• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको इपिसेन्टर भारतमा उडान खुला अन्य मुलुक र आन्तरिक भने बन्द

  • वीरगंज संजाल
  • २२ बैशाख २०७८, बुधबार १०:१४
  • ३०६१

    वीरगञ्ज । सरकारले कोरोना संक्रमण बढेसँगै आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान बन्द गर्ने निर्णय गरेको छ । सोअनुसार आन्तरिक उडान मंगलबारबाट बन्द भएका छन् भने अन्तर्राष्ट्रियतर्फका उडान २३ गते राति १२ बजेबाट बन्द हुँदै छ ।

    मन्त्रिपरिषद् बैठकको एउटा निर्णय भने अनौठो देखिएको छ । दैनिक लाखौँ नयाँ संक्रमितहरू थप भइरहेको भारततर्फ भने सातामा दुई उडान गर्ने निर्णय गरेको छ । सुरुमै बन्द गर्नुपर्ने उडान निरन्तर भइरहँदा काठमाडौंमा पनि त्यसको असर परेको छ । सयाैँ भारतीयहरू नेपालको बाटो भएर साउदीतर्फ जाँदा काठमाडौंका केही होटेलहरूले राम्र्रै व्यवसाय गरे तापनि कोरोना संक्रमण फैलाउन सोही रुटले सजिलो बनाएको छ ।

    सरकारले गरेको हवाई उडानसम्बन्धी ५ वटा निर्णयमध्ये तेस्रो नम्बरको निर्णयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल–भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने निर्णय गरेको छ । पर्यटन व्यवसायीदेखि एयरलाइन्स क्षेत्र पनि भारतको उडान पूर्ण रूपमा बन्द गरेर दुबई, साउदीलगायत देशमा भने उडान गर्नुपर्ने पक्षमा थिए ।

    नेपालमा चलेको राजनीतिक उतारचढावमा धेरै भिआइपीहरूलाई आउन सहज बनाउने गरी भारतीय उडान निरन्तरता दिइएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । पर्यटन मन्त्रालय पनि भारतको उडान दुई साताअगाडि नै बन्द गरेर मलेसिया, कतार, दुबईलगायत देशमा भने उडान सुचारु गर्ने पक्षमा रहेका थिए ।
    भारतसँगको एउटा ढोका खुला राख्दा भोलि अत्यावश्यक पर्दा सहयोग लिनका लागि सरकारले सोचेर दुईवटा उडान, क्वारेन्टिन र पिसिआरलाई कडाइ गर्ने गरी दुई उडान खोलेको हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘सबै ढोका बन्द गर्दा फेरि खोल्नुपरेमा, कुनै सहयोग तुरुन्तै लिनुपरेमा सहज हुन्छ भन्ने बुझाइ होला,’ पोखरेलले भने ।

    २ लाख ६५ हजार विदेशी तथा नेपाली भित्रिए
    विश्वका विभिन्न देशबाट नेपाल आउने विदेशी तथा नेपाली नागरिकको संख्या २ लाख ६५ हजार ८ सय ६९ जना रहेका छन् । जसमा अप्रिलमा ८० हजार ८ सय ९९, मार्चमा ७१ हजार २ सय ७०, फेब्रुअरीमा ५७ हजार ५ सय ५९ र जनवरीमा ५६ हजार १ सय ४१ जना रहेको विभागले जनाएको छ ।

    निषेधाज्ञाको ५ दिनमै उडानमार्फत २० हजारले उपत्यका छाडे
    ५ दिनसम्मको निषेधाज्ञामा सञ्चालन भएको आन्तरिक हवाई उडानबाट २० हजार ३ सय ६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । जसमा १६ गते पहिलो दिन ५ हजार ४ सय ५३ जना, १७ गते ४ हजार, १८ गते ३ हजार ९ सय ३७, १९ गते ३ हजार ९ सय ३४ र २० गते २ हजार ८ सय ९९ जनाले आन्तरिक उडानमार्फत काठमाडौं छाडेका हुन् । यसैगरी, निषेधाज्ञाको ५ दिनमै १३ हजार ६ सय ६१ जना आन्तरिक हवाईमार्ग हुँदै देशका विभिन्न ठाउँबाट काठमाडौं प्रवेश गरेका हुन् ।

    अप्रिलमा भारतबाट ७० प्रतिशत भारतीय पर्यटक
    अप्रिल महिनामा विदेशबाट २२ हजार ४ सय ५० पर्यटक भित्रिँदा भारतबाट मात्रै १३ हजार २ सय २ भारतीयहरू नेपाल भित्रिएका छन् । जुन ७० प्रतिशत पर्यटक भारतीय रहेको अध्यागमनको तथ्यांकमा रहेको छ । अप्रिल महिनामा अमेरिकाबाट २ हजार ७ सय ४०, चीनबाट ८ सय ३, रुसबाट ६ सय ८५, बेलायतबाट ५ सय ४०, युक्रेनबाट ३ सय १३, जर्मनीबाट २ सय १९ लगायत छन् । चार महिनामा नेपाल भ्रमणमा आउने विदेशी नागरिकको संख्या ५५ हजार ४ सय ४७ रहेको छ । मार्चमा १४ हजार ९ सय ७७, फेब्रुअरीमा ९ हजार १ सय ४६ र जनवरीमा ८ हजार ८ सय ७४ जना विदेशी नागरिक नेपाल भित्रिएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑