मैले आज दिन भरि तिम्रै………..
मैले आज दिन भरि तिम्रै बारेमा सोचिरहे
जिन्दगिका भोगाईहरु कल्पना गरिरहे
तिमि सँग ख्याल ठट्टामा कहिले हासे
जिन्दगिका कठिन यात्राहरु पार गर्न संघर्ष गरि रहे
अनेक मोडमा तिमि सँगै सँगै जिवन बिताईरहे
जिन्दगिका भोगाईहरु कल्पना गरिरहे
त्यो फुलको बगैचामा पुगेर सुगन्धको सास फेरे
तिमि आयौ तिम्रो हात समाएर हेरे
तिम्रो हातमा हात मिलाएर सोचिरहे
जिन्दगिका भोगाईहरु कल्पना गरिरहे
लेखक – गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी