• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्जबाट दुई दिनमा ५ टन मरिच बरामद

  • वीरगंज संजाल
  • Aug 26, 2019, 5:04 pm
  • २९८१

     वीरगञ्ज । वीरगञ्जको विभिन्न स्थानबाट प्रहरीले ५ टन ३ सय किलोग्राम मरिच बरामद गरेको छ ।

    गत भदौ ६ गते प्रहरीले वीरगञ्ज महानगरपालिका-१ बाट ४० किलोका १३ बोरा मरिच नियन्त्रणमा लिएको थियो । त्यसकै भोलिपल्ट वीरगञ्ज महानगरपालिका-६ स्थित विजय अग्रवालको घर भाडामा लिएर विजय गुप्ताले सञ्चालन गर्दै आएको स्टोरबाट २५ किलो दरका ५६ बोरा मरिच बरामद गर्‍यो ।

    सोही दिन वीरगञ्ज-२ छपकैयाका शत्रुधन महतोको घरबाट २५ केजीको ८४ बोरा र १५ केजीको २ बोरा, वीरगञ्ज ४ स्थित त्रिुजद्ध स्कुलको सटरमा सञ्जय मित्तलको पसलबाट २५ केजीको ४० बोरा र राजा मित्तलको पसलबाट २५ केजीको १० बोरा गरि ५ टन ३ सय केजी मरिच उठायो ।

    प्रहरीले सञ्जय मित्तलको सटरबाट जडिबुटीको धुलो १ सय ६८ केजी र राजा मित्तलको सटरबाट १ सय ८२ केजी सुपारी पनि नियन्त्रणमा लिएको थियो ।

    नेपालमा भियतनाम, ब्राजिल लगायत तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ । नेपालबाट भारततर्फ निकासीमा प्रतिबन्ध लगाईएको छ । तर साईकल, मोटरसाईकलमा र पोके तस्करले मात्रै नभएर मुख्य भन्सार नाका हुादै छाला भनेर मरिच भारततर्फ अवैध निकासी गर्न लागेको अवस्थामा प्रहरीले मरिच नियन्त्रणमा लिएको छ । सवारी साधनमा भारततफै लैजाँदै गर्दा एकैपटक १८ सय केजी, १२ टनसम्म मरिच बरामद गरेको पर्सा प्रहरीको इतिहास छ ।

    यो पनि पढ्नुहोसभारत तस्करी गर्न लागेको १८ सय किलो मरिच पर्सामा बरामद
    आर्थिक वर्ष ०७४/७५ मा अन्दाजी ९१ लाख ८३ हजार रुपैयाँको १८ टन, ३ सय ६६ किलो, आर्थिक ०७५/७६ मा १९ लाख २५ हजार ५ सय रुपैयाँको ३ टन, ८ सय ५१ किलो र चालु आर्थिक वर्षको एक महिना ९ दिनमा २८ लाख ५८ हजार रुपैयाँको ५ टन ७ सय १६ केजी मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङक छ ।

    मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । नेपालमा अहिले गुणस्तर हेरि ४ सय ५० देखि ५ सय रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको व्यापारी बताउाछन् ।

    विगतको भन्दा फरक यसपटक प्रहरीले भारततर्फ तस्करी गर्न लागेको समयमा नभई व्यापारीको र्फम र गोदाममै छापामारी गरेको छ ।

    प्रहरीको छापामारीप्रति कारोवारीको असन्तुष्टी

    प्रहरीको कार्यप्रति कारोवारीहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले नेपालमै बिक्री गर्न राखिएको मरिच भारत लैजान लागिएको भन्दै प्रहरीले गोदामबाटै उठाएको आरोप लगाएका छन् ।

    उनीहरुले प्रहरीले छापामारी गरेको विरोधमा पत्रकार सम्मेलन नै गरेका छन् । पत्रकार सम्मेलनमा कारोबारी र उनीहरुका प्रतिनिधिले प्रहरीले प्रदर्शन गरेको व्यवाहार अन्यायपूर्ण भएको बताउँदै न्यायका लागि अदालत जाने बताएका छन् ।

    पत्रकार सम्मेलनमा सुमित किराना स्टोर्सका सञ्चालक शत्रुधन प्रसाद कुशवाहाले प्रहरीले ठूला व्यापारीहरुलाई केहि नगरी साना व्यापारीलाई मात्रै निसानामा पारेको आरोप लगाए ।

    ‘नियमसंगत काम गरिरहँदा गोदामबाट मरिच बरामद गरी चोरी पैठारीका लागि राखिएको भनिएको छ ।’ उनले भने, ‘वैध कागजपत्र भएको मरिच प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन खोजेको छ, प्रहरीले सक्छ भने १० औं हजार बोरा मरिच राखिएको गोदाममा छापामारी गरेर देखाओस न ।’ उनले आफूले सर्लाही कपिलवस्तु लगायत जिल्लामा मरिच बिक्री गर्दै आएको बताए ।

    गोदामबाटै मरिच किन उठाईयो त ? भनेर प्रहरी अधिकारीसाग बुझ्दा उनीहरुले प्रतिक्रिया दिन आनाकानी गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कार्य व्यस्तता देखाउादै प्रतिक्रिया दिन मानेनन् । उनले डिएसपीसाग कुरा गर्न भने ।
    कार्यालयका प्रवक्ता तोकिएका डिएसपी अनन्तराम शर्मा विदामा छन्, अर्का डिएसपी गौतम थापाले आफू कार्यालयमा नयाँ भएकोले मरिचकाबारे प्रतिक्रिया दिन नसक्ने बताए ।

    ठूलो परिमाणमा हुन्छ आयात

    वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह नाका हुँदै आयातकर्ताहरुले ठूलो परिमाणमा मरिच आयात गर्ने गरेका छन् ।

    वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा ७५ लाख ९८ हजार ८ सय ६१ किलो मरिच आयात भएको छ । ३ अर्ब १७ करोड ३० लाख ५१ हजार ४ सय ९९ रुपैयाँ ३१ पैसाको मरिच आयात गर्दा भन्सार कार्यालयले ७८ करोड ६८ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

    चालु आर्थिक वर्षको साउन महिनामा ३१ करोड ६३ लाख ४३ हजार ५ सय ८१ रुपैयाँको ७ लाख ८६ हजार ८ सय २० किलो मरिच आयात भएको छ । जसबाट ११ करोड ३ लाख ४४ हजार ६ सय ५५ रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत प्रविण आचार्यले जानकारी दिए ।

    वीरगञ्जमा आदर्श ट्रेडिङ, न्यू जय लक्ष्मी, आदर्श किराना, रवि ओभरसिज, सत्यम एग्रो, रिजवी ट्रेडर्स, ब्राईट फरच्यून लगायतका र्फमले ठूलो परिमाणमा मरिच आयात गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑