वीरगंज । इस्लाम धर्मावलम्बीहरूको पर्व मोहम्मद डेको अवसरमा नव जनकल्याण युवा सञ्जाल, एनबी फाउन्डेसन र निर्मल जलद्वारा सर्बत (जुस) वितरण गरिएको छ । मोहम्मद डेका अवसरमा निकालिएको र्यालीमा सहभागीहरूलाई तिन वटै संस्थाका प्रतिनिधिहरूले जुस वितरण गरेका हुन् ।
संस्थाका प्रतिनिधिहरूका अनुसार एक हजरा भन्दा पनि बढी सहभागीहरूलाई जुस वितरण गरिएको थियो । जुस वितरण पश्चात् भएको फोहरलाई पनि संस्थाका सदस्यहरूले सफा गरेका थिए ।
नव जनकल्याण युवा सञ्जालका अध्यक्ष सागिर अलिको नेतृत्वमा गरिएको कार्यक्रममा एनबी फाउन्डेसनकी अध्यक्ष प्रीति तिवारी, दिलखुस देवान, राजु गुप्ता, अङ्कित मिश्र, सुशील साहलगायतको सहभागिता रहेको थियो ।