पोखरा | उपनिर्वाचनका लागि मतदान भइरहेको पोखरा महानगरपालिका ९ स्थित नवप्रभात माविमा बम बिस्फोट भएको छ।नयाँबजारस्थित मतदान केन्द्रमा विहान बम विस्फोट भएको हो। बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ।
मतदान केन्द्रमा बाहिरबाट बम फ्याँकिएको प्रहरीको भनाइ छ। ठूलो आवाजसहित विस्फोट भएपनि मतदान भने रोकिएको छैन। बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो ।
अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।