• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

  • वीरगंज संजाल
  • Jul 13, 2026, 6:10 pm
  • ०

    वीरगंज | युरोपको पश्चिमी भागमा चर्को गर्मीका कारण जुन महिनाको अन्त्यतिर १० हजार भन्दा बढीको मृत्यु भएको छ।

    आधिकारिक तथ्याङ्कले अरू वर्षमा हुने मृतकको संख्याभन्दा यस वर्षको जुनमा थप १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको देखायो भनेर समाचार संस्था रोएटर्सले जनाएको छ।

    यसरी ज्यान गुमाउने मध्ये ९ हजार भन्दा बढी ६५ वर्ष र त्यसभन्दा माथिल्लो उमेर समूहका रहेको युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल र विश्व स्वास्थ्य सङ्गठनको सहयोग प्राप्त नेटवर्क युरोमोमोद्वारा प्रकाशित तथ्याङ्कले देखाएको छ।

    अत्यधिक गर्मीले ‘हिट स्ट्रोक’ हुने वा मुटु र श्वासप्रश्वास सम्बन्धी रोगहरूलाई थप जटिल बनाएर मानिसको ज्यान लिन सक्छ। यस्तो जोखिम सबैभन्दा बढी वृद्ध वृद्धाहरूलाई हुन्छ।

    २७ युरोपेली देशहरूको राष्ट्रिय मृत्युदरको तथ्याङ्कलाई संकलन गरी तयार पारिएको यो विवरणमा जुन २२ देखि २८ को हप्तामा केवल गर्मीका कारण भएका मात्र नभएर सबै कारणले भएका थप मृत्युहरू समावेश छन्। सो हप्ता फ्रान्स, स्पेन, बेलायत र अन्य देशहरूमा गर्मी उच्च बिन्दुमा पुगेको थियो।

    तर वैज्ञानिकहरूका अनुसार त्यस हप्तामा अत्यधिक मृत्युको सङ्ख्या १०,६५० पुग्नुमा कोभिड-१९ को प्रकोप जस्ता अन्य कुनै ज्ञात ठुला कारकहरूको भूमिका थिएन।

    जुनको अन्त्यतिरको अत्याधिक गर्मीको लहर मानव-सिर्जित जलवायु परिवर्तन बिना लगभग असम्भव जस्तै भएको वैज्ञानिकहरूले भनेका छन्।

    यसअघि यो वर्ष जर्मनीमा मात्रै गर्मीका कारण अनुमानित ५,१२० जनाको मृत्यु भएको समाचार आएको थियो। त्यसमध्ये अधिकांशको मृत्यु जुन महिनाको अन्त्यतिर भएको समाचार संस्था रोएटर्सले जनाएको थियो।

    चिसो हावापानी भएको जर्मनीमा औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरै माथि पुगेको भनेर सार्वजनिक स्वास्थ्यका लागि रोबर्ट कोच इन्स्टिच्युटले केही दिन अघि बताएको थियो।

    इन्स्टिच्युटले आफ्नो साप्ताहिक प्रतिवेदनमा जनाए अनुसार मृत्यु हुनेमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष र सोभन्दा माथिका थिए।

    पुरुषको तुलनामा महिलाको बढी मृत्यु भएको छ। त्यसको मुख्य कारण वृद्ध जनसंख्यामा महिलाहरूको हिस्सा बढी हुनु हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
  • महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑