• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोनाको इपिसेन्टर भारतमा उडान खुला अन्य मुलुक र आन्तरिक भने बन्द

  • वीरगंज संजाल
  • May 5, 2021, 10:14 am
  • २३२१

    वीरगञ्ज । सरकारले कोरोना संक्रमण बढेसँगै आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान बन्द गर्ने निर्णय गरेको छ । सोअनुसार आन्तरिक उडान मंगलबारबाट बन्द भएका छन् भने अन्तर्राष्ट्रियतर्फका उडान २३ गते राति १२ बजेबाट बन्द हुँदै छ ।

    मन्त्रिपरिषद् बैठकको एउटा निर्णय भने अनौठो देखिएको छ । दैनिक लाखौँ नयाँ संक्रमितहरू थप भइरहेको भारततर्फ भने सातामा दुई उडान गर्ने निर्णय गरेको छ । सुरुमै बन्द गर्नुपर्ने उडान निरन्तर भइरहँदा काठमाडौंमा पनि त्यसको असर परेको छ । सयाैँ भारतीयहरू नेपालको बाटो भएर साउदीतर्फ जाँदा काठमाडौंका केही होटेलहरूले राम्र्रै व्यवसाय गरे तापनि कोरोना संक्रमण फैलाउन सोही रुटले सजिलो बनाएको छ ।

    सरकारले गरेको हवाई उडानसम्बन्धी ५ वटा निर्णयमध्ये तेस्रो नम्बरको निर्णयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल–भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने निर्णय गरेको छ । पर्यटन व्यवसायीदेखि एयरलाइन्स क्षेत्र पनि भारतको उडान पूर्ण रूपमा बन्द गरेर दुबई, साउदीलगायत देशमा भने उडान गर्नुपर्ने पक्षमा थिए ।

    नेपालमा चलेको राजनीतिक उतारचढावमा धेरै भिआइपीहरूलाई आउन सहज बनाउने गरी भारतीय उडान निरन्तरता दिइएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । पर्यटन मन्त्रालय पनि भारतको उडान दुई साताअगाडि नै बन्द गरेर मलेसिया, कतार, दुबईलगायत देशमा भने उडान सुचारु गर्ने पक्षमा रहेका थिए ।
    भारतसँगको एउटा ढोका खुला राख्दा भोलि अत्यावश्यक पर्दा सहयोग लिनका लागि सरकारले सोचेर दुईवटा उडान, क्वारेन्टिन र पिसिआरलाई कडाइ गर्ने गरी दुई उडान खोलेको हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘सबै ढोका बन्द गर्दा फेरि खोल्नुपरेमा, कुनै सहयोग तुरुन्तै लिनुपरेमा सहज हुन्छ भन्ने बुझाइ होला,’ पोखरेलले भने ।

    २ लाख ६५ हजार विदेशी तथा नेपाली भित्रिए
    विश्वका विभिन्न देशबाट नेपाल आउने विदेशी तथा नेपाली नागरिकको संख्या २ लाख ६५ हजार ८ सय ६९ जना रहेका छन् । जसमा अप्रिलमा ८० हजार ८ सय ९९, मार्चमा ७१ हजार २ सय ७०, फेब्रुअरीमा ५७ हजार ५ सय ५९ र जनवरीमा ५६ हजार १ सय ४१ जना रहेको विभागले जनाएको छ ।

    निषेधाज्ञाको ५ दिनमै उडानमार्फत २० हजारले उपत्यका छाडे
    ५ दिनसम्मको निषेधाज्ञामा सञ्चालन भएको आन्तरिक हवाई उडानबाट २० हजार ३ सय ६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । जसमा १६ गते पहिलो दिन ५ हजार ४ सय ५३ जना, १७ गते ४ हजार, १८ गते ३ हजार ९ सय ३७, १९ गते ३ हजार ९ सय ३४ र २० गते २ हजार ८ सय ९९ जनाले आन्तरिक उडानमार्फत काठमाडौं छाडेका हुन् । यसैगरी, निषेधाज्ञाको ५ दिनमै १३ हजार ६ सय ६१ जना आन्तरिक हवाईमार्ग हुँदै देशका विभिन्न ठाउँबाट काठमाडौं प्रवेश गरेका हुन् ।

    अप्रिलमा भारतबाट ७० प्रतिशत भारतीय पर्यटक
    अप्रिल महिनामा विदेशबाट २२ हजार ४ सय ५० पर्यटक भित्रिँदा भारतबाट मात्रै १३ हजार २ सय २ भारतीयहरू नेपाल भित्रिएका छन् । जुन ७० प्रतिशत पर्यटक भारतीय रहेको अध्यागमनको तथ्यांकमा रहेको छ । अप्रिल महिनामा अमेरिकाबाट २ हजार ७ सय ४०, चीनबाट ८ सय ३, रुसबाट ६ सय ८५, बेलायतबाट ५ सय ४०, युक्रेनबाट ३ सय १३, जर्मनीबाट २ सय १९ लगायत छन् । चार महिनामा नेपाल भ्रमणमा आउने विदेशी नागरिकको संख्या ५५ हजार ४ सय ४७ रहेको छ । मार्चमा १४ हजार ९ सय ७७, फेब्रुअरीमा ९ हजार १ सय ४६ र जनवरीमा ८ हजार ८ सय ७४ जना विदेशी नागरिक नेपाल भित्रिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑