एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्याचेष्टर सिटीले सहज जित निकालेको छ । शनिबार भएको खेमला सिटीले ब्राइटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिटीको घरेलु मैदान सिटी अफ म्यान्चेस्टर स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । त्यस्तै केभिन डी ब्रर्यन र ब्रर्नान्डो शिल्भाले एक–एक गोल गरे ।
सिटीले खलको दोस्रो मिनेटमा नै डी ब्रर्यनको गोलबाट अग्रता बनाएको थियो । खेलको ४३ औँ मिनेटमा सिटीका लागि अग्युरोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । निकैनै रोमाञ्चक खेलको ५५ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३–० मा ल्याएका थिए । सिटीका लागि खेलको ७९ औँ मिनेटमा सिटीका लागि चौथो गोल गर्दै सहज जित दिलाए ।
जितसँगै चार खेल खेलेको सिटी १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पराजित ब्राइटन चार खेलबाट ४ अंक सहित १६ औँ स्थानमा छ ।