वीरगञ्ज। पर्साको नारायणी अस्पतालकमा गरिएको पछिल्लो पिसिआर परिक्षणको नतिजा अनुसार थप ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टी भएको छ ।शुक्रबार ९४ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा ३७ जना पुरुष र २० जना महिला गरी ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए ।
सङ्क्रमण पुष्टी भएका मध्ये ५० जना पर्साको, ४ जना बारा र ३ जना रौतहटका रहेका छन् । पर्सामा थपिएका सङ्क्रमितमध्ये ४७ जना वीरगञ्जको विभिन्न वडाका बासिन्दा रहेको डा. दासले जानकरी दिए ।सङ्क्रमित हुनेहरुमा १२ वर्ष उमेर देखि ७२ वर्ष समूहका रहेका तथा उनीहरुको सिटि भ्यालु १४ देखि ३५.५ सम्म रहेको डा. दासले बताए ।
पछिल्लो संक्रमित मध्ये ७ जनाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । डा. दासका अनुसार पछिल्लो पिसिआरको नतिजाहरु हेर्दा वीरगञ्जको अवस्था खराब बन्दै गएको छ । समयमा ध्यान नपुर्याएको वीरगञ्जको अवस्था फेरी कोरोनाको पहिलो लहरको जस्तै हुन सक्ने डा. दासले बताए ।