• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    तलब नपाएपछि पर्साको विन्दबासिनी गाउँपालिका शिक्षक आन्दोलित

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार २३:४३
  • १३८७

    Shares

    वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आर्थिक वर्ष ०७६/०७७ को चौमासिक तलब र दशैं खर्च नपाएपछि विद्यालय बन्द गराएका हुन् ।

    पर्साको पकहामैनपुर र जगरनाथपुर गाउँपालिकाका शिक्षकहरुले पनि तलब पाएका छैनन् । दशैंमा तलब नपाएका उनीहरु दिपावली र छठका लागि पनि तलब नपाउने हो कि भन्ने चिन्तामा छन् । तलब प्राप्तीकै लागि आन्दोलन गर्ने तयारी उनीहरुले गरिरहेका छन् ।

    २६.०४ वर्ग किमि क्षेत्रफलमा फैलिएको विन्दबासिनी गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालय छन्, ती विद्यालयमा १ सय ४० जना शिक्षक कार्यरत छन् । उनीहरुले साउन महिनादेखिको तलब, दशैं पेश्की लगायतका सेवा सुविधा केहिपनि पाएका छैनन् । त्यसैले शिक्षक संघ संगठनको नेतृवमा शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यसअघि उनीहरुले तलब खुवाउन आग्रह गर्दै गाउँपालिकाको उपाध्यक्ष किरणदेवि गुप्तालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

    मागको सुनुवाई नभएका कारण बुधबारदेखि गाउँपालिका घेराउ गर्ने तयारी भईरहेको रामस्वरुप रामपृत चौरसिया माविका शिक्षक नन्दु यादवले बताए । ‘साउनदेखिको तलब खान पाएका छैनौं, पाठ्य पुस्तकको अपुग रकम लगायत विद्यालय सञ्चालनका लागि आवश्यक कुनै रकम गएको छैन,’ उनले भने,  ‘असोज २३ गतेसम्म अल्टिमेटम दिएका हौं, तरपनि मागको सुनुवाई नभएपछि विद्यालय बन्द गरेका छौं । भोलिदेखि गाउँपालिका कार्यालय घेराउ गर्छौ ।’

    शिक्षकहरु विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिएपनि कुनैपनि जनप्रतिनीधिले चासो नदिएको गुनासो उनको छ । तलब प्राप्ती आन्दोलनका लागि विन्दवासिनीका शिक्षकहरुले शिक्षक महासंघ विन्दवासिनीका अध्यक्ष धर्मेन्द्र चौबेको नेृत्वमा समिति नै गठन गरेका छन् । चाडवाडको मुखमा तलब खुवाउन पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएकोले आन्दोलनमा उत्रन बाध्य भएको अध्यक्ष चौबेले बताए ।

    गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुका अनुसार गाउँसभा हुन नसकेको कारण कोलेनिकाले निकासा रोकेकोले तलब खुवाउन समस्या भएको छ । ‘ गाउँ सभा नभएकोले तलब खुवाउन समस्या भएको हो, अब गाउँ सभा गर्ने सहमति त भईसकेको छ,’ उनले भने,  ‘मिति तोकेर सभा गर्न ८९ दिन लाग्न सक्छ, त्यसपछि विद्यालयमा तलब पठाउँछौं ।’

    पकाहामैनपुरका १३ वटा सामुदायिक विद्यालयमा कार्यरत ८० जना शिक्षकले पनि तलब खान पाएका छैनन् । पकाहामैनपुरमा पनि गाउँ सभा हुन बाँकी छ । त्यहाँका शिक्षकले आन्दोलनको तयारी गरिसकेका छन् । विद्यालय बन्द गर्ने, गाउँपालिकामा तालाबन्दी गर्ने, रिले अनशन बस्ने जस्ता आन्दोलनको कार्यक्रम तय भइसकेको छ ।

    संसारीमाई आधारभूत विद्यालय सुर्जाहाका प्रअ एवं शिक्षक महासंघ पकाहामैनपुरका अध्यक्ष सुरेश पटेल गाउँपालिका अध्यक्षले बुधबारसम्मको समय मागेकोले मात्रै आन्दोलन रोकिएको बताए । ‘तलब नपाउँदा हामीलाई घर व्यवहार चलाउन निकै सास्ती भईरहेको छ,’ उनले भने,  ‘जनप्रतिनीधिहरुले कुनै सुनुवाई गरिरहेका छैनन्, अध्यक्षले बुधबारसम्मको समय मागेका छन्, त्यसपछि पनि मागको सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्छौ ।’

    जगरनाथपुर गाउँपालिकाका शिक्षक पनि तलब नपाएका कारण आन्दोलन गर्ने तयारीमा छन् । गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका कारण तलब खुवाउन नसकिएको बताए । ‘ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन्,’ उनले भने,  ‘प्रमुख प्रशासकीय अधिकृत पठाउन दवाव दिन काठमाण्डु आएको छु ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल
  • सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस
  • प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

    बिल नभएका १४० मोबाइल बरामद

    कबिलासी नगरपालिकामा बिरोध कार्यक्रम सम्पन्न

    भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

    सवारी चालकसँग घुस लिने तीन जना प्रहरी निलम्बित

    वाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    समाचार
    News

    एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल

    News

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    मौसम परिवर्तन हुँदा किन बिरामी हुन्छन् धेरै मानिस

    News

    प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

    News

    ‘इपिक एक्सपिरियन्स’का साथ सामसङको ‘ग्यालेक्सी एस२१’ नेपाली बजारमा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑