• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  मुख्य समाचार

    बहुदरमाई नगरपालिकामा ताेडफाेड र आगजनी, ४ जना घाइते

  • वीरगंज संजाल
  • Jan 24, 2020, 11:36 pm
  • ६६०३

    वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा आज ताेडफाेड र आगजनी भएकाे छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ स्थित रहेकाे श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहाका विद्यार्थीहरुले नगरपालिकाकाे कार्यालयमा ताेडफाेड तथा आगजनी गरेका हुन् ।

    विद्यार्थीहरुले नगरपालिकाकाे ना. १ ब. २९०६ नम्बरकाे प्लसर माेटरसाइकल जलाउनुकाे साथै कार्यालयकाे फर्निचर तथा कागजपत्र समेत जलाइदिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । नगरपालिका कार्यालयकाे एक वटा माेटरसाइकल, ७ वटा डेक्सटप कम्प्युटर, एक सेट साेफा, टेबल, कुर्सी, सिसि टिभी क्यामरा र कागजपत्र विद्यार्थीहरुले जलाएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

    विद्यार्थीहरुले नगर कार्यपालिका कार्यालयकाे दर्ता चलानी रजिष्टर लागतकाे कागजपत्र जलाएकाे उनले वताए ।

    विद्यार्थीहरुले विद्यालयकाे समस्या सम्बन्धमा नगरपालिकाका मेयर नितेन्द्र साह संग भेटन नगरपालिकाकाे कार्यलय पुगेका थिए । नगरपालिका मेयर साह कार्यालयमा नभेटिए पछि कर्मचारी, केही स्थानिय र विद्यार्थी विच विवाद हुदा झडप समेत हुन पुग्याे ।

    जुन झडपामा परेर ४ विद्यार्थीहरु घाइते समेत भएका छन् । कक्षा ९ का संजय कुमार तुराहा, कक्षा ७ का शेषनाथ प्रसाद यादव, साेही कक्षाकी पुनिता कुमारी पटेल र अजय साह तुराहा घाइते भएका छन् । घाइते चारै जनाकाे नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे छ ।

    नगरपालिकाका कर्मचारी र मेयर साह पक्षधर केही स्थानियहरुले विद्यार्थीहरुलाई कुटपिट गरे पछि झन आक्राेसित बनेका विद्यार्थीहरु ताेडफाेड र आगजनीमा उत्रेका थिए ।

    विद्यार्थीहरुले नगरपालिका कार्यालय अगाडी टायर बालेर प्रदर्शन समेत गरेका थिए ।  विद्यार्थीहरुकाे प्रदर्शन, ताेडफाेड र आगजनीका कारण शुक्रबार दिनभर साे क्षेत्र तनावग्रस्त रह्याे ।

    विद्यार्थीहरुकाे ताेडफोड र आगजनीबाट क्षति भएकाे सम्पुर्ण विवरण आइनसकेकाे प्रहरीले जनाएकाे छ भने अनुमानित रु २५ लाख जतिकाे क्षति भएकाे प्रहरीकाे अनुमान छ ।

    नगरपालिका मेयर बाहिर रहेका कारण विवादका सम्बन्धमा छलफल हुन नसकेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंहले वताए । भाेली शनिबार मेयर साहेब आए पछि समस्या सम्बन्धमा छलफल गरी विवाद समाधान गरिने हाम्रा सहकर्मी रामजी यादवले जानकारी गराउनु भएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑