• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    बलिउडमा प्रवेशपछि रानू मण्डलले भनिन्, ‘मेरो जीवनबारे एउटा फिल्म बन्नसक्छ’

  • वीरगंज संजाल
  • Sep 2, 2019, 12:51 am
  • २७८७

    करिब ६० वर्ष अघि उनी एक राम्रो परिवारमा जन्मिएकी थिइन् । दुर्भाग्यले उनी आफ्नो आमा–बुवासँग अलग्गिइन् । पछि उनले एक भान्सेसँग विवाह गरिन् जो बलिउड स्टार फिरोज खानको घरमा काम गर्दथे । उनीसँग उनी पश्चिम बंगालबाट मुम्बई आइन् । तर त्यसपछि उनको परिवारमा फाटो उत्पन्न हुन थाल्यो र जसका कारण जीवनयापनका लागि उनको संघर्ष थप बढ्यो ।

    सन् २०१९ मा…

    आज त्यही रानाघाट रेलवे स्टेशनकी गायिका रानू मण्डल, एक इन्टरनेट र एक उदीयमान बलिउड गायिका हुन् । रानूले आइएएनएससँग मुम्बईसँग कुराकानी गरेकी छिन् । उनले आफ्नो तीब्र रुपमा बढिरहेका प्रशंसकसँग फेसबुक लाइभ सेसन पनि गरेकी थिइन् । उनले भनिन्, ‘मेरो जीवनको कहानीमा एउटा फिल्म नै बन्न सक्छ । यो एक विशेष फिल्म हुनेछ ।’

    केही हप्ताअघि मात्रै उनको एउटा भिडियो अनलाइनमा भाइरल भएको थियो जसमा उनी लता मंगेशकरको सदाबहार गीत ‘एक प्यार का नगमा हे’ लाई रेलवे प्लेटफर्ममा गाइरहेकी थिइन् । यो भिडियोमा विभिन्न च्यानल र म्युजिक कम्पोजरको ध्यान गयो जसमा हिमेश रेशमिया पनि संलग्न थिए । उनैले उनलाई प्लेब्याक गायिकाको रुपमा बलिउडमा लञ्च गरे । उनले रियालिटी शो ‘सुपरस्टार सिंगर’ को एक एपिसोडको पनि रेकर्डिङ गरे ।

    उनले सफलताको स्वाद भर्खरै चाखिरहेकी छिन् तर भिडियो भाइरल हुनुअघि उनको जीवन अर्कै थियो । उनी याद गर्दै भन्छिन्, ‘म फुटपाथमा जन्मिएकी होइन । म एक राम्रो परिवारकी थिएँ तर यो मेरो भाग्य नै भन्नुपर्छ कि ६ महिनामै म आमा–बुवाबाट अलग्गिएँ ।’

    याे पनि:

    उनलाई उनकी हजुरआमाले हुर्काएकी हुन् तर उनका लागि जीवन सहज थिएन ।

    रानू भन्छिन्, ‘हाम्रो घर थियो । तर तपाईंलाई थाहा होला कि घर चलाउन मानिसको आवश्यकता पर्छ । थुप्रै दिन एक्लोपनमा बित्यो । मैले निकै संघर्ष गरेँ तर मैले भगवानलाई सधैं विश्वास गरेँ । म परिस्थिती अनुसार गीत गाउँथे । गीत गाउने मौका पाएर मैले गीत गाएको होइन, मलाई गीत गाउन मन पर्दथ्यो त्यसकारण गाउँथे ।’ उनले याद गर्दै भनिन्, ‘म लता मंगेशकरको गीत सिक्थेँ । उनीहरुले मलाई सिकाएका होइनन्, मैले रेडियो र क्यासेटबाट सिकेको हुँ । ’

    वर्षौंपछि उनले विवाह गरिन् । रानूले भनिन्, ‘हामी विवाहपछि पश्चिम बंगालबाट मुम्बई सर्यौं । मेरा श्रीमान् नायक फिरोज खानको घरमा भान्से थिए ।’

    त्यतिबेला उनका छोरा फरदिन कलेज जान्थे । रानूले भनिन्, ‘उनीहरुले हामीलाई निकै राम्रो व्यवहार गर्दथे । आफ्नो परिवारको सदस्यजस्तै । ’ उनले मुम्बईमा आफ्नो जीवनको आनन्द लिइन्, नयाँ नयाँ फिल्म हेरिन् जसमा ज्याकी श्रोफको फिल्म ‘हिरो’ पनि थियो । तर त्यसपछि उनको परिवार टुट्यो र उनी आफ्नो गृहजिल्ला फिर्ता भइन् । अब अहिले उनी निकै खुसी छिन् । आफ्नी छोरीसँग छिन् । उनी भन्छिन्, ‘म निकै खुसी छु र राम्रो महसुस गरिरहेकी छु । मुम्बईमा संगीतको सुविधा मेरो लागि निकै महत्व राख्छ । ती निकै महत्वपूर्ण छन् । मेरो घरबाट मुम्बई आउनु र हवाई जहाजमा फर्कनु पनि कठिन छ । मुम्बईमा मेरो घर भएको भए राम्रो हुन्थ्यो । तर मैले यसबारे सोच्न आवश्यक छैन । भगवान हुनुहुन्छ ।’

    सलमान खानले उनलाई फ्ल्याट उपहारमा दिएको खबर फैलिएको थियो । यसबारे उनले भनिन्, ‘मैले अहिलेसम्म सलमानलाई भेटेकी छैन । तर उनको फिल्म ‘तेरे नाम’ निकै राम्रो फिल्म थियो ।’

    #bollywood#himesh reshamiya#ranu mondal#india

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • वीरगंज लगायत नेपाल भरिमा एक साथ भिभो कम्पनीको ‘भी २९’ सार्वजनिक
  • १६ जीबी र्‍याम भएको ‘बेन्को भी ९१’ स्मार्टफोन बारामा लंचिंग सम्पन्न
  • भारतीय फिल्मको प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑