वीरगञ्ज। वीरगञ्जको रानिघाटमा दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सेवा समितिका अध्यक्ष सतिशसिँह राजपुतको सभापतित्वमा सम्पन्न कार्यक्रममा ६ जना महिलासहित ७० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
नियमित कार्यक्रम अन्र्तगत अहिले १५ औँ पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको सेवा समितिका अध्यक्ष सतिशसिँह राजपुतले बताए ।वीरगञ्जमा बढ्दै गरेको रगतको माग र रक्तसञ्चार केन्द्र वीरगञ्जमा हुने रगतको अभावलाई परिपुर्ति गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको राजपुतको भनाई छ ।
कार्यक्रममा समितिका सल्लाहाकार बृजकिशोर साह कलवार, दिनानाथ रौनियार, राजु गुप्ता, सञ्जिव थापा, मनोज गुप्ता लगायतको उपस्थिती रहेको थियो ।