• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

  • वीरगंज संजाल
  • Aug 25, 2026, 11:34 am
  • ०

    वीरगंज |  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोसी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर वराहक्षेत्र जोगाउन सरकारले विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाउने बताएका छन्।

    कोसी र मधेस प्रदेशमा ऊर्जा तथा जलस्रोतका आयोजना निरीक्षण तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा वराहक्षेत्र पुगेका मन्त्री श्रेष्ठले मन्दिरका पुजारी, जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीसँगको छलफलमा वराहक्षेत्र संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।

    मन्त्री श्रेष्ठले वर्षेनी कोसी नदीको कटान र नदीसँगै बगेर आउने गेग्रानका कारण वराहक्षेत्र धाम जोखिममा पर्दै गएको उल्लेख गर्दै यसको संरक्षणका लागि आवश्यक प्राविधिक अध्ययन तत्काल अघि बढाउने बताए।

    उनले भने, ‘वराहक्षेत्र धार्मिक आस्थाको महत्त्वपूर्ण धरोहर हो। यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छ। मन्दिर व्यवस्थापन समितिले यसअघि गरेको अध्ययनलाई मन्त्रालयका विज्ञ तथा प्राविधिक टोलीबाट अध्ययन गराएर त्यसैका आधारमा काम गर्न सकिने भए तत्काल कार्य अघि बढाइनेछ। थप अध्ययन आवश्यक देखिए त्यसलाई समेत छिटो पूरा गरी नदी नियन्त्रणको कार्ययोजना कार्यान्वयनमा लगिनेछ।’

    मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत वराहक्षेत्र संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नदी व्यवस्थापनका काम अघि बढाइने बताए। छलफलमा सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठले कोसी नदीको कटान र बाढीसँगै आउने गेग्रानका कारण वराह धाम, चतरालगायतका क्षेत्रमा बर्सेनि क्षति भइरहेको सुनाउँदै नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिन्।

    त्यस्तै मन्त्रालयका सचिव सरिता दवाडीले कोसी नदीको कटान नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै वराहक्षेत्र संरक्षणका लागि पनि योजनाबद्ध कार्यक्रम अघि बढाइने बताइन्।

    जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले मन्दिर व्यवस्थापन समितिले तयार गरेको डीपीआर विभागले अध्ययन गर्ने जानकारी दिए।

    उनले प्राविधिक अध्ययनबाट थप काम आवश्यक देखिए त्यसअनुसार नयाँ अध्ययन गरी वराहक्षेत्र संरक्षणका लागि तटबन्ध तथा नदी नियन्त्रणका संरचना निर्माण गरिने बताइन्।

    कोसी र कोका नदीको संगममा अवस्थित वराहक्षेत्र नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक तीर्थस्थलमध्ये एक हो।

    भगवान् विष्णुले वराह अवतार धारण गरी पृथ्वीको उद्धार गरेको धार्मिक विश्वाससँग जोडिएको यस क्षेत्रको महिमा विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ।

    वराहक्षेत्रमा वर्षभरि देश तथा विदेशबाट श्रद्धालुहरू पूजाआजा तथा स्नानका लागि आउने गर्छन्। धार्मिक आस्था र पौराणिक महत्त्वसँगै सप्तकोसी को प्राकृतिक सौन्दर्यका कारण वराहक्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण गन्तव्य मानिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑