• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रक्सौल-काठमाडौं रेलमार्ग पाँच वर्षमा तयार हुने

  • वीरगंज संजाल
  • Oct 4, 2023, 2:38 pm
  • ७०९

    वीरगंज | भारतले रक्सौल–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अनुसार पाँच वर्षभित्र रेल मार्ग तयार गरी नेपाललाई बुझाइसक्ने लक्ष्य राखेको छ ।नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएमा सन् २०२४ देखि पहिलो चरणको काम सुरु गर्ने बताइएको छ ।

    भारतको कोंकण रेल्वे कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार भारतले चार हजार करोड भारतीय रुपैयाँमा पाँच वर्षभित्र सो रेल मार्ग तयार गरेर नेपाललाई सुम्पिने छ ।

    नेपालस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार रक्सौलदेखि काठमाडौँसम्म रेलवे लाइनको दुरी १७०.९६ किलोमिटर छ । त्यसमा रक्सौलदेखि शिखरपुरसम्म सिङ्गल लाइन हुन्छ भने शिखरपुरदेखि काठमाडौँसम्म डबल लाइन हुने बताइएको छ ।

    विस्तृत परियोजना अनुसार ९०.०६५ किलोमिटर सिङ्गल लाइन र ४६.७२५ किलोमिटर डबल लाइन रहनेछ । शिखरपुरदेखि काठमाडौँसम्मको डबल लाइनको दुरीमा ३१ ठाउँमा सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको ती अधिकारीले बताए । त्यो सुरुङ मार्ग ४०.८६५ किलोमिटर हुन्छ ।

    विस्तृत परियोजना (डीपीआर) का अनुसार रक्सौलदेखि काठमाडौँसम्म विभिन्न १८ वटा ठुला पुल निर्माण गर्नुपर्ने हुन्छ भने १०१ स्थानमा मध्यम र १२२ स्थानमा साना साना पुल निर्माण गर्नुपर्ने हुन्छ । पूरै रेलमार्गमा दुई ‘ओभरहेड’ र १७ ठाउँमा अण्डरपास बाटो बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

    यो रेल मार्गमा १२ वटा रेल्वे स्टेशन हुने परियोजनामा उल्लेख छ । प्रस्तावित परियोजना अनुसार यो रेलमार्गमा यात्रुवाहक रेल प्रतिघण्टा १२० किलोमिटरको गतिले चल्नेछ भने मालबाहक रेल प्रतिघण्टा ८० किलोमिटरको रफ्तारमा चल्नेछ ।

    यो रेल मार्ग निर्माणको सम्पूर्ण खर्च भारतले ब्यहोर्ने यसअघि नै सहमति भइसकेको हो । विस्तृत परियोजना तयार गर्दा पनि त्यसको सम्पूर्ण खर्च भारतले नै व्यहोरेको छ ।

    सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला यो रेलमार्गको बारेमा सम्झौता भएको थियो भने पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले विस्तृत परियोजना सुम्पिएको थियो ।साभार:राताेपाटीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑