• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु

  • वीरगंज संजाल
  • Sep 25, 2023, 2:01 pm
  • ५२५

    वीरगंज । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीले पाण्डेपुर र पिडारी सिमानाकाबाट भारतीय नामुदत राँगाभैंसी तस्कर महादेव यादवलाई लाईन दिएको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र पुर्व अध्यक्ष जालिम मिया बिच बिगत केहिदिन देखि वापसीबिवादका कारण र प्रहरी प्रशासनको माथिल्लो निकायसम्म तस्करीको भैंसी आउने गरेको सूचना पुगेपछि सिमानाका तथा बजारमाथी निगरानी गरेर कडाई गर्न पत्रसहितका आदेश आएपछि बन्द रहेको पशु हार्ट बजार पुन १५ दिन देखि संचालनमा आएको छ । पर्साको ग्रामीण भेगमा रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरी र स्थानीय प्रहरी चौकीका इन्चार्जहरुको मिलोमतोमा रातभर भारतबाट नेपालतर्फ मासुजन्य रोगी राँगाभैंसीको तस्करी भइरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

    त्यस्तै बारुदजन्य पटाखा, काजु, किसमिस , चिनी, रजनीगन्धा, पानपराग, किराना सामान, साडी, सुटिङका कपडा, हार्डवेयर नेपालतर्फ र नेपालबाट मदिरा, काठको तस्करी भारततर्फ व्यापक रुपमा भइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार इन्स्पेक्टर केशरीसँगै सेटिङ मिलाई लागुऔषध चरेश, गाँजाको पनि तस्करी हुँदैआएको छ । इन्स्पेक्टर केशरीले मोटो रकम बुझी महादेवलाई राँगाभैसीको ठूलो लाईन दिएका छन् । महादेव भारत र पर्साका भैंसी तस्करीका मुख्य नाइकेका रुपमा रुपमा परिचित छन् । उनले जाहुल नामका व्यक्तिलाई सहायक र रेखदेख गर्नका लागि राखेका छन । उनले पण्डेपुर र पिडारी नाकाबाट निर्वाधरुपमा भैंसी तस्करी गर्दैआएका छन् । जगरनाथपुर पशु हाट बजार नेपाल–भारत सीमा क्षेत्र भन्दा ३–४ किलोमिटर पूर्वमा रहेको बजार क्षेत्र हो जहाँ राँगा भैंसीहरु भारतबाट अबैध रुपमा तस्करीको माध्यमबाट बजारमा ल्याई बजारबाट नेपाली भैंसी बनाएर कागजपत्र बनाई ट्रकमा लोड गरी काठमाडौं, पोखरा जस्ता बिभिन शहरमा पठाउने गरिएको छ ।

    पर्साको ग्रामीण क्षेत्रबाट सेटिङ गरेर राँगाभैँसीको तस्करी हुने गरेको छ । प्रहरीसँगकै मिलोमतोमा खुलेआम भारतबाट नेपालमा दैनिक १ सयदेखि ३ सय वटा राँगा, भैँसी तस्करी भइरहेको छ । तस्करहरुले भारतका विभिन्न ठाउबाट राँगाभैसी किनेर इन्स्पेक्टर केशरीसँग समन्वय गरी हरेक रात बोर्डर कटाई पशुहाट बजार जगरनाथपुर पठाउने काम गर्ने गरेका छन् । प्रहरीका निकायहरूले आ आफ्नो क्षेत्रमा कडा निगरानी बढाएको दाबी गर्दै आए पनि पर्सा जिल्लाको सीमा नाकामा पर्ने पान्डेपुर र पिडारीगुठी सिमानाकाबाट तस्करी कार्य सुचारू रहेको देखिन्छ । नेपाल प्रहरीका केही कर्मचारीले घुस लिएर स्कर्टिङ समेत गर्ने गरेको रहस्य खुलेको छ । सीमा नाकादेखी जगरनाथपुरको बजारसम्म प्रहरीकै निगरानी र स्कर्टिङमा राँगाभैसीलाई जगरनाथपुर पशु हाटबजार पुर्याइने गरेको स्रोतको दाबी छ ।

    पर्साको जगरनाथपुरमा पुर्व गाउँपालिका अध्यक्ष जालिम मियाँको छोरा जाकिर मियाँले संचालन गरेको पशु बजारमा भारतबाट तस्करी गरी ल्याएको राँगाभैसीको व्यापार तथा खरिद बिक्री भइरहेको स्थानीयहरुले नाम नखोल्ने सर्तमा बताएका छन् । ईप्रका पटेर्वा सुगौलीकै एरिया पर्ने जगरनाथपुरमा भारतीय राँगाभैंसी खरिद बिक्री भइरहँदा पनि इंस्पेक्टर केशरी मौन बस्नुले र कुनै प्रक्रिया नचाल्नुले मिलोमतो रहेको चरित्र प्रस्ट झल्किरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहलाई पाण्डेपुर नाकाबाट भैंसी तस्करी भइरहेकोबारे थाहा नरहेको कि उनी पनि कम्बल ओढेर घ्यू खान तल्लीन छन् ? तस्करी सुचारु भएको सूचना पाउँदा पनि एसपी शाहले चासो नदिनुले उनीसम्मै भागबण्डा पुगेको आशंकलाई बल पुगेको छ । यस बिषयमा ईप्रका पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरीसँग बुझ्न टेलीफोन सम्पर्क गर्दा आफू ब्यस्त रहेको र पछि कुरो गर्ने भनेर उनले फोन काटे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑