• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

  • वीरगंज संजाल
  • Aug 5, 2026, 11:20 am
  • ०

    वीरगंज | ,२० साउन : मधेसमा पछिल्लो समय बढ्दै गएको धार्मिक तथा साम्प्रदायिक विद्वेषप्रति चिन्ता व्यक्त गर्दै वीरगन्जका स्थानीय बुद्धिजीवी, नागरिक समाज र शिक्षा क्षेत्रका अगुवाहरूले मधेसको मौलिक पहिचान विभाजन नभई आपसी सद्भाव, सहअस्तित्व र भाइचारा रहेको स्पष्ट पारेका छन्।

    चाडपर्वका नाममा हुने देखावटी प्रदर्शन, सामाजिक सञ्जालमा फैलिने भ्रामक अफवाह र व्याप्त गरिबी–बेरोजगारीका कारण अविश्वास बढेको औंल्याउँदै उनीहरूले धर्मलाई व्यक्तिगत आस्थामा मात्रै सीमित राखी सामाजिक एकता कायम राख्न, रोजगारीको सिर्जना गर्न र सबै समुदायले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्।

    धार्मिक चाडपर्व र उत्सवलाई आस्थामा मात्रै सिमित राखिनु पर्छ : डा.सुष्मा तिवारी, उपप्राध्यापक,वीरगन्ज

    डा.सुष्मा तिवारी, उपप्राध्यापक,वीरगन्ज

    जहाँसम्म मलाई सम्झना छ आज भन्दा दुई दशक अघिसम्म मधेसमा अहिलेको जस्तो धार्मिक र साम्प्रदायिक द्धन्द्ध हुदैनथ्यो । तर खै किन हो केहि वर्ष यता वीरगन्ज लगायत मधेसका विभिन्न ठाँउमा बेला बेलामा हिन्दु र मुस्लिमको नाममा द्धन्द्ध र तनावका घटना हुदैं आएका छन् । धार्मिक द्धन्द्धका नामा अहिले सामाजिक द्धन्द्ध भइरहेका छन् । यस्ले मिलेर बसेको हाम्रो समाजमा खलल् पुर्याइरहेको छ ।

    नेपालमा लोकतन्त्र छ । संविधानमै पनि सबै जातजाति र धर्मलाई समान व्यवहार गरिएको छ ।

    वीरगन्जमा पहिले पनि मुस्लिमहरुले आफ्नो पर्व मोहरममा दाहा खेल्ने गर्थे । तर त्यसबेला दाहामा उनिहरुले तरवार, भाला, खुडाँ लगायतका हतियार प्रदर्शन गदैनथे । तर अहिले त्यस्ता हतियार बोकेर प्रदर्शन गर्छन् ।त्यस्तै हिन्दुहरुको हनुमान जयन्ति वा विभिन्न रथयात्रा निक्कै शान्त र सौहार्दपूण तरिकाले निकालिन्थ्यो । तर अहिले ठूला ठूला डिजे बजाउँदै निकालिन्छ ।

    मैले भन्ने खोजेको के हो भने हिन्दु वा मुस्लिम दुवै पक्षको धार्मिक चाडपर्व वा उत्सवमा अर्को पक्षलाई जिस्क्याउन र होच्याउने खालका गतिविधि हुने गरेका छन् । आफ्नो धर्मको आस्था भन्दापनि अर्को धर्मका समुदायलाई जिस्काउने नियत बढी देखिन्छ । त्यहिँ कारण बेला बेलामा यस्ता अप्रिय घटना हुने गरेका छन् ।

    धार्मिक चाडपर्व र उत्सवलाई प्रदर्शन र देखावाका रुपमा नभई आफ्नो आस्थामा मात्रै सिमित राखिनुपर्छ । अनिमात्र सामाजिक सद्भाव कायम हुन्छ ।पछिल्लो समयका घटनाले मधेसका बारेमा पहाडका जिल्लामा मधेस र मधेसीप्रति नकरात्मक सन्देश गइरहेको छ । जुन देख्दा साह्रै दुःख लागेको छ ।

    अतः मधेसमा सामाजिक सद्भाव कायम राख्न सबै भन्दा पहिले हिन्दु वा मुस्लिम कुनैपनि समुदायले एक अर्कालाई होच्याउने वा जिस्काउने नियतका गतिविधि बन्द गरिनुपर्छ । त्यसका लागि दुवै धर्मका अगुवाहरु अगाडि सरेर आआफ्नो समुदायमा सामजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्नुपर्छ । र मधेसले पनि यहि सामाजिक सद्भाव चाहेको छ ।

    मधेसले जात र धर्मका आधारमा विभाजन होइन, आपसी एकता र भाइचारा चाहन्छ :तबरेज अहमद,उपप्राध्यापक, मधेस विश्वविद्यालय

    तबरेज अहमद,उपप्राध्यापक, मधेस विश्वविद्यालय

    मधेसको समाज विविध जातजाति र धार्मिक समुदायको बसोबास भएको विविधताताले भरिपुर्ण समाज हो ।यहाँका हरेक समुदायको आफ्नो धर्मप्रति प्रगाढ धार्मिक आस्था र रितिरिवाज छ।तर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि केही बर्षदेखि धामिर्क द्वन्द्वहरु देखा परेको छ । यस्को भित्री तथ्यलाई केलाएर हेर्यो भनेको प्रविधिको पहुँच, भारतको बिहार र युपी जस्ता ठूलो राज्यसगँ जोडिएको खुल्ला सिमा, त्यहाँ हुने अतिवादी गतिविधि र धार्मिक हिंसाका बाछिटा यहाँको समुदायमा पनि पर्न गएको जस्तो भान् पनि भइरहेकोे छ ।

    मधेसमा बेला बेलामा धार्मिक द्धन्द्धमा भइरहेका विभिन्न काल खण्डमा आयातित जनसंख्या र धर्मको नाम खुलेका जातीय संगठनहरु पनि एक कारण रहेको मेरो बुझाई छ ।

    हुन त अहिले सामाजिक सन्जालमा देखिए जस्तै यहाँको भाइचारा र आपसी सदभाव खल्बलिएको देखिदैन ।तर राज्यले बेलैमा सोचेन भने आगामी दिन यस्ले अझ विकराल रुप लिन सक्दैन भनेकुरा भन्न सकिन्न पनि ।

    मधेसमा सदियौ देखि मिलेर बसेका समुदायहरु छन् । एकाअर्का समाजिक कार्यमा सहभागीता र सहयोगको भावना रहिआएको छ । यहाँको सामाजिक सद्भाव खलबलिन नदिन दुवैै समुदाय अग्रसर देखिन्छ ।यहि नै मधेसी समाजकोे सुन्दर पक्ष हो । मधेसमा मनाइने हिन्दुको छ्ठ , दिपावाली, दशै, होली तथा मुस्लिमको इद , बकरइद लगायतका चाडपर्वमा दुवै समुदायको सहभागिता भेटिन्छ । जसले गर्दा मधेसले जात र धर्मका आधारमा विभाजन होइन, आपसी एकता, सम्मान र सहअस्तित्वमा आधारित भाइचारा चाहन्छ।

    यहाँ बस्ने प्रत्येक नागरिकले समान अवसर, समान सम्मान र न्यायको अनुभूति गर्न पाउनुपर्छ। विविधता हाम्रो मधेसी समाजको कमजोरी होइन, शक्ति हो भन्ने सोचका साथ सबै समुदायबीच विश्वास, सद्भाव र सहयोगको वातावरण निर्माण हुनु आवश्यक छ। आपसी द्वेष र विभाजनभन्दा माथि उठेर शान्ति, प्रगति र मानवताको मार्गमा अघि बढ्नु नै आजको मधेसको आवश्यकता हो र मधेसले यस्तै सामाजिक सद्भाव नै चाहेको छ ।

    मधेसमा गरिबी र बेरोजगारी हट्यो भने सामाजिक सद्भावमा खलल् पुग्दैन : हरि गौतम,अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ

    हरि गौतम,अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ

    मधेस सबै जातजाति र धर्मका समुदाय मिलेर बसेको भूगोल हो । तर दुर्भाग्यबस बेला बेलामा सामाजिक सदभावमा खलबलिने गरेको छ । कुनै एक ठाँउमा साम्प्रदायिक तनाव भयो भने त्यो अन्य स्थानमा पनि सर्ने गरेको छ ।

    यस्को मूल कारण भनेको मधेसमा व्याप्त गरिबीसंगै बेरोजगारी पनि हो । आर्थिक अवस्था कमजोर हुदाँ र मान्छे बेरोजगार हुदाँ यस्तै खालका विकृति आउँछ । अर्को कारण भनेको अराजकता पनि हो । मानेपनि नमानेृपनि अराजकता बढेको छ सबै क्षेत्रमा । कसैले कसैललाई नटेर्ने अवस्था छ । त्यसको असरले पनि मधेसमा सामाजिक सद्भावमा खलल् पुग्ने गरेको छ।

    मधेसमा साम्प्रदायिक दंगाको व्यवस्थापनमा सरकारले ढंग नपुर्याउँदापनि समस्याले ठूलो रुप लिने गरेको छ । कहिँ कतै कुनै त्यो घटना भइ हाल्यो भने सरकारले सिधै हतियारधारी सुरक्षकर्मीलाई अगाडि सार्छ । जस्का कारण त्यो घटनाले अझ विकराल रुप लिने गरेको छ ।

    अर्को कारण भनेको यहाँका राजनीतिक दलहरुमा धार्मिक सहिष्णुताप्रति संवेदनशीलता र प्रतिबद्धता देखिएको छैन । कुनै दंगा वा हिंसा भइ हाल्यो भने उनिहरुले सरकारमाथि थोपरेर पन्छिने काम गर्दै आएका छन् ।

    तर मधेसले जात वा धर्मको नाममा झगडा वा दंगा गर्न चाहदैन । न यहाँका नागरिकमा त्यस्तो कुनै आपसी कटुता नै छ । यहाँका नागरिकले आपसी सद्भाव र भाईचारा रहिरहोस् भन्ने चाहन्छन् । सबै मिलेर मधेसलाई समृद्ध बनाउनुपर्छ भन्ने भावना सबैमा छ । मपनि भन्छु यदि यहाँ आर्थिक विकास भयो र प्रशस्त रोजगारीको सृजना गर्न सकियो भने मधेसमा सद्भाव आउँछ ।

    धार्मिक र साम्प्रदायिक द्धन्द्ध मधेसको चरित्र पनि होइन,संस्कार पनि होइन : प्रकाश थारु, सामाजिक अभियन्ता

    प्रकाश थारु, सामाजिक अभियन्ता

    मधेसमा विभिन्न जातजाति र धर्म समुदायका मानिस बस्छन् । ती समुदाय सदियौंदेखि आपसी भाइचारा र सद्भावका साथ एकअर्कासगँ मिलेर बसेका थिए । यहाँका कतिपय गाँउ वा शहरमा हिन्दुको मन्दिर र मुस्लिमको मस्जिदको दुरी १० मिटर फरकको मात्रै छ । यस्लेपनि के प्रष्ट पार्छ भने यहाँ सबै धर्म समुदायबीच वर्षौदेखि एकअर्काको धर्म वा आस्थाप्रति कुनै इश्र्या वा कटुता छैन ।
    तर केहि वर्षयता देखि मधेसमा धर्मका नाममा बेला बेलामा द्धन्द्ध र झगडाका घटना भइरहका छन् ।एकले अर्कालाई देख्न नसहने द्धेष पलाएको देखिन्छ । जुन मधेसको चरित्र र संस्कार नै होइन ।

    केहिवर्ष यता खुल्ला सीमाको फाइदा उठाउँदै नेपालमा अवैध घुसपेठ भइरहेको छ । त्यसरी छिरेर यहाँ बसोबास गर्दै आएका त्यस्ता व्याक्तिहरुको दुरुपयोग गरेर यहिका केहि समिति व्याक्तिहरुले हिन्दु र मुस्लिमबीच द्धन्द्ध गराएर सामाजिक सद्भाव भाँड्ने हर्कत गरिरहेका छन् ।

    म के भन्न चाहन्छु भने मधेसमा सदियौंदेखि सबै जातजाति र धर्मका समुदाय मिलेर बसेको समाज हिजो पनि थियो , आज पनि छ र भोलिपनि रहन्छ ।

    म आफ्नै गाँउठाउँको कुरा भन्छु, पहिलेपनि मुस्लिमको मोहरम पर्वमा ताजिया निस्किन्थ्यो , त्यसमा अहिलेको जस्तो तरबार, भाला, खुडा जस्ता हतियार प्रदर्शन हुदैन्थ्यो, लाठी मात्रै प्रदर्शन गरिन्थ्यो । त्यस्तै पहिलेपनि हिन्दुहरुको महावीर जयन्तिमा अहिलेकोजस्तो चर्को डीजे बज्दैनथ्यो, धार्मिक झाँकी र जयकारा लगाउँदै श्रद्धालुहरु देखिन्थे ।

    तर केहि वर्ष यता आएर एकअर्काको धर्मप्रतिको सम्मानमा कमी आएको देखिन्छ । आपसी भाइचार र सद्भावबीचको खाडल बढ्दै गएको छ ।

    जबसम्म एकअर्काको धर्म र आस्थाप्रतिको सम्मान कायम हुदैन, आपसी सद्भाव र भाइचारको सम्बन्ध प्रगाढ हुदैन तबसम्म यस्ता साम्प्रदायिक द्धन्द्ध भइ नै रहन्छ । जुन (साम्प्रदायिक द्धन्द्ध ) मधेस र मधेसीले कदापि चाहदैनन् ।

    मधेसका नागरिक दीर्घकालीन शान्ति र सद्भावको पक्षमा छन् : मनोज राम, दलित अभियन्ता

    मनोज राम, दलित अभियन्ता

    मधेस विविध धार्मिक, सांस्कृतिक र भाषिक पहिचान बोकेको प्रदेश हो। यहाँ हिन्दु र मुस्लिम समुदाय शताब्दीयौँदेखि आपसी सद्भाव र भाइचाराको सम्बन्ध बनाएर बस्दै आएका छन्। तर पछिल्ला केही वर्षयता मधेसमा हिन्दु र मुस्लिम समुदायबीच तनाव तथा झडपका घटना हुदैं आएको छ।तर यस्ता धार्मिक घटनालाई सम्पूर्ण मधेसको संस्कार र चरित्रसगँ जोडेर हेर्नु जायज होइन ।

    समयक्रमसगैं अहिले मधेसको धेरै गाउँमा मुस्लिम धर्मावलम्बीहरुको मस्जिद निर्माण भएको छ। धेरै गाउँमा मदार्साहरु खुलेका छन्। मुस्लिम समुदायबाट निर्वाचित जनप्रतिनिधिको संख्यापनि बढेको छ। स्थानीय तह र राज्यमा मुस्लिम समुदायको पहुँच पनि बढेको छ।

    हिन्दु समुदायजको कुरा गर्ने हो भने गर्दा पहिलाको अवस्था भन्दा शहर र गाउँमा धार्मिक पुजापाठ लगायतका गतिविधहरु बढेको छ। धेरै गाउँहरुमा हिन्दु गाउँ र चोकमा जय श्रीराम टोल लेखिएका बोर्डहरु राखिएका छन् ।
    मेरो बुझाईमा छिमेकी मुलुकको सत्तामा धार्मिक एजेन्डा बोकेको दल आएपछि यता नै मधेसमा हिन्दु– मुस्लिमबीचको द्वन्द सुरु भएको हो।

    हिन्दु–मुस्लिम तनावको प्रमुख कारणमध्ये धार्मिक जुलुश, त्यसको मार्ग प्रयोग, ध्वनि व्यवस्थापन, धार्मिक स्थल वरपरको गतिविधि तथा ससाना विवादलाई समयमै समाधान र व्यवस्थापन गर्न नसक्नु पनि एक हो । यसैगरि कहिकतै विवाद भइहालेपनि त्यसलाई सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना वा भडकाउ सामग्रीले अझ चर्काउने गरेको छ। कतिपय अवस्थामा बाह्य प्रभाव, राजनीतिक स्वार्थ वा कट्टर सोच भएका व्यक्तिहरूले पनि समुदायबीचको असमझदारी र विवादलाई थप चर्काउने चलखेल गर्दै आएका छन् ।

    मधेसका जनता धर्मका आधारमा विभाजन होइन, शान्तिपूर्ण सहअस्तित्व र आपसी सम्मान चाहन्छन्। हिन्दु र मुस्लिम समुदायबीच बेला बेलामा देखिने विवाद र तनावले दैनिक जीवन, व्यापार, शिक्षा, रोजगारी र सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने भएकाले यहाँका नागरिक दीर्घकालीन शान्ति र सद्भावको पक्षमा छन्।मधेसका जनताले सबै धर्म, जाति र समुदायलाई सम्मान गर्ने वातावरणको अपेक्षा गरेका छन्। सामाजिक सञ्जालमार्फत फैलिने अफवाह, घृणाजन्य अभिव्यक्ति र भडकाउ प्रचारलाई नियन्त्रण गरिनुपर्छ भन्ने अपेक्षा पनि यहाँका नागरिकको छ।

    धर्मले विभाजन होइन, नैतिकता र मानवताको प्रेरणा दिनुपर्छ : सलाउदीन अहमद, शिक्षक

    सलाउदीन अहमद, शिक्षक

    मेरो विचारमा धर्म मूलतः व्यक्तिगत आस्था, विश्वास र अन्तरात्मासँग सम्बन्धित विषय हो। प्रत्येक व्यक्तिलाई आफ्नो धर्म मान्ने, नमान्ने वा परिवर्तन गर्ने स्वतन्त्रता हुनुपर्छ। त्यसैले धर्मलाई व्यक्तिगत जीवनको सीमाभित्र राख्नु उचित हुन्छ। जब धर्मलाई सामाजिक वा राजनीतिक प्रतिस्पर्धा, विभाजन वा घृणा फैलाउने माध्यम बनाइन्छ, तब त्यसले समाजमा द्वन्द्व र असहिष्णुता निम्त्याउन सक्छ। त्यसैले धर्मको सम्मान गर्दै यसलाई व्यक्तिगत आस्था र नैतिकताको विषयका रूपमा हेर्नु उपयुक्त हुन्छ।”

    तराई–मधेसका धेरै क्षेत्रमा हिन्दू र मुस्लिम समुदाय वर्षौंदेखि आपसी विश्वास, सम्मान र सहकार्यका साथ बसोबास गर्दै आएका छन्। हाम्रो बाल्यकालका सम्झनाहरूले पनि यही कुरा पुष्टि गर्छन्। हामी एउटै टोलमा हुर्कियौं, सँगै खेल्यौं, सँगै दुःख–सुख बाँड्यौं। धर्म फरक भए पनि हाम्रो सम्बन्धमा कहिल्यै विभेद वा वैमनस्यको भावना थिएन।

    तर पछिल्ला केही समययता समाजमा धार्मिक कट्टरता, गलत सूचना र अफवाहका कारण अनावश्यक तनाव सिर्जना हुने प्रवृत्ति देखिन थालेको छ। यस्तो अवस्था हाम्रो समाजको मौलिक चरित्रसँग मेल खाँदैन। नेपाललाई कमजोर बनाउने कुनै पनि गतिविधिले अन्ततः सबै नेपालीलाई नै असर गर्छ।

    हामीले सबैभन्दा पहिले आफूलाई नेपालीका रूपमा चिन्नुपर्छ। धर्म, जाति वा समुदाय हाम्रो पहिचानका महत्त्वपूर्ण पक्ष हुन्, तर राष्ट्रिय एकता र सामाजिक सद्भाव सबैभन्दा माथि हुनुपर्छ। नेपालको समृद्धि र स्थायित्वका लागि सहिष्णुता, पारस्परिक सम्मान र आपसी विश्वास अपरिहार्य छन्।

    आज सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट गलत सूचना, अपुष्ट समाचार तथा भड्काउने सामग्री छिटो फैलिने अवस्था छ। यस्ता सूचनाले समुदायबीच अविश्वास बढाउन सक्छ। त्यसैले कुनै पनि सूचना विश्वास गर्नुअघि त्यसको सत्यता जाँच्ने, अफवाह फैलाउनबाट बच्ने र एकअर्काप्रति जिम्मेवार व्यवहार गर्ने दायित्व हामी सबैको हो।

    विश्वका विभिन्न मुलुकहरूमा ध्रुवीकरण, धार्मिक असहिष्णुता र सामाजिक विभाजनका उदाहरणहरू देखिएका छन्। तर हामीले त्यस्ता नकारात्मक प्रवृत्तिलाई आफ्नो समाजमा प्रवेश गर्न दिनु हुँदैन। हाम्रो शक्ति हाम्रो सहअस्तित्व, विविधता र एकतामा छ। हामीले अरू देशका द्वन्द्व वा विभाजनलाई आफ्नो समाजमा आयात गर्नु हुँदैन।

    हामी बस्ने गाउँ, टोल र सहरमा वर्षौंदेखि कायम रहेको सद्भावलाई अझ बलियो बनाउनु आजको आवश्यकता हो। संवाद, सहयोग र पारस्परिक सम्मानको संस्कृतिलाई निरन्तर अघि बढाउँदै सबै समुदाय मिलेर शान्तिपूर्ण, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान दिनुपर्छ।

    हामी सबै मिलेर एउटा यस्तो समाज निर्माण गर्नु पर्छं जहाँ धर्मले विभाजन होइन, नैतिकता र मानवताको प्रेरणा देओस्; जहाँ विविधता हाम्रो शक्ति बनोस्; र जहाँ प्रत्येक नेपालीले सुरक्षित, सम्मानित र समान अवसरसहित जीवनयापन गर्न सकोस्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑