• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा धार्मिक सहिष्णुता कायम राख्न निकालियो ‘सदभाव रयाली’ (फोटो फिचर)

  • वीरगंज संजाल
  • Sep 25, 2023, 2:08 pm
  • ६०९

    वीरगंज । वीरगन्जमा केहिदिन यता दुई फरक धर्मका समुदायबिच तनाव बढ्दै गएपछि सोमबार ‘सद्भाव रयाली’ निकालिएको छ । सर्लाहीको मलंगवामा गत बिहीबार गणेश चर्तुथीको मूर्ति सेलाउन क्रममा दुई समुदायबिच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमापनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा गत शनिबार हिन्दुवादीहरुले वीरगन्ज बजार बन्द गराउनुका साथै प्रदर्शनपनि गरेका थिए ।

    यसैलाई मध्यनजर गरी वीरगन्जमा सोमबार वीरगन्ज महानगरपालिकाको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट सुरु भएको ‘सद्भाव रयाली’ पशुपति घोष चोक ,आदर्शनगर चोक , घडीअर्वा , माईस्थान चोक , घण्टाघर चोक हुदैं नगर परिक्रमा गरेको थियो ।

    ‘सद्भाव रयाली’ मा प्रतिनिधीसभा सदस्य प्रदीप यादव , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम , राजनीतिक दलका नेता, महानगरपालिकाका कर्मचारी , शिक्षक–शिक्षिका ,नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी ,सञ्चारकर्मी लगायतको सहभागीता थियो ।‘सद्भाव रयाली’ मा सहभागीहरुले ‘ धार्मिक सद्भाव कायम गरौंै ’ सामुदायिक सदभाव कायम राखौं’ ‘हिन्दूू–मुस्लिम भाई भाई’ लगायतका नारापनि लगाएका थिए ।

    नगरपक्रिमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो ।वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सहायक प्रजिअ शीव प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै वीरगन्जमा धार्मिक उन्माद बढाउने, सदभाव विगार्ने तथा शान्ति सृुरक्षामा खलल पुग्ने गरी जनजिवन प्रभावीत पारी अशान्ती मच्चाउने व्यक्ति तथा समुह सक्रिय रहेकोले त्यस्ता उच्छृङखल गतिविधिमाथि संलग्न जुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

    ‘वीरगन्जमा सदियौंदेखी हिन्दु र मुस्लीमबिच आपसी सद्भाव र भाईचारा रहिआएकोमा केहि समयदेखी दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केहि सिमित व्यक्तिहरुबाट आपसी सद्भाव र भाईचारा विथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्द अवाञ्छीत गतिविधि गर्ने क्रम बढ्दै गएको,समाजमा रहेको अमनचयन र शान्ती भङ्ग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने, विभाजीत गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रब्य दृष्य सामाग्रि समेत पोष्ट गरीरहेकोले त्यस्ता व्यक्ति तथा समुह विरुरु साईबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग गर्दछौं , ज्ञापनपत्रमा उल्लेख छ ।

    सद्भाव ¥यालीमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, , नेपाली कांग्रेसका नेता श्याम पोखरेल, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगन्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायतकोपनि सहभागीता थियो ।

    यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमापनि वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका रयाली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑