• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जसपा पर्साको अध्यक्ष सिंघासन साह नेतृत्वको कार्यसमिति अवैधानिक : मधेश प्रदेश अध्यक्ष यादव

  • वीरगंज संजाल
  • Sep 28, 2023, 3:30 pm
  • ४३७

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साको एउटा समूहले बुधबार सिंघासन साह तेलीको नेतृत्वमा गठन गरेको कार्यसमिति अवैधानिक रहेको मधेश प्रदेश समितिले जनाएको छ । जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले पर्सामा तेलीको नेतृत्वमा गठन भएको जिल्ला कार्यसमिति नै अवैधानिक रहेको बताएका छन् । वीरगंज संजालसँगको कुराकानीमा मधेश प्रदेश समितिका अध्यक्ष यादवले भने, ‘पर्सामा अहिले प्रदेश समितिबाट नयाँ कुनै जिल्ला कार्यसमिति गठन भएको छैन, रामनरेश यादवको अध्यक्षतामा पहिलादेखि नै कार्यसमिति छ । पार्टीले अहिलेसम्म त्यसैलाई मान्यता पनि दिएको छ। त्यसकारण अरु कुनै नयाँ बनेको जिल्ला कार्यसमिति वैधानिक होइन ।’

    उनका अनुसार पर्सामा गठन भएको नयाँ जिल्ला कार्यसमितिबारे प्रदेश समितिलाई जानकारी समेत छैन् । उनी भन्छन्, ‘विधान अनुसार जिल्ला कार्यसमिति गठन हुँदा त्यहाँ प्रदेश समतिको प्रतिनिधि हुन्छ, उसैको रोहबरमा समिति गठन भएको हुनुपर्छ। जसलाई नै पार्टीलाई आधिकारिकता दिएको हुन्छ । तर पर्साको हकमा त्यो भएको छैन्।’त्यसकारण रामनरेश यादवबाहेकको कुनै समिति आधिकारिक नभएको उनको भनाइ छ । उनका अनुसार पार्टी विधानमा प्रदेशले जिल्ला अधिवेशन गराउँने व्यवस्था छ । पर्सा जिल्लामा बुधबार भएको समानान्तर कमिटि गठनबारे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

    वीरगंज संजालसंगको कुराकानीमा पार्टी अध्यक्ष यादवले भने,‘अहिले काँही पनि नयाँ कार्यसमिति गठन भएको छैन, यदि कुनै जिल्लामा कसैले गरेको छ भने त्यो मलाई जानकारी छैन्।’ उनका अनुसार अहिले पार्टीमा प्रदेश संरचनामा गइसकेकाले अब जे हुन्छ, प्रदेश समितिकै निर्णय अनुसार हुन्छ । प्रदेश समितिका प्रवक्ता सुशिल यादवले पनि पार्टीबाट आधिकारिक जिल्ला समिति विस्तार नभएको बताए । पार्टी विधान अनुसार रामनरेश यादव नै जिल्ला अध्यक्ष रहेको हुनाले यादव नै पार्टी अध्यक्ष रहेको उनी बताउँछन् ।

    पर्सा जसपामा आन्तरिक विवाद चुलिएको छ । जसपा तदर्थ समितिका अध्यक्ष र केन्द्रिय सदस्य दुई समूहमा विभाजन भएपछि विवाद चर्किएको हो । बीरगन्जमा जसपाले अध्यक्षसहित नयाँ कार्यसमिति विस्तार गरेपछि विवाद सतहमा आएको हो । नयाँ कार्यसमितिको चयन भएपछि जसपा अहिले २ खेमामा विभाजित भएको छ । एउटा खेमा सांसद प्रदीप यादवको नेतृत्वमा खडा भएको छ भने अर्को जिल्ला अध्यक्ष रामनरेश यादवको । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका यादवको पक्षमा बीरगन्जका मेयर राजेशमान सिंह छन् भने जिल्ला अध्यक्ष यादवको समूहमा पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरु छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑