• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दैनिक समातिन्छ तस्करीको सामान, समातिँदैनन् तस्कर

  • वीरगंज संजाल
  • Oct 5, 2023, 9:36 am
  • ६४९

    वीरगंज | नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा भारतबाट भान्सार छलेर भित्र्याइएको ठुलो परिमाणमा तस्करीको मालवस्तु दैनिक रूपमै पक्राउ पर्ने क्रम बढेको छ ।

    राजस्व अनुसन्धान, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विभिन्न नाकाहरूबाट तस्करी गरी भित्र्याइएको खाद्यान्न सामग्री, लत्ताकपडालगायत मालबस्तु सीमानाका वा ढुवानीका साधनबाट दैनिक रूपमै पक्राउ गरेका हुन् ।

    असोज १५ गते सोमबार पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी भित्र्याएर वीरगन्जस्थित जय माँ गल्ला स्टोरमा भण्डारण गरी राखिएको ठुलो परिमाणको खाद्यान्न सामग्री केराउ बरामद गर्यो ।

    वीरगन्ज महानगरपालिका–१६ स्थित रेल्वे सडक खण्डमा अजय साहले सञ्चालन गरेको जय माँ गल्ला स्टोरबाट ९३ बोरा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । २५ किलोको दरले ९३ बोरा गरी २ हजार ३ सय २५ किलो केराउ बरामद गरी थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक शाहले बताए ।

    अहिले दैनिकजसो भन्सार छली गरेर पर्सामा भित्र्याइएका तस्करीका मालवस्तुलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि सम्बन्धित निकायको जिम्मा लगाउने कार्य गरिएको प्रहरी उपरीक्षक शाहले बताए ।

    त्यसैगरी असोज ११ गते भन्सार छलीका मालवस्तु बोकेर वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना४ख ११२५, ना६ख ३०२४, ना६ख ७१ र बा४ख ११२५ नम्बरका गरी चारवटा मालवाहक ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिन सफल भयो । तस्करीको मालवस्तु ढुवानी गरी हरेको अवस्थामा नियन्त्रणमा लिएको चारवटै ट्रकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको ट्रकहरूमा करोडभन्दा बढीका मालवस्तु रहेको दाबी उपरीक्षक काफ्लेले गरे ।

    जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएका कपडालगायत विभिन्न मालवस्तु वीरगन्जबाट लोड गरेर हेटौंडातर्फ जाँदै गरेका तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

    जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगन्जमा चेकजाँचका क्रममा ट्रकमा लोड गरिएको मालवस्तुको भन्सार प्रज्ञापनपज्ञलगायत कागजपत्र नभेटिएपछि ना६ख ८९, ना३ख ७३११ र ना३ख ४५३० गरी तीनवटै ट्रक लोड गरिएको मालवस्तुहरूको भन्सार प्रज्ञापन पत्र ट्रकचालकसँग नभेटिए पनि नियन्त्रणमा लिएको तीनवटै ट्रकलाई थप अनुसन्धनका लागि राजस्व अनुसन्धानको कार्यालय पथलैया पठाइएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका तीनवटा ट्रकमा ७१ लाखभन्दा बढीको मालवस्तु रहेको र राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट मालवस्तुसहित ती ट्रकलाई राजस्व अनुसन्धान विभागले काठमाडौं लगेर कारबाही प्रक्रियामा राखेको उपरीक्षक काफ्लेले बताए ।

    तस्करी र सीमाअपराध नियन्त्रणको मुख्य भूमिकामा रहेका सशस्त्र प्रहरीले पनि अहिले दैनिकजसो मधेस प्रदेशका विभिन्न नाकाबाटभित्र्याइएका भन्सार छलीका मालवस्तु नियन्त्रणमा लिनने कार्यमा तीव्रता दिएको सशस्त्र प्रहरी बल मधेस प्रमुख छिनमस्ता बाहिनीका बाहिनीपति दीपक शाहले बताए ।

    नेपालको मुख्य नाका रहेको पर्साको वीरगन्जबाट दैनिक तस्करी र न्यून बिलबिजक भएका मालबस्तुलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि त्यसलाई वीरगन्ज भन्सार र राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बाहिनीपति शाहले बताए ।

    भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर लुकाइछिपाई राखिएको सूचनाको आधारमा मंगलबार सशस्त्र प्रहरीको टोलीले ८० लाख रूपैयाँबराबरको ७८ पोका कपडा बरामद गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको बाहिनीपति शाहले बताए ।

    गत आइतबार मात्रै सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धानको टोलीले सिरहाको माडरनजिकैबाट करोडौंको कपडा ट्रकमा लोड गरी काठमाडौं लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताए ।

    यस्तै शनिबार बिहान पनि सिरहाको माडरस्थित एक विद्यालय परिसरको आँप बगैंचाबाट ५० लाख रूपैयाँबराबरको कपडा नियन्त्रणमा लिइएको दाबी शाहले गरे ।

    सशस्त्रका एसपी र डिएसपी बाहिनीमा तानिए

    सिरहा जिल्लामा पछिल्लो चार दिनयता ठूलो परिमाणमा अवैध कपडालगायत मालवस्तु बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक भारती र सशस्त्र प्रहरी नायब उपरीक्षक खड्का बाहिनीमा तानिएका छन् । सिरहामा तस्करीको सामान कसरी भित्रियो भन्नेबारे सोधपुछ गर्न बाहिनी बोलाइएको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति दीपेन्द्र शाहले बताएका छन् ।

    बरामद गरिएको कपडालगायत मालवस्तु भित्र्याउने कार्यमा संलग्नता देखिए कारबाही हुने शाहले बताए । अहिले गण नम्बर ७ मा डिएसपी दीपेन्द्र थापालाई पठाइएको छ । सशस्त्र एसपी भारतीसँगै अन्य केही सशस्त्र प्रहरी अधिकारीलाई पनि सिरहाबाट बाहिनीमा सोधपुछका लागि तानिएको बाहिनी स्रोतले बताएको छ ।

    यस्तै सशस्त्र प्रहरी बल माडर सिरहामा रहेका डिएसपी रामहरि खड्का पनि बाहिनी तानिएका छन् । भारतसँग खुला सीमाका कारण तस्करहरूले ठुलो परिमाणमा कपडालगायत मालवस्तु भित्र्याउन सफल भए पनि त्यसलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भइरहेको बाहिनीपति शाहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑