारले तराई मधेश आन्दोलनका क्रममा आन्दोलनकारीउपर लगाइएका मुद्दाहरु फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकार र जनता समाजवादी पार्टीबीच विभिन्न चरणमा भएको वार्तापछि सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो । सरकार र जसपाले गठन गरेको कार्यदलले दिएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिएको हो । तराई मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि सरकारले दमन गरेको थियो । त्यस क्रममा मधेशवादी दलका नेता तथा कार्यकर्तामाथि विभिन्न आरोपमा झुठा मुद्दा लगाइएको र त्यसलाई सरकारले फिर्ता लिने निर्णय गरेको