वीरगंज | धनकुटास्थित धनकुटा नगरपालिका–६, अमलेटारमा स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो ।
नेपालमै पहिलोपटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यसहित २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो ।
उक्त क्षेत्रमा उद्योग सञ्चालनका लागि हाल १४ वटा ब्लक निर्माण गरिएका छन् । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिए पनि हाल १४ मध्ये ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् ।
औद्योगिक ग्रामको पूर्ण क्षमतामा उपयोग हुन नसक्दा स्थानीय कच्चापदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्यसमेत अपेक्षाअनुसार हासिल हुन सकेको छैन ।