• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    व्यापारव्यवसाय ठप्प, महंगीले जनताको ढाड सेक्यो, सरकार अझै पनि किन बन्दै छ मुकदर्शक !

  • वीरगंज संजाल
  • Oct 5, 2023, 9:17 am
  • ५०९

    वीरगंज । रुषा थापा। अहिले बजारमा व्यापारीहरु भन्छन्, ‘मन्दी आयो । व्यापार नै भएन ।’ अधिंकाश मानिसहरु त पाँच सय र हजारको नोट हाहाकार हुन थालेको समेत बताउँछन् । कतिपय त कयौं महिनादेखि पाँच सय र हजारको नोट नदेखेको पनि बताउँछन् । अहिले काठमाडौं उपत्यकाभित्र होस् या बाहिर ६० प्रतिशत सटर खाली भइसकेका छन् ।

    जसोतसो खुलिरहेका पसलहरुमा पनि व्यापार छैन । ग्राहक आउने आशाले बिहानै खाना नखाई आएका व्यापारीहरु बेलुका रित्तो हात फर्किनुपर्ने अवस्था छ । तीन वर्षअघि दिनमा दशौं लाखको व्यापार हुने पसलमा अहिले त कहिलेकाँही त बहनी समेत नहुने बताइन्छ । व्यापारीहरु एउटा सटरको सटर मासिक २० हजारदेखि ११ लाखसम्म रहेको बताउँछन् ।
    तर, व्यापारमा आएको मन्दीका कारण छ महिनादेखि वर्षो दिनदेखि भाडा नतिरेको उनीहरुको भनाइ छ । व्यापार ठप्प भएपछि कोठा भाडा, बालबच्चाको फिसका साथसाथै बिहानबेलुकाको छाक टार्न समेत धौंधौं गरेको उनीहरु दुःखसो गर्छन् । अहिले जोकोही मुलुकको अर्थतन्त्र डामाडुल अवस्थामा पुगेको बताउँछन् ।

    मुलुक श्रींलकाभन्दा नाजुक अवस्थामा पुगेको अधिंकाशको ठहर पनि छ । अहिले महंगी, बेरोजगारी र मन्दीका कारण मानिसहरुले बोरामा चामल किन्न छोडेका छन् । उनीहरु किलोमा चामल किन्छन् । कतिपयले हरियो सागसब्जी खान छोडेका छन् भने कतिपय अभिभावकहरु आफ्ना सासाना बालबच्चालाई मात्र खाना खुवाएर भोकै सुत्छन् ।

    दुध, दही व्यापारीहरु पहिलापहिला लिटरको लिटर बिक्री हुने दुध र दही अहिले बल्लतल्ल आधा लिटर बिक्री हुने बताउँछन् । त्यस्तै, मासु पसलको व्यापारमा पनि गिरावट आएको पाइएको छ । मासु व्यापारीहरु भन्छन्, ‘पहिलापहिला एकै मानिसले दुई–तीन केजीसम्म मासु लग्ने गथ्र्यो । त्यो पनि दिन बिराएर । तर, अहिले त पाउ वा आधा केजीमा मात्र मासु बिक्री हुने गरेको छ । अधिंकाश ग्राहक त महिना दिनमा समेत आउँदैनन् ।’
    आमनागरिकहरुले घर बाहिर गएर होटल, रेस्टुरेन्टमा खान पनि छोडेका छन् । यता, महिलाहरुको सधैं भीड लाग्ने ब्युट्री पालर पनि अहिले सुनसान देखिन्छ । केही वर्षअघिसम्म मानिसहरु सपिङ्ग गर्न भाटभटेनी, सुपरमार्केट र बिग मार्ट जान्थे । तर, अहिले आफ्रनै घरअगाडिको किराना पसलमा जान्छन् ।

    अहिले मानिसहरु साँझ परेपछि घरबाट बाहिर निस्कन्छन् । चोकचोक पुग्छन् । अनि हरियो तरकारीको मोलमोलाई गर्न थाल्छन् । जसले सस्तोमा दिन्छ, उसैबाट तरकारी खरिद गर्छन् । दुई वर्षअघिसम्म मानिसहरु माछा, मासु, दही, पनिर, अचार, दाल, सागसब्जीलगायत अन्य खानेकुराहरु नभएसम्म खाना खादैँनन् थिए । तर, अहिले त मानिसहरुलाई बिहानबेलुका दाल, भात खान समेत हम्मेहम्मे परेको छ । मासु, दही र अचारबिना खाना नखानेहरु अहिले दाल, भात पाएपनि खुशी हुन्छन् ।

    एकथरी मानिसको घरमा अहिले दाल, भात र तरकारी पाक्छ, अर्काथरी मानिसहरु चामलमा नुन, पानी हालेर त्यसैलाई पकाएर खान्छन् । पछिल्लो समय पेटभरी खाना खाने भनेको सरकारी कर्मचारी, पेन्सनवाला र राजनीतिक दलका नेता मात्र हुन् । आम सर्वसाधारण कि त आधा पेट खाना खाएर हिडँछन् होइन भने भोकभोकै हिडँछन् र सुत्छन् पनि ।
    मानिसलाई बाँच्नका लागि नभई नहुने भनेको खाद्यान्न हो । खाद्य धनी र गरिब दुवैलाई आवश्यक पर्छ । तर, पछिल्लो समय खाद्यान्नकै मूल्य छोइनसक्नु छ । नेपालको अधिंकाश खेतीयोग्य जमिन घर र बाटो बनाएर सकियो । भएको खेतीयोग्यको पनि सदुपयोग हुन सकेको छैन ।
    कृषकहरु विदेश पलायन भएका छन् भने गाउँमा जमिन बाँझो छ । जसका कारण मुलुक खाद्यान्नमा भारतलगायत अन्य देशमा परनिर्भर हुनुपर्ने अवस्था छ । हामी नेपाली नागरिकता बोक्छौं । नेपाली हौं भनेर गौरव गछौं । तर, छिमेकी मुलुकमा फलेका खाद्यान्न आफ्नो भान्छामा पकाउँछौं ।
    अहिले त नुनदेखि सुनसम्मै छिमेकी मुलुकलगायत अन्य देशबाट आयात गरिरहेको छ, हाम्रो देश । छिमेकी मुलुकले खाद्यान्न नपठाएको खण्डमा यहाँ भोकमारी लाग्ने पक्का नै छ । त्यस्तै, छिमेकीले ग्याँस, पेट्रोल, डिजेल नपठाएमा पनि यहाँ हाहाकार हुन्छ । हामी आत्मनिर्भर छैनौं । हाम्रो देश आत्मनिर्भर छैन ।

    राष्ट्र बैंकले पाँच सय र हजारको नोट वर्षेपिच्छे छाप्छ । बजारमा पठाउँछ । तर, कति नोट बजारमा छ र कति नोट लुकाइयो भन्ने तथ्ंयाक राष्ट्र बैंकसँग छैन । न त अर्थ मन्त्रालयसँग नै छ । अहिले मानिसहरुले हजार र पाँच सयको नोट घरघरमा लुकाएको बजारको स्थितिले देखाउँछ । बैंक तथा वित्तिय संस्थाको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा रहेको छ ।

    आजभन्दा तीन वर्षअघि बैंक र सहकारीले आँखा चिम्लेर घुसको लोभमा यी क्षेत्रमा कर्जा प्रवाह गप्र्यो । तर, आज यसको आएको मन्दीका कारण उनीहरु घाटामा गएका छन् । उनीहरु न कर्जा उठाउन सकेका छन् न धितो बिक्री नै भएको छ ।

    तीन वर्षअघि पाँच करोडमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर सस्तोमा बेच्छुभन्दा करोडमा समेत बिक्री नभएको सुनिन्छ । ३२ सयमा किनेको सेयर १५ सयमा बिक्री हुन्न त दश लाखमा किनेको गाडी लाख रुपैयाँमा बिक्री हुदैँन । बजार पूरै मन्दीका गएको छ ।
    जसका कारण बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । यातायात र मालपोत कार्यालय सुनसान छ । जबकी राजस्वको अड्डा भनेर यी निकायलाई पनि चिनिन्छ । यस्तो अवस्था निम्तिँदा पनि प्रधानमन्त्री प्रचण्ड चुपचाप छन् ।

    यता, अर्थमन्त्री डा.प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी त झनै मुकदर्शक भएका छन् । विदेशी ऋण २३ खर्ब ९ अर्ब बढी भइसकेको छ । अझै पनि सरकार ऋण उठाउनमै व्यस्त छ । प्रत्येक नेपालीको टाउकोमा ८० हजार विदेशी ऋण पुगिसकेको छ । चाहेँ त्यो नेपालमा बसेका नेपालीको टाउकोमा होस् या विदेशिएका ।
    विदेशी मुलुकसँग लिएको ऋणको साँवा, ब्याज तिर्न सक्ने अवस्थामा सरकार छैन । सरकार एउटा देशसँग ऋण लिएर अर्को देशसँग लिएको ऋणको साँवा, ब्याज र किस्ता तिर्ने काम गरिरहेको छ । जनताले तिरेको कर पनि अपुग भएपछि सरकारी कर्मचारी, जनप्रतिनिधिहरुलाई तलबभत्ता र सेवासुविधा खुवाउन ऋणको भारी बोकिरहेको छ, हाम्रो देश ।
    नेपाल डुबिसकेको छ । मुलुकको अर्थतन्त्र पाकिस्तान र श्रींलकाभन्दा नाजुक अवस्थामा पुगिसकेको छ । जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । कतिपय त देशै छोडेर भागेका पनि छन् । सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम खाइदियो । बैंक पनि घाटामा भएपनि धमाधम कर्मचारी कटौती गरिरहेको छ ।

    दुई वर्षअघि सयौं नागरिकलाई रोजगारी दिएका व्यवसायीहरु अहिले आफैं पलायन भएका छन् । हाम्रो देशमा कलकारखाना, उद्योग छैन । नेपालीहरु दिनहुँ खाडी मुलुक पलायन छन् । चाहेँ त्यो महिला नै होस् या पुरुष । देशमा रोजगारी नभएपछि आफ्नो दुधे बच्चा छोडेर महिलाहरु खाडी गएका छन् ।

    आफ्ना बुढाबूढी वा रोगी आमाबुबा छोडेर विदेश पलायन हुनुपर्ने बाध्य अहिले हरेक नेपालीको घरमा छ । १८ वर्षदेखि ४५ वर्षसम्मका मानिसहरुको अहिले रोजगारीका लागि खाडी मुलुक जान एयरपोर्टमा भीड लागेको छ ।
    मुलुकमा रोजगारी नभएपछि वा मुलुकप्रतिको सम्पूर्ण आशा मरेपछि नेपाली जनता दिनहुँ हजारौंको संख्यामा विदेशिएका छन् । अनि त्यँही नेपालीले तिरेको करमा सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु मोजमस्ती गरेका हिँडेका छन् । कामबिना तलबभत्ता पचाएका छन् भने अगाडिपछाडि सुरक्षाकर्मी राखेका छन् ।

    सर्वसाधारण जनता मुलुक यो अवस्थामा पुग्नुमा सरकारी कर्मचारी र राजनीतिक दलका नेताकै हात रहेको आरोप लगाउँछन् । अहिले पनि मुलुकको अवस्थाबारे राजनीतिक दलका नेताहरु झुठ बोलिरहेका छन् । चाहेँ त्यो प्रधानमन्त्री प्रचण्ड नै होस् या एमालेका अध्यक्ष केपीशर्मा ओली ।
    त्यस्तै, शेरबहादुर देउवा, माधवकुमार नेपाल र रवि लमछिानेले पनि जनतामा भ्रम सिर्जना गर्नुबाहेक अरु केही गरेका छैनन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि नारायणहिटी दरबार छोडेपनि जनताले नै तिरेको करबाट तलबभत्ता खाएका छन् । सुरक्षाकर्मी राखेका छन् भने घुमफिर पनि गरेका छन् ।
    अहिले कति जनता महंगी र बेरोजगारीका कारण भोकै सुतेका छन् भनेर न प्रचण्डलाई थाहा छ न पूर्व राजा ज्ञानेन्द्र शाहलाई । यता, केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल र रवि लामिछाने त झन् जनताले तिरेको करमा दर मार्न आएका हुन् । यतिले मात्र नपुगेर विदेशीसँग ऋण उठाइउठाई मोजमस्ती गरिरहेका छन् उनीहरु ।
    हाम्रो देशको अधिंकाश भूभाग छिमेकी मुलुक भारत र चीनले कब्जा गरिसकेको छ । तर, नेपाली सेना जनताले तिरेको करबाट तलबभत्ता खाएर ब्यारेकभित्र बसेको छ । अनि देशको लागि यहाँ को छ ? कसले जनताको हितमा काम गर्छ ? यो प्रश्न आफैं अन्योलमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑